आर्थिक क्रान्ति विना महिला सशक्तिकरण हुन नसक्ने मन्त्री खड्की
काठमाण्डौ, असार २४ गते
आर्थिक क्रान्ति विना महिला सशक्तिकरण हुन नसक्ने भन्दै बागमती प्रदेश सरकारका सामाजिक विकास मन्त्री हरिप्रभा खड्कीले जहाँ पनि जहिले पनि महिलालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छिन् । कागेश्वरी मनोहरा नगरपालिका क्षेत्रका गृहणीहरुलाई दिएको ५० दिने मखमलि जुत्ता, चपल तथा ब्याज बनाउने तालिमका सहभागिहरुलाई आज प्रमाण पत्र वितरण गर्दै मन्त्री खड्कीले सो कुरा बताएका हुन । महिलाहरु उत्पादनशिल उद्यमी बन्नुपर्नेमा जोड दिदै मन्त्री खड्कीले विदेशबाट कच्चा सामग्री ल्याएर सामान उत्पादन गरेर मात्रै उद्यमी बन्ने सोच त्यागेर स्वदेशमै कच्चा पदार्थ उत्पादन हुने उद्यमी बन्न सुझाएका छन् । हातमा सिप भएकाहरु अवसरका लागि विदेश जाने नभई स्वदेशमै उद्मी बनेर समुदायकालागि सेवा गर्नुपर्नेमा जोड दिदै मन्त्री खड्कीले महिलाहरु राजनैतिकरुपमा सचेत हुनपर्ने तर महिला हकहितकालागि राजनीतिक सोच भन्दा माथि उठेर काम गर्नुपरेको भन्दै देशमा सामाजिक सुरक्षा भट्टा वितरणको व्यवस्था गर्न गणेशमान सिंहका भूमिका महत्वपूर्ण रहेको कुरा बताए । गणेशमान सिंहले तत्कालिन प्रधानमन्त्री मनमोहन सिंहलाई सामाजिक सुरक्षा भट्टा वितरण गर्ने इच्छा जगाएपछि मात्रै प्रधानमन्त्री मनमोहन अधिकारीलेयोे सुविधा सुरु गरेकोे मन्त्री खड्कीले जिकिर गरेकी छिन् ।
नेपालको प्रजातान्त्रिक आन्दोलनमा दरवारसम्म पहुँच भएकी हुने खाने परिवारका सदस्य भएर पनि मंगलादेवी सिंहले प्रजातन्त्र र महिला सशत्तिकरणकालागि खेलेको भूमिका महत्वपूर्ण रहेको सो अवसरमा मन्त्री खड्कीले बताईन ।
आयोजक समितिका अध्यक्ष अप्शरा कोइरालाको सभापतित्वमा आयोजित सो प्रमाण पत्र वितरण समारोहमा ७० जना भन्दा बढी सहभागि गृहणीहरुले ५० दिनसम्म सिकेको सिपलाई आर्थिक उत्पादनसँग जोडेर उद्मी बन्न अतिथिहरले सुझाए थिए । सो कार्यक्रम आयोजक समतिका महासचिव शिवराज खनालले सञ्चालन गरेको थियो ।
Featured Posts – Style 1
वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु
2026-06-18 Comments Off on वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु
भक्तपुर, असार ४ । वरिष्ठ नाट्यकर्मी, लेखक तथा निर्देशक रामशेखर नकर्मी का ख्याल (प्रहसन) हरूमाथि केन्द्रित तीनदिने कार्यशाला भक्तपुरमा सुरु...
भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।
2026-06-18 Comments Off on भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।
भक्तपुर विकास सहयाेग सङ्घ र शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र बीच सम्झैतापत्रमा हस्ताक्षर कार्य सम्पन्न ।भक्तपुर विकास सहयोग सङ्घको तर्फबाट...
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
2026-06-16 Comments Off on विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थभक्तपुर, १ असार । सूर्यविनायक नगरपालिका वडा नं. १...
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
2026-06-16 Comments Off on प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रम
प्रविना फाउण्डेशनमा बालमुटुराेग सम्बन्धी सचेतनामूलक कार्यक्रमकाठमाण्डाै,"बालबालिकाकाे निश्चित भविष्यकाे कामना: प्रविना फाउण्डेशनकाे एकमात्र चाहना" नारा सहित पवित्र उद्धेश्य लिइ बि.सं. २०६५...
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती
2026-06-16 Comments Off on सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती
सरकारले प्लेटफर्म बनाउने हो, कम्पनी होइन: सरकारी आईटी कम्पनी स्थापनाको घोषणा र डिजिटल नेपालका लागि चुनौती काठमाडौं । अर्थमन्त्री डा....













