दुधपाटी र सल्लाघारीमा फलफूल तथा खाद्य पसल अनुगमन

दुधपाटी र सल्लाघारीमा फलफूल तथा खाद्य पसल अनुगमन

भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा दुधपाटी र सल्लाघारीमा १३ वटा फलपूmल तथा खाद्य पसलहरुमा बजार अनुगमन भयो । मुल्य सूचि नभएको, कुहेको फलपूmलहरु प्रशाष्ट भेटिएको र पसलहरु दर्ता नविकरण नभएको पाइएको संयोजक गोराले बताउनु भयो ।
अनुगमनमा छोटु फलफूल पसल दर्ता नविकरण नभएको नविकरण गरेर नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो भने मुल्य सूचि राख्न र म्याद नाघेको सामानहरु, विग्रेको र कुहेको फलफूल एक लिटरको प्रूmटी १५ वटा, जम्बु २ वटा, नेचुरल जुस ३ वटा, गुष्ट ३ वटा, पेस्टा ३ पाकेट जफत गरी नष्ट गरियो र पेटी र पेटी मुनि सामान नराख्ने निर्देशन दियो ।


ताज फूड सेन्टरमा कुहेको केरा ३ दर्जन र आ“प ५ केजि र मेवा ४ वटा जफत गरि नष्ट गरियो ।
जयकाली फ्रुट सेन्टर ७ दिन भित्र प्यान दर्ता गरेर नगरपालिका कार्यालयमा उपस्थित हुन, मुल्य सूचि राख्न, विल विजक जारी गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न र म्याद नाघेको सामानहरु डाइजेष्टिभ विस्कुट ४ पाकेट, लेय्ज ४ पाकेट, आ“प ६५० ग्राम, अनार १ केजि २०० ग्राम र केरा २ दर्जन जफत गरी नष्ट गरियो ।
आर.के. जुस सेन्टर दर्ता प्रमाणपत्र पसलमा नभएकोले तीन दिन भित्र दर्ता प्रमाणपत्र सहित नगरपालिकाको कार्यालयमा उपस्थित हुने, प्याकेजि· सामान खाद्य अनुज्ञापत्र लिई लेवल राखी मात्र विक्रि वितरण गर्ने र पेटी र पेटी मुनि सामान नराख्ने निर्देशन दियो ।
रामेछाप फलफूल तथा तरकारी पसल म्याद नाघेको सामानहरु जुस ११ वटा, ओटस् १३ पाकेट, रियल जुस ३ वटा, कुकिज विस्कुत ३ पाकेट जफत गरी नष्ट गरियो ।
एस आर लिक्वीड एण्ड टोबाको सप २०७७÷०७८ देखि नविकरण नभएकोले तीन दिन भित्र नविकरण गरी नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दियो ।
एच एण्ड एच जुस पसलमा अन्य फलपूmल पसलमा भन्दा बढी मुल्य लिएको भने गुनासो आएकोले मुल्य सूचि राखी तीन दिन भित्र नगरपालिका कार्यालयमा उपस्थित हुन निर्देशन दिई तराजु नापतौल विभागमा नविकरण नभएकोले १ थान जफत गरी बासी र विग्रेको फलफूल १० केजि जफत गरी नष्ट गरियो ।
अनुगमन समितिका सदस्य वडाध्यक्ष श्यामकृष्ण खत्री, वडा सदस्य ज्ञान बहादुर मानन्धर, रिता फसिकवा, भनपा श्यानिटेशका न.नि. दिलिपकुमार सुवाल, वडानिरिक्षक रामकृष्ण प्रजापति, कर अधिकृत प्रभाष कुमार चालिसे, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरिक्षक चिरञ्जिबी न्यौपाने, जिल्ला प्रशासन कार्यालय भक्तपुरका यादव प्रसाद मिश्र, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, भक्तपुर घरेलु तथा साना उद्योग संघका सुमित्रा श्रेष्ठ, बाणिज्य तथा उद्योग कार्यालयका विश्वनाथ मगजुको सहभागी थियो ।