आज महानवमी, राम मन्दिरद्वारा ब्व छाय्गु पर्व मनाइयो

आज महानवमी, राम मन्दिरद्वारा ब्व छाय्गु पर्व मनाइयो
भक्तपुर, चैत्र २४ गते
भक्तपुर नगरपालिका वडा नं. ४ मा रहेको राममन्दिरले आज एक सय ५ औं स्थापना दिवस मनाएको छ । आज राम नवमीको दिनमा स्थापना दिवस मनाउँदै भक्तजनले श्री राम पुजा –ब्वः छाय्गु) कार्यक्रम आयोजना गरेको छ । श्री राम मन्दिर संरक्षण समितिले ज्याठा गणेश मन्दिर तालाक्वबाट पूजा प्रारम्भ गर्दै भक्तपुर नगर भित्र रहेका ३८ राम मन्दिरहरुमा पूजा अर्थात ब्व छाय्गु पर्व मनाएका हुन । साँस्कृतिक बाजा सहित भक्तपुर नगर परिक्रममा गरी राम पूजा गरेका हुन ।