विद्यार्थीहरुलाई साइबर सुरक्षा र क्राइम तथा समुदाय प्रहरी साझेदारी बारे अभिमुखिकरण

विद्यार्थीहरुलाई साइबर सुरक्षा र क्राइम तथा समुदाय प्रहरी साझेदारी बारे अभिमुखिकरण
भक्तपुर, कार्तिक २१ ग्ते
समुदाय र प्रहरी साभेदारी कार्यक्रम तथा साइबर सेक्युरिटी तथा क्राइम गतिविधि बारे भक्तपुरका विद्यार्थीहरुलाई आज अभिमुखिकरण गरेको छ । कमलविनायक स्थित प्यारागण इग्लिस स्कूलले आज नेपाल प्रहरी भक्तपुरसँगको सहकार्यमा सो तालिम दिएको हो । मोबाइल तथा इन्टरनेटको माध्यमबाट हुन सक्ने ह्याक, ठग्गि, फिसिङ्ग तथा अपराधिक गतविधिहरुबाट बचेर कसरी सुरक्षित ब्यवहारमा रहने भन्ने बारेमा विद्यार्थीहरुलाई तालिम तथा अभिमुखिकरण गरेको विद्यालयका प्रिन्सिपल पुण्यराम कवांले जनाएको छ ।


बढ्दो साइबर क्राइमबाट बचेर कसरी मोबाइल तथा इन्टरनेत प्रयोग गरी विद्यार्थीहरुले आफ्नो शैक्षिक उनयन् गर्न सकिन्छ भन्ने विषयहरुमा समेत प्रहरीहरुले सामूहिक रुपमा प्रशिक्षण दिएको थियो । सो अवसरमा समुदायको शान्ति सुरषाका लागि समुदाय र प्रहरी साझेदारी अवधारणा बारे पनि प्रशिक्षण दिएको थियो ।