भक्तपुर नगर क्षेत्रभित्रका अस्पताल प्रमुखहरूको बैठक सम्पन्न
२०७७ भदौ ३१ गते, बुधबार
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुर नगर क्षेत्रभित्रका अस्पताल तथा स्वास्थ्य संस्थाका प्रमुखहरूको बैठक बुधबार सम्पन्न भयो ।
बैठकमा नगर प्रमुख प्रजापतिले नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड अनिवार्य पालना गरी अस्पतालहरूले सेवा सञ्चालनलाई निरन्तरता दिनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाले भक्तपुर अस्पतालमा पीसीआर मेसिन राख्न प्रदेश सरकारसँग निरन्तर पहल गरिराखेको उल्लेख गर्दै नगर प्रमुख प्रजापतिले सबै अस्पतालले यो संकटको समयमा निःस्वार्थ रुपमा जनताको सेवा गर्नुपर्ने बताउनुभयो ।
अस्पताल प्रमुखहरूसँगको उक्त बैठकले कोभिड–१९ संक्रमण न्यूनीकरण कार्यलाई थप प्रभावकारी बनाउन भक्तपुरमा पिसिआर टेष्टलाई व्यापक रुपमा संचालन गर्ने उद्देश्यले वागमती प्रदेश सरकारले भक्तपुर अस्पताललाई प्रदान गर्ने भनिएको पिसिआर टेष्ट गर्ने उपकरण यथासिघ्र उपलब्ध गराउन र परीक्षण विधिको लागि आवश्यक सामग्रीको बन्दोबस्त गर्न बागमती प्रदेश सरकार सामाजिक विकास मन्त्रालयमा अनुरोध गर्ने निर्णय ग¥यो ।
कोभिड–१९ रोगको संक्रमण न्यूनीकरण कार्यका लागि नगरपालिका र यहाँस्थित सरकारी तथा निजी अस्पतालहरूबीच समन्वय गरी अगाडि बढ्ने र नगरबासी जनतामा कोभिड–१९ रोगको संक्रमण न्यूनीकरण तथा उपचार विधिबारे जनचेतना जगाउने कार्यमा नगरस्थित सबै अस्पताल सामूहिक प्रयास गर्ने निर्णय बैठकले ग¥यो ।
बैठकले भक्तपुर नगरपालिकामा कोभिड–१९ रोगको संक्रमण दिनप्रतिदिन बढिरहेको अवस्थामा संक्रमित नगरबासीहरूलाई सुरक्षित रुपमा व्यवस्थापन गर्न नगरपालिकाद्वारा सञ्चालन गरिने आइसोलेसन केन्द्रका लागि आवश्यक प्राविधिक एवं चिकित्सकीय सेवामा सहयोग गर्न नगरस्थित सबै अस्पतालहरू सहमत भएको निर्णय ग¥यो ।
बैठकमा सहभागी भक्तपुर अस्पतालका मे.सु. डा. सुमित्रा गौतम, भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अन्कोलोजिष्ट डा. रोशन प्रजापति, इवामुरा मेमोरियल अस्पतालका प्रशासक रन्जित मारिखु, सिद्धिस्मृति अस्पतालका प्रशासक अनिल राजभण्डारी र डा. अखिल ताम्राकार र जनस्वास्थ्य सेवा केन्द्रका प्रमुख डा. रत्नसुन्दर लासिवालगायतले हाल महामारीको रुपमा पैmलिएको कोभिड–१९ रोगको संक्रमण न्यूनीकरण तथा विरामीको उपचार सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
उहाँहरूले भक्तपुर नगरपालिकाभित्र सञ्चालित अस्पताल र स्वास्थ्य संस्थाहरूले महामारीबीच पनि जनतालाई निरन्तर स्वास्थ्य सेवा प्रदान गरिरहेकोे, कोभिड बिरामीको लागि छुटै एम्बुलेन्सको खाँचो भएको, स्वास्थ्यकर्मी स्वयम्मा कोरोना संक्रमण देखिन थालेका कारण अस्पतालहरूमा जनशक्तिको अभाव रहेको, भक्तपुरमै पीसीआर परीक्षणको आवश्यकता रहेको र होम आइसोलेसन व्यवस्थित नहुँदा संक्रमणको जोखिम बढिरहेको विषयमा धारणा व्यक्त गर्नुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ र भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रबिन्द्र ज्याख्वले पनि बोल्नुभएको थियो ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
दसैँ के हो र कसरी मनाउने विषयमा भक्तपुरमा अन्तरक्रिया
2026-10-16 Comments Off on दसैँ के हो र कसरी मनाउने विषयमा भक्तपुरमा अन्तरक्रिया
दसैँ के हो र कसरी मनाउने विषयमा भक्तपुरमा अन्तरक्रिया भक्तपुर । स्वतन्त्र पत्रकार संघ भक्तपुरले शुक्रबार भक्तपुरमा ‘दसैँ के हो...
भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
2026-10-16 Comments Off on भक्तपुर योङ्ग सर्कलद्वारा ‘अन्तर सदयीय उडबल प्रतियोगिता’ आयोजना हुँदै
भक्तपुर योङ्ग सर्कलद्वारा 'अन्तर सदयीय उडबल प्रतियोगिता' आयोजना हुँदै भक्तपुर। "कला, खेलकूद र मित्रता - युवा जगतको आवश्यकता" भन्ने मूल...
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान
भक्तपुरका शिक्षकहरूबीच विजयादशमीको शुभकामना आदानप्रदान भक्तपुर, असोज २९ गते । नेपाल क्रान्तिकारी शिक्षक संघ, वागमती प्रदेश सम्पर्क समितिको आयोजनामा विजया...
विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
2026-10-15 Comments Off on विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान
भक्तपुर, २८ असोज । भक्तपुर जिल्ला बक्सिङ संघको आयोजनामा विजया दशमी तथा शुभ दीपावली-२०८३को उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम ४६ आैं नेपाल भाषा साहित्य त:मुज्याका अध्यक्ष एवं ७ नं वडाध्यक्ष उकेश कवाँको प्रमुख आतिथ्यतामा बज्र बुटिक होटल बालाखूमा बुधबार सम्पन्न भयो । कार्यक्रममा प्रमुख अतिथि उकेश कवाँ ले ४६ आैं तमुज्या बारे बताउँदै दशैको फुर्सदको समय र जनता र समाजको आवश्यकता अनुसार अगाडि बढेको बताउँदै जसरी पदार्थबाट चेतना आए अनुसार समय परिस्थितिको आवश्यकता अनुसार त:मुज्या स्थापना भएको र जनतालाई चेतना दिन र दविएर बसेका तल्लो वर्गका जनतालाई उत्थान गर्न हो भन्नुभयो । उहाँले सत्य बोलेर शुकरातले मृत्यु वरण गर्नुपरेको बताउनुभयो । उहाँले प्रकृतिले दिए अनुसार हाइड्रोपावरको विकास गरे रोजगारी सृजना गर्ने तर प्रकृति प्रकोपले हाइड्रोपावरमा क्षतिले यसमा पनि पुनः विचार गर्नुपर्ने साथै पृथ्वीमा बढेको तापक्रमले हिम पहिरोले हिमाल नष्ट हुने भएकोले आैधोगिकरणले आएको प्रदुषणले भएकोमा यसबाट अमेरिका भागेको तर चीन यसबारे सचेत रहेको बताउनुभयो । उहाँले डाटा सेन्टरले नेपालले भन्दा ठुलो देशले फाइदा लिने तर नेपालको सुचना लिने भएकोले देशको हित नहुने देखिएको बताउनुभयो । अहिलेको सरकार ३५ बर्ष शासन गरेको पुरानो सरकार वीच तात्विक भिन्नता नभएको बताउँदै जसरी अमेरिकाले तेलको लागि भेनेजुयलाका मादुरो जसरी अपहरण गरे त्यसरी नै नेपालमा अमेरिकी कथपुतली सरकार बनाएको भन्नुभयो । उहाँले यो सरकारले स्वास्थ्य विमा र शिक्षकलाई दशै खर्च समेत दिन नसकेकोबाट स्पष्ट भएको बताउँदै सिध्दान्त र विचारको बाटो नभएको व्यक्ति गन्तव्य नपुग्ने बताउनुभयो । उहाँले विगतमा ठुला दलले एनजीओबाट कार्यकर्ता पालेकोले देशले आजको स्थिति भोग्नुपरेको बताउनुभयो । कार्यक्रमका सभापति भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिले शुभकामना दिँदै दशैंलाई भाैतिकवादी दृष्टिकोणले मनाउन अनुरोध गर्नुभयो । उहाँले दशैंजस्तो परम्परागत चाडलाई मार्क्सवादी दृष्टिकोणबाट हेर्दा, यो चाडको सामाजिक, आर्थिक र वर्गीय पक्षलाई बुझ्न आवश्यक हुन्छ भन्नुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले धर्म, परम्परा, र सांस्कृतिक अभ्यासहरूलाई वर्गसंघर्षको सन्दर्भमा विश्लेषण गर्नुपर्छ भन्नुभयो । उहाँले दशैं चाड सामन्ती परम्परा र पितृसत्ताको प्रतिनिधि हुने र आर्थिक शोषण र उपभोगवादलाई बढावा दिँदा गरिब तथा मजदुर वर्ग ऋण लिएर पनि चाड मनाउँछन्, तर धनी वर्गले उपभोगवादको रमाइलो गर्छन् भन्नुभयो । उहाँले दशैंलाई अन्धविश्वासको धार्मिक सस्कारलाई चिरेर जानुपर्ने बताउनुभयो । उहाँले दशैंलाई पुरानै ढंगले नमनाई यसको सामाजिक न्याय र समानताको सन्देश दिने गरि मनाउनु पर्ने बताउनुभयो । उहाँले मार्क्सवादी दृष्टिकोणले दशैंलाई सांस्कृतिक पुनर्संरचना गर्ने अवसरका रूपमा प्रयोग गर्न र धार्मिक अन्धविश्वासको स्थानमा वैज्ञानिक सोच, वर्गीय चेतना, र समानतामूलक समाजको निर्माणको अवसरमा मनाउन अनुरोध गर्नुभयो । उहाँले बागमती प्रदेश बक्सिङ संघले दशाैं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि कार्तिक ९ देखि १२ गतेसम्ममा खेलाडी छनाैट गर्ने निर्णय भएको जानकारी दिनुभयो । कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गाैतम सुजखुले स्वागत मन्तव्य राख्दै कार्यक्रमको आैचित्यता वारे प्रकाश पार्नुभयो भने कार्यक्रम सचिव साजन लघुले संचालन गर्नुभयो ।
दशैंमा बजार अनुगमन
2026-10-15 Comments Off on दशैंमा बजार अनुगमन
दशैंमा बजार अनुगमन भक्तपुर, २८ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा सुकुलढोका रहेको पसलहरुमा बजार अनुगमन...










