डोलेश्वर जगाती अटो सेवा सुरु

डोलेश्वर जगाती अटो सेवा सुरु
भक्तपुर, असार २४ गते
भक्तपुरको जगाती देखि डोलेश्वर र आशापुरीसम्म पनि अटोमा सहज यात्रा गर्न सकिने भएको छ । साइनो अटो प्रालि काभ्रेद्वारा सो क्षेत्रमा आज देखि अटो सेवा विस्तार गर्दै यात्रुहरुलाई सहज बनाएको व्यवसायीले जनाएको छ । यात्रुको चाप अनुसार अटो बढाउन सकिने भन्दै उहाँहरुले पेट्रोलले चल्ने ५ देखि ७ जना अट्ने ४।५ वटा अटो सञ्चालनमा ल्याएको हो । सो सेवाको आज स्थानीय वडाध्यक्ष पुष्पराज बस्नेतले उद्घाटन गरेका थिए । हरेक दिन विहान देखि बेलुकीसम्म सो क्षेत्रका समुदायलाई यातायात सेवामा टेवा पुग्ने गरी सो सेवा विस्तार भएको वडाध्यक्ष बस्नेतले जनाए । डोलेश्वर र पशुपतिनाथसँग जोड्नलाई पनि अटो सेवा प्रभावकारी रहेको उल्लेख गर्दै उहाँले डोलेश्वर र आशापुरीसम्म यात्रा गर्ने भक्तजनहरुलाई अटो सेवा महत्वपूर्ण रहेको बताए । एक पटक एक जना यात्रुले अटो चढ्दा कम्तिमा २५ रुपियाँ र बढीमा सय रुपियाँसम्ममा सेवा दिने तयारी गरेको आयोजकले जनाएका छन् । सो क्षेत्रमा नियमित रुपमा मिनिवस सेवा रहे पनि कहिले यात्रुको अभाव, कहिले गाडीको अभावले गर्दा छिटो छरिटो यात्रा गर्न नसकिरहेको स्थानीयको माग अनुसार अटो सेवा विस्तार गरिएको स्थानीयको भनाई छ । आदर्श चोकबाट डोलेश्वर सेवा प्रदान गरिसकेको सो अटोले आज जगाती डोलेश्वर गेट अगाडीबाट अटो सेवा सुरु गरेका पत्रकार संगम लामाले जनाएको छ ।