२९ औं अन्तर्राष्ट्रिय अपाड्डता दिवसको अवसरमा भक्तपुर नपाद्वारा ८९ जना अपाड्डता भएका व्यक्तिहरुलाई अपाड्डता सहायक सामग्री वितरण
भक्तपुर, मंसिर १८ गते
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यमा २९ औं अन्तर्राष्ट्रिय अपाड्डता दिवसको अवसरमा अपाड्डता सहायक सामग्री वितरण कार्यक्रम विहिबार ख्वप कलेज प्राड्डणमा सम्पन्न भयो ।
प्रमुख अतिथि प्रजापतिले पूर्ण अपाड्डता भएका ७ जनालाई ट्वाइलेट र ह्विल चेयर तथा १६ जनालाई ह्विल चेयर वितरण गर्नुहुँदै अपाड्डता भएका व्यक्तिको परिवारलाई सम्मान र सहयोग गर्नु हामी सबैको कर्तव्य हो भन्नुभयो ।
उहाँले अपाड्डता भएका व्यक्तिहरुको सीप प्रस्फुटन गराउन उनीहरुमा लुकेको सीपलाई उजागर गरी फरक क्षमता भएको व्यक्तिको रुपमा हेर्नुपर्ने उल्लेख गर्नुहुँदै आजको प्रविधिको युगमा अपाड्डता भएका व्यक्तिहरुलाई प्रविधिमैत्री सामग्रीहरु प्रयोग गरी समाजमा आपूmमा भएको कला प्रस्तुत गर्ने अवसर प्रदान गर्नुपर्ने बताउनुभयो ।
कोभिड–१९ का कारण यस वर्ष नगरपालिकाले सार्वजनिक जमघटका विभिन्न भेला, सहकारी संस्थाको साधारण सभा लगायतका कार्यहरुमा भीडभाड नगर्न अनुरोध गर्दै आइरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले जेष्ठ नागरिक, बालबालिका र अपाड्डता भएका व्यक्तिहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकोले उनीहरुको सुरक्षामा अझ बढी सावधानी अपनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख एवं अपाड्डता भएका व्यक्तिहरुको परिचय वितरण सम्बन्धी अस्थायी समन्वय समितिका संयोजक रजनी जोशीले भक्तपुर नगरपालिकामा रातो कार्ड प्राप्त गर्ने ८९ जना पूर्ण अपाड्ड, नीलो कार्ड प्राप्त गर्ने २३८ जना आंशिक असक्त, पहेलो कार्ड प्राप्त गर्ने १४३ जना र सेतो कार्ड प्राप्त गर्ने ३८ जना गरी ५०८ जना अपाड्डता भएको व्यक्तिहरुलाई कार्ड वितरण गरेको बताउनुहुँदै नगरपालिकाले हरेक वर्ष शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्दै गत वर्ष १५ लाख बजेट विनियोजन गरी विभिन्न कार्यक्रमहरु संचालन गरेको बताउनुभयो ।
उहाँले अपाड्डता भएका व्यक्तिहरुलाई लक्षित गरी नपाले निरन्तर कार्यक्रमहरु संचालन गरिरहने लक्ष्य रहेको बताउनुहुँदै अपाड्डता भएका व्यक्ति र उनीहरुको परिवारलाई लक्षित गरी तालिम सञ्चालन गर्ने सोच रहेको बताउनुभयो ।
कोभिड–१९ का कारण नपाले वार्षिक कार्यक्रममा रहेका सांकेतिक भाषा लगायतका तालिमहरु संचालन स्थगित गरिएकोमा सहज परिस्थितिमा सो तालिम संचालन गरिने उपप्रमुख जोशीले बताउनुभयो ।
वडा नं. १ का वडाध्यक्ष एवं समन्वय समितिका सदस्य श्यामकृष्ण खत्रीले सहायक समाग्री माग गर्ने ८९ जना अपाड्डता भएका व्यक्तिहरु मध्ये ट्वाइलेट र ह्विल चेयर ७ जना, ह्विल चेयर १८ जना, वाकर ६ जना, सेतो छडी २ जना, कालो चश्मा १ जना, बैशाखी ४ जना, कान सुन्ने मेशीन २१ जना, हिट बेल्ट ३ जना एअर मेट्रेस ३ जना, लौरो ३ जना र अन्य समाग्री २१ जना रहेका जानकारी गराउनुभयो ।
समितिकै संयोजक डा. रत्नसुन्दर लासिवाले अपाड्डता भएका व्यक्तिका परिवारमा हेरचाह गर्ने व्यक्ति आर्थिक कार्यमा संलग्न हुन नसकी आर्थिक रुपमा कमजोर हुन गई खानपानका कारण स्वास्थ्यमा नकारात्मक असर पर्न जाने भएकोले अपाड्डता जनस्वास्थ्य सरोकारको विषय हो भन्नुभयो ।
उहाँेले अपाड्डता समुदाय, जिल्ला र देशकै लागि समस्या भएकोले हरेक परिवारले गर्भावस्थादेखिनै नियमित स्वास्थ्य परीक्षण गराई अपाड्डता सम्बन्धी समस्यालाई समाधान गर्न सकिने जानकारी दिनुहुँदै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य सेवा केन्द्रले नगरबासीहरुलाई सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको स्मरण गराउनुुभयो ।
कार्यक्रममा कार्यपालिका सदस्य एवं समन्वय समितिका सदस्य रोशनमैंया सुवालले अपाड्डता भएका व्यक्तिहरुको माग बमोजिमको कोभिड–१९ महामारीको कारण वितरण गर्न बाँकी अन्य सहायक सामग्रीहरु सम्बन्धित वडा कार्यालयहरु मार्पmत अपाड्डता भएका व्यक्तिहरुको घरघरमा पु¥याइने जानकारी दिनुभयो ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














