बैशाख २० गते भक्तपुरमा दीप श्रेष्ठ सांगीतिक साँझ २०८२ आयोजना हुने

बैशाख २० गते भक्तपुरमा दीप श्रेष्ठ सांगीतिक साँझ २०८२ आयोजना हुने
भक्तपुर, बैशाख ७ गते
भक्तपुरमा दीप श्रेष्ठ सांगीतिक साँझ २०८२ आयोजना हुने भएको छ । भक्तपुर सांगीतिक समाज र भक्तपुर चेम्बर अफ कमर्सले संयुक्त रुपमा भक्तपुरमा दीप श्रेष्ठ सांगीतिक साँझ गर्ने भएको हो । नयाँ वर्ष २०८२को अवसरमा यसै बैशाख २० गते वरिष्ठ गायक दीप श्रेष्ठको सांगीतिक साँझ २०८२ सल्लाघारी स्थित इम्पेरियल बैक्वेटमा आयोजना गर्ने भएको भन्दै सो बारे जानकारी दिन आज भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरेको थियो । गायक रोशन धौभडेलले संयोजन गरेको भक्तपुर दीप श्रेष्ठ साँझ २०८२मा प्रत्यक्ष संगीतबाट प्रस्तुत हुने आयोजक समितिले जनाएको छ । वरिष्ठ गायक एवं संगितकार श्रेष्ठको एकल प्रस्तुती हेर्न १ हजार देखि १२ सय जना सहभागि हुने आयोजक समितिले अपेक्षा गरेको छ ।

सो अवसरमा वरिष्ठ गायक दीप श्रेष्ठले आफू भक्तपुरवासी नै भएको खुलासा गरेका थिए । शब्द र स्वर मात्रै सुनाउनु पनि गायन भएको भन्दै उहाँले तबला र हार्मोनियममा गीत गाउने जवाना हराउँदै गएको बेला ट्रयाकबाट गीत गाउने चलन आउनु सान्दर्भिक नभएको जिकिर गरेका थिए । ५ सय भन्दा बढी गीतहरु रेकर्ड गरिसकेका गायक श्रेष्ठले भक्तपुर, धुलिखेल र थिमी जस्तो ठाउँमा गीत गाएर लोप हुन लागेको सुगम संगीतलाई संरक्षण गर्ने महोल बनाउ चाहेको बताएका छन् ।

सो अवसरमा वरिष्ठ गीतकार शुभाषचन्द ढुंगेल, भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्वर्ट बज्राचार्य, र भक्तपर चेम्वर अफ कमर्शका अध्यक्ष कविदास श्रेष्ठले गायक तथा संगितकार दीप श्रेष्ठको साँगितिक यात्राका महत्वपूर्ण योगदानहरुको स्मरण गर्दै भक्तपुरमा दीप श्रेष्ठ एकल साँझ गर्नुको महत्व बारे प्रकाश पारेका थिए ।