कालापानी, लिपुलेख, लिम्पुयाधुराका जीवन्त साक्षी रिसालको निधन
काठमाण्डौ, चैत्र २५ गते
वरिष्ठ पत्रकार भैरव रिसाल ९७ वर्षको उमेरमा निधन भएको छ । मुटु र फोक्सो सम्बन्धी रोगको उपचारको क्रममा फ्रन्टलाइन अस्पताल बानेश्वरमा हिजो साँझ निधन भएको उनका भाई पुरु रिसालले जनाएको छ । बि.सं.१९८५ साउन २९मा भक्तपुरमा जन्मिनु भएका रिसाल २०१३ साल देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल थिए ।
राष्ट्रिय समाचार समितिको मुख्य समाचारदातासम्म भएर पत्रकारिता गर्नु भएका रिसाल कालापानी, लिपुलेख, लिम्पुयाधुरा नेपालकै हो भन्ने ऐतिहासिक प्रमाणलाई जीवन्त राख्ने व्यक्तित्व हुन । उहाँले दार्जुला पुगेर उनका सहयोगिहरुको तर्फबाट लिम्पुयाधुरासम्मको जनगणना गरेका थिए । त्यसैले हामीलाई सधै भनि रहनु हुन्थ्यो कालापानी, लिपुलेख र लिम्पुयाधुरा नेपालकै हो । म जिउँदै छु । म जिउँदो प्रमाण हुँ । त्यहाँ सरकार उपस्थित छैन । त्यहाँका जनताले उहिल्यै देखि नेपाललाई कर तिर्दै आएका प्रमाणहरु छन् । सन् १९५० को सुघौली संधि अनुसार पनि त्यो क्षेत्र नेपालको हो । भारतले नक्कली कालापानी बनाएर नेपाली भूमी हड्पेरको छ । सरकार मौन छ । नक्सा जारी गरेर मात्र हुँदैन । त्यहाँ सरकार उपस्थित हुनपर्यो । उहाँको ईच्छा नक्सामा मात्र होइन व्यवहारमै कालापानी, लिपुलेख र लिम्पुयाधुराबाट भारतीय सेना हटेको हेर्न चाहनाथ्यो । उहाँले भनेका थिए त्यस बेलाका प्रधानमन्त्री कृतिधिनी विष्टले राजालाई जाहेर गर्दा निचमार भनेर मौन बसे त्यसैले १८ ठाउँबाट भारतीय सेना हटाएका प्रधानमन्त्री विष्टले कालापानीबाट भारतीय सेना हटाउन सकेनन् । नत्र त्यहाँबाट मात्र किन हटाउन सकेनन् उहाँले रेडियो जनसञ्चारसँगको अन्तर्वातामा भन्नु भएको थियो ।
नेपाल वातावरण पत्रकार संघका पूर्व अध्यक्ष एवं रेडियो सगरमाथाका प्रस्तोता अग्रज पत्रकार रिसाल आफू पत्रकार हुन्छु भने पत्रकार नभएको भन्दै नेपालमा रेडियोको संख्या बढ्यो, महत्व घट्यो यद्यपी रेडियो सगरमाथालाई बन्द होइन जीवन्तता दिनुपर्छ भन्ने सोच राख्नु हुन्थ्यो । रेडियो सगरमाथामा उहाँले उहिले बाजेको पाला, कुरोकन्थो रेडियो कार्यक्रम चालउनु हुन्थ्यो । १० मिनेटको रेडियो कार्यक्रम सञ्चालन गर्न पनि धेरै मेहनत गर्नुपर्छ, त्यतिकै बोल्नु हुँदैन, अध्ययन चाहिन्छ भन्नु हुथ्यो । बुढेसकाल लाग्यो, औषधी खानुपर्छ, लेख लेख्नुपर्छ, रेडियोमा बोल्नुपर्छ भन्नु हुन्थ्यो । ९७ वर्षको उमेरसम्म पनि रेडियोमा बोल्दै आउनु भएका पत्रकार रिसाल मजदुर दैनिक र श्रमिक साप्ताहिकका नियमित स्तम्भकार हुनु हुन्थ्यो ।













