भक्तपुर प्रहरीद्वारा हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ

भक्तपुर प्रहरीद्वारा हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ
भक्तपुर, असोज ३० गते
भक्तपुर जिल्ला प्रहरी कार्यालयले हातहतियार खरखजना कसुरमा एक पुरुषलाई पक्राउ गरेको छ । हिजो साँझ मध्यपुर थिमी नगरपालिका वडा नं. १ लोकन्थली सुकुम्बासी बस्ती बस्ने वर्ष ४०का गोपाल विकलाई पक्राउ गरेको प्रहरीका .ना.उ. प्रकाश जवेगुले जनाएको छ । निज विकको साथबाट 5.56 KF 13 लेखिएको Live Round थान ७ फेला पारी बरामद गरी भक्तपुर जिल्ला अदालतबाट दिन ४ ९चार० म्याद थप गरी हातहतियार खरखजना कसुरमा अनुसन्धान भईरहेको
अधिकारी जवेगुले जनाएको छ ।