भक्तपुर । वल्र्ड हस्पिक एण्ड प्यालियटिभ केयर डे २०२५ को अवसरमा बुधबार अस्पताल क्यान्सर अस्पताल बिशेष कार्यक्रम सम्पन्न भयो । कार्यक्रमको उदघाटन अस्पताल विकास समितिका अध्यक्ष तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिब डा श्रीकृष्ण श्रेष्डले गरे । कार्यक्रममा मिस नेपाल २०२५, सुश्री लुना लुइटेल विशेष आतिथिका रुपमा उपस्थित थिइन् ।
कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा उज्ज्वल चालिसेले भक्तपुर क्यान्सर हस्पिटल (विसिएच) प्यालियटिभ केयर फन्डको घोषणा गरे । त्यस अवसरमा फण्डमा विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको पनि जानकारी गराइयो । फण्डमा लायन्स क्लब अफ बाग्मती क्यान्सर केयरः रु. १ लाख, डिके मेडिसेल्स्ले रु. ५ लाख बराबरको सहयोग, इष्ट वेष्ट कन्सर्नले रु २ लाख र श्रीमतीउषा दीक्षितले रु. १ लाख सहयोग गर्ने प्रतिवद्धता जनाइसकेको जानकारी गराइयो । फण्डको पैसाबाट गरिब तथा अभावग्रस्त बिरामीलाई निःशुल्क सेवा दिन प्रयोग गरिने कार्यक्रममा जनाइयो ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकी, नेपलिज एसोसिएसन अफ प्यालियटिभ केयरका अध्यक्ष प्राडा विष्णुदत पौडेल, अस्पतालका पूर्व अध्यक्ष दिवाकर राजकर्णिकार, अस्पतालका डा विकास आनन्दलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा जीवनको अन्तिम लडाइँ यसै अस्पतालमा लडेर गएका सबै बिरामीलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरेको थियो । उहाँहरुको साहस र दृढताले अस्पताललाई अझ राम्रो सेवा दिन प्रेरित गरेको जनाएको थियो ।
कार्यक्रममा अस्पतालका पूर्व मेडिकल डायरेक्टर डा. सुदीप श्रेष्ठलाई पनि सम्झेको थियो, जसको योगदानले प्यालियटिभ केयर युनिट स्थापित गर्न सम्भव भयो । भुतपूर्व निर्देशक डा आरती शाह र प्रा डा बिष्णु दत्त पोडेललाई धन्यबाद दिएको थियो, जसको कार्यकालमा यसले थप सृदृड हुने अवसर पायो । साथै, प्रिय सहकर्मी दिवंगत डा.चादनी वैद्यलाई पनि श्रद्धापूर्वक सम्झना गरियो, जसले यस अस्पतालमा समर्पित प्यालियटिभ युनिट स्थापनामा अमूल्य योगदान दिनुभयो ।
नेपाल सरकारले यसै वर्ष २०२५–२०३५ का लागि राष्ट्रिय प्यालियटिभ केयर रणनीति स्वीकृत गरेको छ, जुन तत्कालीन स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले अनुमोदन गरेका थिए । यस रणनीतिले क्यान्सर मात्र नभई अन्य जीवन–सीमित रोगहरू (जस्तै मुटु, मृगौला, फोक्सो, स्नायु सम्बन्धी रोग) का बिरामीका लागि पनि प्यालियटिभ सेवा विस्तार गर्ने उद्देश्य राख्छ ।
यस रणनीतिको मुख्य बुँदाहरु यस प्रकार छन् ।
मानव संसाधन विकासः सबै तहका स्वास्थ्यकर्मीलाई तालिम र क्षमता अभिवृद्धि गर्ने।
सेवाको पहुँच विस्तारः अन्य जटिल रोगका बिरामीलाई पनि सेवा उपलब्ध गराउने।
संस्थागत विकासः सरकारी तथा निजी दुवै स्वास्थ्य संस्थालाई प्यालियटिभ सेवा दिन तयार बनाउने।
पूर्वाधार र औषधि सुनिश्चितताः आवश्यक औषधि (जस्तै मोर्फिन) सहज उपलब्ध गराउने र गुणस्तरीय सेवाका लागि पूर्वाधार विकास गर्ने।
समुदाय संलग्नताः जनचेतना अभिवृद्धि गर्ने र समुदायलाई संलग्न गराउने।
अन्य नीतिसँग समायोजनः यस सेवालाई राष्ट्रिय स्वास्थ्य नीति २०१९ र नेपाल क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० सँग एकीकृत गर्ने।
आउनुहोस्, आजको कार्यक्रम केवल उत्सव मात्र नभई एउटा संकल्प पनि होस्ः
नेपालमा प्यालियटिभ केयरको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने ।
बिरामी र परिवारलाई दया र सद्भावसहित सहयोग गर्ने।
र सेवालाई अझ सशक्त बनाउँदै, गरिमा, सम्मान र करुणासहित निरन्तर प्रदान गर्ने।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...













