अग्रज पत्रकार रिसालको पार्थिव शरीर आज अस्पताललाई बुझायो ।
काठमाण्डौ, चैत्र २५ गते
वरिष्ठ पत्रकार स्व.भैरव रिसालको पार्थिव शरीर आधिकारीक रुपमा आज पाटन अस्पताललाई बुझाएको छ । रिसालले पूर्व घोषणा गरेअनुसार आज परिवारले पार्थिवलाई अस्पताललाई बुझाएको हो । पार्थिव शरीरलाई हिजौ अस्पताल लगिएको भएपनि परिवारको आधिरिकता प्रदान गर्दै आज अस्पताललाई बुझाएको रेडियो सगरमाथाका स्टेशन म्यानेजर उर्वशी बस्नयातले जनाएको छ । वरिष्ठ पत्रकार भैरव रिसाल ९७ वर्षको उमेरमा हिजो साँझ निधन भएको थियो । निमोनिया र मुटु सम्बन्धि समस्याका कारण हिजो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारकोलागि लगिएकोमा साँझ निधन भएको थियो । उहाँ एक जना मात्र यस्तो पत्रकार हुनुहुन्छ जो ९७ वर्षको वृद्ध अवस्थामा पनि क्रृयाशिल पत्रकार हुनु हुन्छ स्टेशन म्यानेजर बस्न्यातले बताउनु भयो । उहाँले पत्रकारितासँगै उहाँ उज्यालो अभियान, वातावरण संरक्षण, साथै बुहारीलाई शिक्षा जस्तो अभियान साथै नेपालको सिमा सुरक्षा अभियानमा महत्वपूर्ण योगदान भएको स्टेशन म्यानेजर बस्न्यातले बताए । बुधौली रोगका कारण रिसालको निधन भएको भन्दै प्रधानमन्त्री सहित विभिन्न उच्चस्तरका व्यक्ति देखि सर्वसाधारण समुदायले समेत पत्रकार रिसालको योगदानको कदर गर्दै भाव पूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन ।
बि.सं.१९८५ साउन २९मा भक्तपुरमा जन्मिनु भएका रिसाल २०१३ साल देखि पत्रकारिता क्षेत्रमा क्रियाशिल थिए ।
















