आज विश्व मानसिक स्वास्थ्य दिवस, २५ प्रतिशत नागरिक मानसिक स्वास्थ्य समस्यामा ।
आज विश्व मानसिक स्वास्थ्य दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ । ‘असमानता हटाउन आवश्यक छ सबैको साथ र योगदानः सुलभ, समान र उपयुक्त मानसिक स्वास्थ्य हाम्रो अभियान’ नाराका साथ यसवर्षको विश्व मानसिक स्वास्थ्य दिवस मनाइँदैछ ।विश्व स्वास्थ्य संगठनका अनुसार करिब २५ प्रतिशत मानिस कुनै न कुनै प्रकारको मानसिक समस्याबाट पीडित छन्। विश्वमा हरेक वर्ष १० अक्टोवरमा मानसिक स्वास्थ्य दिवस मनाइन्छ । मानसिक रोगलाई मनोरोग भनेर पनि चिन्ने गरिन्छ । विश्वमा करिब ५० करोड मानिस कुनै न कुनै प्रकारको मनोरोगबाट पीडित छन्। विश्वका १० खतरनाक रोग जसले मानिसको दैनिक क्रियाकलापमा असर गर्छ जसमध्ये ५ वटा मानसिक रोगका कारणले गर्दा हुन्छ। तिनीहरू डिप्रेसन, मेनिया, सिजोफोर्निया, दूव्र्यसनी र डिमेन्सिया पर्दछन्। डिप्रेसन रोग सबैभन्दा बढी पाइने मनोरोग हो। नेपालमा मनोरोगका बिरामीलाई उपचार गर्ने जनशक्तिको कमी छ। साइक्याट्रिक मनोरोग विशेषज्ञ, साइक्याट्रिक नर्स, साइकोलोजिष्ट र सामाजिक कार्यकर्ता मनोरोगका बिरामीको उपचारमा संलग्न रहन्छन्। नेपालमा मनोरोगीका बिरामीको मानसिक अस्पताल, मेडिकल कलेज, सरकारी अस्पताल र निजी अस्पतालमा उपचार हुने गरेको छ। कोरोना महामारीका कारण मानसिक स्वास्थ्यसँग सम्बन्धी समस्या उल्लेख्य मात्रामा बढेको पनि संगठनले बताएको छ । सामान्य खालका मनोवैज्ञानिक समस्या २५–३० प्रतिशत सम्म मानिसको जीवनमा विभिन्न समयमा पाइन्छ। मिहनेत गर्न नछोड्ने, अनावश्यक कुरामा बारम्बार एकोहोरो सोचाई नगर्ने, लागु पदार्थ सेवन नगर्ने अनि मनमा रहेको समस्या अरुलाई बाँड्ने गर्नाले मानसिक रोग लाग्ने सम्भावन कम रहन्छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
2026-10-28 Comments Off on अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवाना
अवैध माटो उत्खनन गर्ने जेसीबी नियन्त्रणमा, एक लाख रुपैयाँ जरिवानाभक्तपुर, असोज ११। भक्तपुरको चाँगुनारायण नगरपालिकामा स्वीकृत अनुमति र तोकिएको मापदण्डविपरीत...
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
2026-10-28 Comments Off on बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउ
बाल यौन दुरुपयोग मुद्दाका फरार प्रतिवादी पक्राउभक्तपुर, असोज ११। बाल यौन दुरुपयोग मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका एक...
नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ
2026-10-28 Comments Off on नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ
नख्खु कारागारबाट भागैका दुई जना फरार कैदी भक्तपुरको बालकोटबाट पक्राउ भक्तपुर, ११ कात्तिक । वि.सं. २०८२ भदौ २४ गते 'Gen-Z'...
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
2026-10-27 Comments Off on मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक
मौलिक संस्कृति संरक्षणको सन्देशसहित ‘गाउँघरै घमाइलो’ सार्वजनिक काठमाडौं १०, असोज । नेपाली माटोको सुवास, गाउँघरको आत्मीयता र मौलिक संस्कृतिको रङ...
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
2026-10-27 Comments Off on भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न
भक्तपुरमा अन्तरसदस्यीय उडबल प्रतियोगिता सम्पन्न भक्तपुर, कार्तिक ७। विजया दशमी, शुभ दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको उपलक्ष्यमा आयोजित...














