बढ्दो कोरोना संक्रमण रोकथामका लागि १० वुद्धे निषेधाज्ञा निर्देशन जारी

बढ्दो कोरोना संक्रमण रोकथामका लागि १० वुद्धे निषेधाज्ञा निर्देशन जारी

भक्तपुर, श्रावण ३०
काठमाण्डौ उपत्यकामा कोरना भाइरसको जोखिम बढ्न थालेपछि १० बुद्धे निर्देशन जारी गरी कोरना रोकथामको प्रयास थालेको छ । काठमाण्डौ उपत्यकाका तीन वटै जिल्लाका प्रसाशन प्रमुखहरुको शुक्रबार साँझ बसेको बैठकले राती १२ बजे देखि भाद्र १५ गते राती १२ गतेसम्मको लागि निषेधाज्ञा निर्देशन जारी गरिएको हो ।
कोभिड १९ संक्रमण रोकथाम र नियन्त्रणकालागि थप सर्तकता अपनाउन, नेपाल सरकारले लागु गरेको स्वास्थ्य मापदण्ड कडाइका साथ कार्यान्वयन गराउन स्थानीय प्रसाशन ऐन, २०२८को दाफा ६(३) अनुसार सो निर्देशन जारी भएको भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जनाएको छ ।
जारी निर्देशनमा खुल्ला स्थानमा मानिसहरु भेला, जम्मा हुन, भीडभाड गर्न, सभा जुलुस गर्न, भीडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव संचालन गर्न, दैनिक हुने नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक गतिविधिहरु गर्न निषेधित गरिएको छ । यसै गी उद्योग व्यापार, व्यवसाय अन्तर्गतका स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलापहरु, चाडपर्व लगायतका धार्मिक साँस्कृतिक कार्य गर्नका लागि हुने जमघटहरु, शैक्षिक संस्थाहरु संचालन गर्न, सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, शैलून, ब्यूटी पार्लर, स्पा, स्वीमिंग पुल, जिमखाना, समूहमा खेलिने खेलकूद र खेल प्रस्तुती, पुस्तकालय, संग्रालय, चिडियाखाना संचालन गर्न पनि रोक लगाएको छ ।
कोरना भाइरस संक्रमण रोकथामका लागि फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडा, साइकलमा संचालन हुने विभिन्न व्यवसाय, कवाडी संकलन गर्न, उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीता श्रमिक, कामदारको ओसार प्रसार गर्न र टेक बे बाहेक होटल, रेष्टुराँ सञ्चालन गर्न समेत निषेधित गरिएको छ ।
सो सम्बन्धमा जिल्ला प्रसाशन कार्यालय भक्तपुरले प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको नाममा एक विज्ञप्ति जारी गरी सर्व साधारण र सरोकारबाला निकायलाई निर्देशन जारी गरेको हो ।