यातु महादेवस्थानमा महायज्ञ आज सम्पन्न हुँदै

यातु महादेवस्थानमा महायज्ञ आज सम्पन्न हुँदै
भक्तपुर, चैत्र २४ गते
मनोकाक्षा पूरा गर्ने देवताको रुपमा पूजिने भक्तपुरको यात्रु महादेव स्थानमा आयोजित सप्ताव्यापी ज्ञान महायज्ञ आज सम्पन्न गरेको छ । मन्दिर परिसरको मर्मत सम्भाव, पूजा सञ्चालन एवं आवश्यक भवन निर्माणार्थ आयोजित महायज्ञमा श्रीमद् भागवत वाचन गरिएको थियो । यातु महादेवस्थानमा शुभकार्यकालागि विभिन्न क्षेत्रबाट मानिसहरु आउने भएकाले सो क्षेत्रको संरक्षण एवं सौद्यकरण गर्न आवश्यक भएको भन्दै भोज गृह तथा भजन गृह बनाउने कार्यका साथै बाटो निर्माण कार्य समेत भइरहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बालाले जनाएको छ ।


३० रोपनी जग्गा रहेको यात्रु महादेवस्थानमा हाल ४ रोपनी मात्रैमा सिमिति भएपनि सो क्षेत्रको संरक्षणकालागि महायज्ञ गरेको भन्दै वहाँले सर्वसाधारणले गच्छेता अनुसार दान भएपनि हुने खाने वर्ग सो सोच अनुसार दान नभएको टिप्पणी गरेका छन् । मन्दिर व्यवस्थापनमा जुतेको सदस्यहरुले समेत आआफ्नो गच्छेता अनुसार दान दिदै मन्दिरका सम्प्रचनाहरु निर्माण कार्य भइरहेको पनि उहाँले बताए । यसवर्षको महायज्ञ आज सम्पन्न गर्दै भजन टोलीलाई भोलि विदाई गर्ने तयारी भएको उहाँले बताए । मन्दिरको नियमित आस्ता नभएकाको भन्दै भएको ३० रोपनी जग्गा पनि उबेलै रैटानी गरि सकेकाले नियमित पूजा गर्न, सरसफाई गर्न न्यूनटम शुल्क भने उठाइ आएको भन्दैउहाँले महायज्ञबाट विभिन्न आश्वासन आएपनि पूरा नगर्ने गरेकाले गुरु योजना अनुसार कार्य गर्न असमर्थ भइरहेको बताएका छन् ।
नगरकोट भ्रमण वर्षका पूर्व सन्ध्यामा महायज्ञ गर्दै मन्दिर परिसरमा निर्माणधिन भवन सम्पन्न गर्ने योजना रहेको उहाँले बताए ।