भक्तपुरमा सक्रिय संक्रमित १ हजार १ सय ९५ पुग्यो । निको हुने २३ हजार भन्दा बढी ।
भक्तपुर, श्रावण २६ गते
भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ११सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको आईतबारसम्मको तथ्याग अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या १०४७ पुगेको थियो भने सोमबार थप १४८ जना संक्रमण पुष्टि भएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय नाघेको हो । संक्रमितहरु मध्ये ४२ पुरुष र ३८ महिला गरी ८० जना भक्तपुरका विभिन्न अस्पतालहरुको आइसोलेशनमा रहेको कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । अहिलेसम्म जिल्लामा १३ हजार ६५० पुरुष र ११ हजार ५५१ महिला गरी २७ हजार १ जना संक्रमित भइसकेका छन् । अहिले सक्रिय संक्रमित १ हजार १ सय ९५ पुगेको छ । सोमबार थप १ सय ४८ जना संक्रमित थपिएपछि संक्रमितको संख्या १ हजार १ सय ९५ पुगेको हो । कार्यालय प्रमुख मिजारले कोरोनाका कारण अहिलेसम्म भक्तपुरका ३ सय १८ जनाले ज्यान गुमाई सकेको बताउनु भयो । यसरी मृत्यु हुनेहरुमा २०४ जना पुरुष र ११४ जना महिला रहेको छ ।
निको हुनेहरुमा १२ हजार ८११ पुरुष र १० हजार ८७७ महिला गरी २३ हजार ६ सय ८८ जना पुगेको छ । आईतबारसम्ममा भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरुमा सबै भन्दा बढी मध्यपुर थिमी नगरपालिकामा ४४३३ पुरुष र ३८५४ महिला ८ हजार २ सय ८७ कोरोना संक्रमित भएका छन् भने सूर्यविनायक नगरपालिकामा ४२८० पुरुष र ३५७६ महिला गरी ७८५६ जना संक्रमित भए । यसै गरी भक्तपुर नगरपालिकाका २४११ पुरुष र २१६१ महिला गरी ४५७२, चाँगुनारायण नगरपालिकाका १७७२ पुरुष र १३५६महिला गरी ३१२८ संक्रमित भएको उल्लेख छ भने ठेगाना प्रष्ट नभएका ६७५ पुरुष र ५३५ महिला गरी १२१० छन् । अहिले भक्तपुर नगरपालिका भित्र ९७ पुरुष र ८७ महिला गरी १८४, चाँगु नपामा ११७ पुरुष र १२२ महिला गरी २३९ जना, मध्यपुर थिमी नपाभित्र १४८पुरुष र ११३ महिला गरी २६१ र सूर्यविनायक नपाभित्रका १७० पुरुष र १४८ महिला गरी ३१८ गरी जम्मा आईतबार सम्ममा १०४७ सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको हो । सोमबार थप भक्तपुर नगरका २६ जना, चाँगु नगरका १९ जना, मध्यपुर नगरका ३७ जना र सूर्यविनायक नगर क्षेत्रका ५२ जना साथै ठेगाना उल्लेख नभएका १४ जना समेत संक्रमित भएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
2026-10-16 Comments Off on इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित
इतिहासविद् डा. प्रा. पुरुषोत्तमलोचन श्रेष्ठ रेडियो जनसञ्चार र जनसञ्चार टेलिभिजनद्वारा सम्मानित भक्तपुर इतिहास, पुरातत्त्व तथा संस्कृतिका क्षेत्रमा अतुलनीय योगदान पुर्याउनुभएका...
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
2026-10-16 Comments Off on देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना
देको मिवा ईतापाके जग्गा एकीकरण आयोजनासम्बन्धी भक्तपुर नगरपालिकाको महत्त्वपूर्ण सूचना भक्तपुर। भक्तपुर नगरपालिकाद्वारा सञ्चालित 'देको मिवा ईतापाके जग्गा एकीकरण आयोजना'...













