भक्तपुर चेम्बर अफ कमर्शको आयोजनामा उद्यमी व्यवसायीका लागि खोप कार्यक्रम ।
भक्तपुर चेम्बर अफ कमर्शको आयोजनामा उद्यमी व्यवसायीका लागि कोभिड १९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा दिने कार्यक्रम आज भक्तपुर पार्टी भेन्यू सूर्यविनायकमा सम्पन्न भयो । उक्त कार्यक्रमबाट उद्यमी व्यवसायी लगायत उद्योग व्यवसायमा आवद्ध मजदुर तथा कर्मचारीहरुगरी २५० जना व्यक्तिहरु लाभान्वित भएका छन् ।सो अवसरमा भक्तपुर चेम्बर अफ कमर्शका अध्यक्ष श्री न्हुछे रत्न मानन्धरले आर्थिक कृयाकलापमा प्रत्यक्षरुपमा संलग्न हुनु पर्ने उद्यमी व्यवसायीहरु कोरोना जटिलताबाट मुक्त हुन खोप अत्यावश्यक भएको र उक्त कार्यक्रमले उद्यमी व्यवसायीलाई सहजरुपबाट खोप लिन सहयोग पुगेको बताउनु भयो । खोप कार्यक्रम स्वास्थ्य कार्यालय भक्तपुरको सहयोगमा सम्पन्न भएको थियो ।













