यस वर्ष एसईईका ६१ प्रतिशत विद्यार्थीले कक्षा ११ पढ्न पाउने
एसइइ परीक्षाको नतिजा आज सर्वाजनिक, ६१ विद्यार्थीले कक्षा ११ पढ्न पाउने
भक्तपुर, असार १३ गते
एसईई परीक्षा २०९१।८२को परीक्षाफल आज साँझ प्रकासित भएको छ । परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले आज साँझ परीक्षा नियन्त्रण कार्यालय, सानो थिमी प्रांगणमा पत्रकार सम्मेलन गर्दै गत वर्ष भन्दा १४ प्रतिशत बढी विद्यार्थीहरुले कक्षा ११ पढ्न सक्ने गरी परीक्षाफल आएको जानकारी दिएका छन् । गत वर्ष ४८ प्रतिशत विद्यार्थीले कक्षा ११ पढ्न सक्ने गरी उत्तीर्ण भएको जनाएको थियो भने यस वर्ष ६१ प्रतिशत विद्यार्थी कक्षा ११ पढ्न सक्षम पाएको तथा पूरक परीक्षा साउन २९ गते बिहीबारका दिन देखि सञ्चालन हुने जनाएको छ । गत चैत्र ७ गते देखि १९ गतेसम्म आयोजित सो परीक्षाको नतिजा सार्वजनिक गर्दै अध्यक्ष शर्माले ४लाख ३८ हजार ८सय ९६ परीक्षार्थीमध्ये ३.६ जिपिए देखि ४ जिपिए सम्म ४८हजार १सय ७७ जना, ३.२ जिपिए देखि ३.६ जिपिएसम्म ८१३८५ जना, २.८ जिपिए देखि ३.२ जिपिए सम्म ८९१२४ जना, २.४ जिपिए देखि २.८ जिपिएसम्म ४८४७९ जना , २ जिपिए देखि २।४ जिपिएसम्म ४१२६ जना, १.६ जिपिए देखि २ जिपिएसम्म ८ जना वर्गिकृत भएका छन् । १२६ जनाको परीक्षा रद्द भएको छ । १ लाख ६७ हजार ५९७ को नतिका अवग्रिकृत छन् । यस मध्ये ८० हजार ६७२ विद्यार्थी अग्रेजीमा, ५४ हजार ७३५ जना नेपालीमा, १ लाख २८ हजार २१५ जना गणितमाm ७९हजार २७१ जना विज्ञानमा र ५३ हजार १८६ जना सोशियल स्टडिजमा एनजी आएको जनाएको छ । परीक्षा फलप्रति चित्त नबुझेकाहरुले यही असार २३ गते साँझ ५ बजेसम्मको समय निर्धारण गरेको छ । त्रुटि देखिएमा मूल अभिलेखबाट सच्याइने जनाउँदै अध्यक्ष शर्माले उमेर, नाम, थर सच्याउन नतिजा प्रकाशन भएको ५ वर्षभित्र सम्बन्धित प्रमुख जिल्ला अधिकारीको फैसला पर्चा अनुसार सच्याउन सकिने जनाएको छ । भने कुनै कारणले नतिजा नखुलेको भए प्रवेश पत्रको प्रतिलिपि संलग्न गरी सम्बन्धित शिक्षा विकास तथा समन्वय एकाई मार्फत ईमेलबाट वा सोझै सो कार्यालयमा निवेदन दिन सकिने जनाएको छ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
2026-10-16 Comments Off on सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख
सूर्यविनायक अन्तर वडास्तरीय फुटबल: वडा नं. १० बन्यो च्याम्पियन, ट्रफीसहित पाए एक लाख भक्तपुर, ३० असोज। सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तर...
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
2026-10-16 Comments Off on दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ
दसैँ राष्ट्रिय पहिचान र सुरक्षासँग जोडिएको पर्व हो: संस्कृतिविद् प्रा.डा. श्रेष्ठ भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...














