श्री बाराही सहकारीको २५ औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशन कार्यक्रम सम्पन्न
श्री बाराही सहकारीको २५ औं वार्षिक साधारण सभा, लाभाँन्स कोषवाट मात्र ८।२५ प्रतिशत लाभाँन्स वितरण गर्न सफल ।
श्री बाराही बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभा संस्थाका वयोबृद्ध सदस्य नं १४४० का सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष श्री विश्वराम त्वायनाको अध्यक्षता एवं नेमकिपा प्रदेश सांसद श्री सुरेन्द्र राज गोसाई र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सहकारी संघ (नेफ्स्कून) का संचालक सदस्य श्री खेमराज सुवेदीको विशेष आथित्यतामा सभा सम्पन्न भएको हो । सभामा बोल्दै विशेष अथिति सुवेदीले भक्तपुरको सहकारी अभियान सफल रहेको बताउनु भयो ।
सदस्यहरुले संस्था प्रति थप चासो देखाउनु पर्ने, सहकारी समस्यलाई न्युनीकरणमा बिशेष पहल गर्नु पर्नेमा विशेष जोड दिन्दै नेफ्स्कूनका संचालक सदस्य श्री खेमराज सुवेदीज्यूले मन्तव्य व्यक्त गर्नु भएको थियो ।


भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संस्था लिका उपाध्यक्ष श्री हरि वल्लज्यूले शुभकामना मन्तव्यमा वित्तिय संकुचतमा पनि तरलता व्यवस्थापन गर्न सकेका संस्थाको रुपमा चिनाउन्दै सदस्यको विश्वास दिलाउन सक्ने संस्था नियमित मासिक बचतमा विशेष जोड दिने गरेको संस्थाको रुपमा चिनिने संस्था, सहकारीमा देखिएको समस्यामा सवैको एक जुत विचारघारालाई समस्या निराकरणमा अगाडी वढ्नु पर्ने विषयमा आफ्नो कुरा व्यक्ति गर्नु भएको थियो ।
विशेष अतिथि बागमति प्रदेशका सभासद श्री सुरेन्द्र राज गोसाईज्यूले साधारण सभा भनेको सदस्य र संचालकहरु विच भलाकुसारी गर्ने थलोको रुपमा लिनुपर्दछ भन्नेकुरा व्यक्त गर्नु भएको थियो । शिपमुलक जनशक्ति निर्माण गर्नु पर्ने, समुदायमा आधारित सहकारी संस्थाले समुदायको चासोको विषयमा शिपमुलक व्यवहारिक शिक्षाको विकास गर्नु पर्नेमा जोड दिन्दै साधारण सभाको सफलताको कामना व्यक्त गर्नु भएको थियो । सरकारवाट जनताहरुलाई निशुल्क शिक्षा र स्वस्थ्यको व्यवस्था गर्नु पर्नेवारेमा जानकारी गराउनु भएको थियो ।
सभामा संस्थाका कोषाध्यक्ष श्री विष्णु प्रसाद सुवालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै विगत केहि वर्ष देखि भक्तपुरमा यस सहकारीवाट लाभाँन्स वितरण गर्दा लाभाँन्स कोषवाट पुग्ने रकममा वितरण गर्दै नमुना कार्य गर्दै आएको भन्दै यस आर्थिक बर्षमा पनि लाभाँन्स कोषको रकमवाट मात्र ८।२५ प्रतिशत लाभाँन्स वितरण गरेको जानकारी गराउनु भयो
संस्थाले आर्थिक वर्ष २०८०÷०८१ मा नेपाल लेखामान अनुसार ल्ँच्क् प्रणलीमा लेखा परिक्षण गर्दाको असार मसान्तसम्म ९९ करोड ०७ लाख २२ हजार ९सय ४५ रुपैयाको वासलात विवरण, नाफा नोक्सोन हिसावमा २ करोड ७ लाख ८९ हजार ५सय ४० रुपैया कुल नाफा आर्जन गर्न सफल भएको उनले सभालाई जानकारी दिनुभएको थियो । सभामा सुवालले संस्थाको शेयर पुँजी ७ करोड ७९ लाख ७९ हजार ९सय र सदस्य संख्या वाल वचत कर्ता समेत गरि ६ हजार ६ सय १० जना रहेको जानकारी दिए ।
सभामा वार्षिक प्रतिवेदन पेश गर्दै सचिव श्री राधेश्याम सुवालले २०८०÷०८१को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुती, विनियम संसोधन प्रस्ताव, आन्तरिक नीति नियम संसोधन प्रस्ताव पारित तथा अनुमोदनका साथ साथै चालु आर्थिक बर्ष २०८१÷०८२ मा सहकारी ऐन नियम बमोजिम रही पल्स मापदण्डको आधारमा सदस्य बृद्धि गर्ने, शेयर पुँजी बृद्धिलाई निरन्तरता दिने, वचत बृद्धि गर्ने, संस्थाको कुल तरलता मध्ये कम्तीमा ५० प्रतिशत अल्पकालिन वित्तीय लगानीको रुपमा व्यवस्थापन गर्ने र कम्तिमा ७० प्रतिशत ऋण लगानी उत्पादनमूलक क्षेत्रमा जाने गरी परिचालन गर्ने वजेत प्रस्तुत गर्नु भएको थियो ।


सो अवसरमा श्री बाराही वचत तथा ऋण सहकारी संस्था लिका वयोवृद्ध सदस्यहरुलाई प्रमुख अतिथिमा आमन्त्रण गर्दै वयोवृद्ध सम्मान समेत गर्ने गरेका थियो । त्यसै गरि एस ई ई तह पुरा गरेका संस्थामा आवद्ध सदस्यहरु एवं संस्थाका सदस्य परिवारहरुका छोराछोरीहरुले वार्षिक रुपमा एस ई ई सम्मान कार्यक्रम, उत्कृष्ट ऋणी सम्मान, शेयर पूजी बृद्धि सदस्य सम्मान र सदस्यता बृद्धि सम्मान लगायतका सम्मान कार्यक्रहरु गर्दै आएको जानकारी संस्थाका अध्यक्षज्यूवाट सभामा जानकारीगराउनु भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष श्री विश्वराम त्वायनाले दिगो सहकारीलाई आत्मसाथ गर्दै सहकारी शिक्षा तथा वित्तीय साक्षरता प्रविधिवारे जानकारीमुलक कार्यक्रमलाई विशेष जोड दिँदैं आइरहेको बताए । समुदायमा आधारित भएर सञ्चालन भएकै कारण बाराही साकोसले सदस्यहरुको विश्वास जित्न सफल भएको उनले बताए ।
नवौं अधिवेशनले चयन भएका नयाँ संचालक तथा लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु
२०८१ असोज १२, भक्तपुरको भुलाँचा स्थित श्री बाराही बचत तथा ऋण सहकारी संस्था लिको २५औं वार्षिक साधारण सभा तथा नवौं अधिवेशनले नयाँ सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति चयन गरेको छ । सभाले आगामी ४ बर्षे कार्यकालको लागि श्री राधेश्याम सुवालको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । राधेश्याम सुवाल यस संस्थाका संस्थापक अध्यक्ष एव भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिका पुर्व अध्यक्ष पनि हुनु हुन्छ ।
सुवालले संस्थाको शुरुवातमा ३ कार्यकाल अध्यक्ष भइ हाल सम्म संस्थाको संचालक समितिमा विभिन्न पदमा रहि संस्थालाई सेवा दिन्दै आउनु भएको थियो । त्यसैगरी सभाले संस्थाको उपाध्यक्षमा बलराम प्रजापति, सचिवमा विष्णु प्रसाद सुवाल र कोषाध्यक्षमा रत्नकेशरी सुखुपायो सर्वसम्मत चयन गरेको छ । त्यसैगरी सञ्चालक समिति सदस्यहरुमा विश्वराम त्वायना, पुनेन्द्र प्रसाद कुसी, सर्मिला मानन्धर, कृष्ण प्रजापति, पुर्ण प्रसाद दुवाल, सृजन ग्वाछा, चंचल कर्मचार्य चयन भएका छन ।
त्यसै गरि लेखा सुपरीवेक्षण समितिको संयोजकमा वालकृष्ण नागा, सदस्यहरुमा लक्ष्मी जाकिवन्जार र शिवराम मानन्धर सर्वसम्मत चयन भएको निर्वाचन उसमितिले जनाकारी दिएको छ ।















