भक्तपुरमा सक्रिय संक्रमित १ हजार १ सय ९५ पुग्यो । निको हुने २३ हजार भन्दा बढी ।
भक्तपुर, श्रावण २६ गते
भक्तपुर जिल्लामा कोरोना संक्रमितको संख्या ११सय नाघेको छ । जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरको आईतबारसम्मको तथ्याग अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या १०४७ पुगेको थियो भने सोमबार थप १४८ जना संक्रमण पुष्टि भएपछि जिल्लामा कोरोना संक्रमितको संख्या ११ सय नाघेको हो । संक्रमितहरु मध्ये ४२ पुरुष र ३८ महिला गरी ८० जना भक्तपुरका विभिन्न अस्पतालहरुको आइसोलेशनमा रहेको कार्यालय प्रमुख कृष्णवहादुर मिजारले जनाएको छ । अहिलेसम्म जिल्लामा १३ हजार ६५० पुरुष र ११ हजार ५५१ महिला गरी २७ हजार १ जना संक्रमित भइसकेका छन् । अहिले सक्रिय संक्रमित १ हजार १ सय ९५ पुगेको छ । सोमबार थप १ सय ४८ जना संक्रमित थपिएपछि संक्रमितको संख्या १ हजार १ सय ९५ पुगेको हो । कार्यालय प्रमुख मिजारले कोरोनाका कारण अहिलेसम्म भक्तपुरका ३ सय १८ जनाले ज्यान गुमाई सकेको बताउनु भयो । यसरी मृत्यु हुनेहरुमा २०४ जना पुरुष र ११४ जना महिला रहेको छ ।
निको हुनेहरुमा १२ हजार ८११ पुरुष र १० हजार ८७७ महिला गरी २३ हजार ६ सय ८८ जना पुगेको छ । आईतबारसम्ममा भक्तपुर जिल्लाका ४ वटा नगरपालिकाहरुमा सबै भन्दा बढी मध्यपुर थिमी नगरपालिकामा ४४३३ पुरुष र ३८५४ महिला ८ हजार २ सय ८७ कोरोना संक्रमित भएका छन् भने सूर्यविनायक नगरपालिकामा ४२८० पुरुष र ३५७६ महिला गरी ७८५६ जना संक्रमित भए । यसै गरी भक्तपुर नगरपालिकाका २४११ पुरुष र २१६१ महिला गरी ४५७२, चाँगुनारायण नगरपालिकाका १७७२ पुरुष र १३५६महिला गरी ३१२८ संक्रमित भएको उल्लेख छ भने ठेगाना प्रष्ट नभएका ६७५ पुरुष र ५३५ महिला गरी १२१० छन् । अहिले भक्तपुर नगरपालिका भित्र ९७ पुरुष र ८७ महिला गरी १८४, चाँगु नपामा ११७ पुरुष र १२२ महिला गरी २३९ जना, मध्यपुर थिमी नपाभित्र १४८पुरुष र ११३ महिला गरी २६१ र सूर्यविनायक नपाभित्रका १७० पुरुष र १४८ महिला गरी ३१८ गरी जम्मा आईतबार सम्ममा १०४७ सक्रिय संक्रमितहरु रहेको स्वास्थ्य कार्यालय भक्तपुरले जनाएको हो । सोमबार थप भक्तपुर नगरका २६ जना, चाँगु नगरका १९ जना, मध्यपुर नगरका ३७ जना र सूर्यविनायक नगर क्षेत्रका ५२ जना साथै ठेगाना उल्लेख नभएका १४ जना समेत संक्रमित भएको थियो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














