भक्तपुर । उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरको नवनिर्मित भबनको बिहीबार भक्तपुरमा एक समारोहवीच उदघाटन गरिएको छ । उद्योग, वाणिज्य भूमि तथा प्रशाशण मन्त्रालय हेटौडा नेपालकी मन्त्री सुकमाया तामांगले भबनको उदघाटन गरेकी हुन् । उनले शिलापत्र अनावरण तथा रिवन काटेर भबनको उदघाटन गरेकी थिइन् ।
जिल्लाको सूर्यविनायक नगरपालिका वडा नं ८ सूर्यविनायकमा रहेको आफनै जग्गामा भबन निर्माण भएको हो । त्यहाँ कार्यालयको चार कितामा गरी कुल तीन रोपनी पाँंच आना एक पैसा क्षेत्रफलको आफनै जग्गा छ । ती जग्गामध्ये एक हजार चार सय स्वायर फिटको क्षेत्रफलमा भबन बनेको हो । यसअघि यो कार्यालय नजिकैको एकतल्ले भबनका थियो । यसअघि त्यहाँं लामो एकतल्ले जीर्ण भबन थियो । त्यसलाई भत्काएर अहिले साढे तीन तल्ले भबन तयार भएको हो ।


बागमती प्रदेश सरकारको बजेटबाट भबन तयार भएको हो । भबनको लागि कुल लागत अनुमान तीन करोड ३१ लाख ३२ हजार एक सय ३६ रुपैयाँं २३ पैसा रहेको थियो । तर भबन अहिले दुई करोड ९५ लाखमा सम्पन्न भएको जनाइएको छ ।
कार्यक्रममा मन्त्री तामाङ्गले महिला उद्यमीकालागि विशेष छुट र सहुलियत दिएकोले अवको बर्षमा उद्यमीको संख्या बढ्ने चर्चा गर्दै भक्तपुरको उत्पादनलाई देश विदेशमा चिनाउनुपर्नेमा उद्यमीहरुलाई प्रेरित गर्नु भयो । उहाँले यस कार्यालयको नाम अवको आर्थिक वर्षबाट घरेलु तथा वाणिज्य कार्यालय हुने पनि बताउनु भयो ।
भबन उदघाटन कार्यक्रममा भक्तपुरका प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणि पाण्डे, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख ईश्वरबहादुर थापा, वागमती प्रदेश सांसद् सुरेश श्रेष्ठ, डा राजेन्द्रमान श्रेष्ठ, धनेश्वरी प्रजापति, भावना श्रेष्ठलगायतका विशिष्ट व्यक्तित्वहरुले उद्यमशिलता विकासले मात्रै जनजीविका सहज र विकास निर्माण हुने चर्चा गरेका थिए । । कायक्रमको सभापतित्व उद्योग तथा वाणिज्य कार्यालय सूर्यविनायक भक्तपुरका कार्यालय प्रमुख रामप्रसाद कुस्माले गरेका थिए । कार्यक्रममा कार्यालयका शिक्षक लक्ष्मीप्रसाद कासुलाले धन्यवाद ज्ञापन गरेका थिए ।













