४५ औं तःमुज्या आजबाट सुरु
भक्तपुर, असोज १७ गते
जनता बाँचे भाषा बाच्छ भन्ने नाराका साथ नेपाल भाषा साहित्य तःमुज्या तथा साँस्कृतिक ब्वज्या आजबाट सुरु भएको छ । स्थानीय जेष्ठ नागरिक, कलाकर्मी, संस्कृतिकर्मीहरुलाई सम्मानित गर्दै आजबाट ४५ औं तःमुज्या सुरु भएको छ । स्थानीय जेष्ठ नागरिकबाट उद्घाटन भएको४५ औं तःमुज्यामा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान विजुक्छें, वरिष्ठ अधिवक्रा कृष्णप्रसाद भण्डारी, नेमकिपा सचिव प्रेम सुवाल, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, डाक्टर पुकारचन्द श्रेष्ठ, साहित्यकार इन्दिरा प्रसाई सहित दजनौं बक्ता, साहित्यकारहरुले पहिलो दिनमा जनपक्षिय साहित्य बाचन गरेको थियो भने साँझ ७ बजेबाट ४५ औं तःमुज्याको साँस्कृतिक ब्वज्या कार्यक्रम आयोजना गरेको थियो । नृत्यु, नाटक सहित १० वटा साँस्कृतिक प्रस्तुतीसँगै ४५ औं तःमुज्याको पहिलो दिन सम्पन्न गरेको छ । दोस्रो दिन असोज १९ गते विहान ११ बजे देखि ४५ औं तःमुज्या सुरु हुने आयोजक समितिले जनाएको छ ।
सो सम्मेलनको जनसञ्चार टेलिभिजन र रेडियो जनसञ्चार १०७.९ मेगाहर्जबाट प्रत्यक्ष प्रशारण गरेको थियो ।














