मध्यपुरका सहकारीमा जनताको वचत सुरक्षित हुने !

मध्यपुरका सहकारीमा जनताको वचत सुरक्षित हुने !
मध्यपुर थिमी, माघ १५ गते
मध्यपुर थिमी नगरपालिकाले सहकारी ऐन २०७९ तथा सहकारी नियमावली २०८० को अभिमुखीकरण कार्यक्रम गरी नगर भित्रका सहकारीको अनुगमण तथा नियमण गरी जनताको वचतलाई सुरक्षित पार्ने प्रतिबधता जनाएको छ । आज मध्यपुर थिमीमा आयोजित सो अभिमुखिकरणमा वरिष्ठ सहकारीविद् कैलाशभक्त प्रधानांगले समुदायमा आधारित सहकारीले सरकारले सिट्टैमा पैसा दिएपनि लिन नहुने जिकिर गर्दै स्थिरिकरण कोषले सहकारी जोखिम व्यवस्थापनमा सहजिकरण हुने भन्दै उहाँले सहकारी संस्थामा मध्यपुर थिमीले अरु भन्दा राम्रो सहकारी ऐन र नियमावली बनाउन सकेको दाबी गर्नु भयो । सो अवसरमा नगर प्रमुख सुरेन्द्र श्रेष्ठले सहकारी ऐन र नियमावलीले सहकारी संस्थाहरुको क्षमतावृद्धि र शुद्धिधिकरणमा समेत तेवा पुग्ने धारणा राखेका थिए ।

सहकारी ऐन र निमावली त बन्यो तर कार्यान्वयन होला की नहोला भन्ने जिज्ञासाहरु बीच मध्यपुर थिमीका १२८ सहकारीहरु मध्ये ९० प्रतिशत भन्दा बढी सहकारीहरुका प्रतिनिधीहरु बीच सहकारी ऐन र नियमाबली बारे अभिमुखिकरण गर्न सकेकोले यो पूर्ण कार्यान्वयन हुने धारणा राख्दै नगर प्रमुख श्रेष्ठले नियम बनिसक्दा पनि फरक किसिमले समस्या आउन सकिने भएकाले थप सचेत रहनुपर्ने बताए । उहाँले मध्यपुर थिमीका स्थानीय सहकारीहरुमा समस्या नदेखिएको तर बाहिरबाट आएका सहकारीमा मात्रै समस्या देखिएको हुँदा नगरपालिकाले नियमन र कार्वाही गर्न नसक्दा जनताको पैसा फसेको बताए ।


उपप्रमुख तथा सहकारी अनुगमण समितिका संयोजक विजयकृष्ण श्रष्ेठले सो अवसरमा मध्यपुर थिमीका सहकारीहरुको डेढ अर्व शेयर लगानी तथा १५ अर्व कारोवार रहेका पूँजीलाई संरक्षण र प्रर्वधन गर्न सहकारी ऐनले आफूहरुलाई थप जिम्मेबार बनाएकाले जनताको लगानी भएको सहकारीको समस्याबाट भाग्ने नभई थप जिम्मेबार भएर काम गर्न तथा नियम अनुगमन र व्यवस्थापन गर्न नगरपालिकालाई अव एकल अधिकार प्राप्त भएको बताए ।
सहकारी संस्थाहरुको क्षमता विकास, व्यवसायीकिकरणकालागि दुर शिक्षामा आधारित शिक्षण सामग्री सम्बन्धि चेतना कार्यक्रम समेत आयोजना भएको कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष केदार थापा, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष तथा मध्यपुर सहकारी समन्वय समितिका संयोजक कान्छा भक्त घजु, जनप्रतिनिधी तथा नगर सहकारी समितिका संयोजक सानुकाजी राजबहाक, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज सुबेडी सहितले मन्तव्य राखेकोे सो कार्यक्रमले मध्यपुर थिमीमा प्रधान कार्यालय रहेका सहकारीहरुकालागि नि:शुल्क रुपमा इ विद्या प्रो. सहकारी सफ्टवेयर प्रयोग गर्नदिने घोषणा गरेको छ ।