अनाथ बालबालिकालागि बालबालिकाले नै दिए शैक्षिक सामग्री

अनाथ बालबालिकालागि बालबालिकाले नै दिए शैक्षिक सामग्री
भक्तपुर, चैत्र १९ गते
बालमन्दिर आधारभूत विद्यालय भक्तपुरका विद्यार्थीहरुलाई आज शैक्षिक सामग्री वितरण गरेको छ । सोही विद्यालयका पूर्व प्रधानाध्यापक लोचन कुमारी मल्लको स्मृतिमा उनका छोरा मजित मल्लले विद्यार्थीहरुलाई शैक्षिक सामग्री, लताकपडा र आवश्यक आधाभूत सामग्रीहरु वितरण गर्नुका साथै विद्यालयलाई आर्थिक सामग्री समेत सहयोग गरेको थियो । सोही वडाका वडाध्यक्ष राजकृष्ण गोराका सभापतित्वमा भएको सो शैक्षिक सामग्री वितरण कार्यक्रममा स्व.मल्लका नातीनातीनीहरुले समेत सामग्री वितरण गरेका होे भने बुहारी भगवती मल्लले सामुमाको तस्विरमा माल्यापर्ण गर्दै दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेको थियो ।


कार्यक्रममा बोल्दै स्थानीय जनप्रतिनिधी तथा कार्यक्रमका सभापति गोराले कुनै बेला देशभर बालमन्दिर सञ्चालन गरेर बाल संगठनले अनार्थ बालबालिकाहरुलाई शिक्षाको पहुँच दिदै आएको भएपनि पछिल्लो चरणमा बालमन्दिरका जग्गा र सम्पतिहरु प्नि दुरुपयोग हुन थालेको खवर सुन्दा दुःख लागको बताउनु भयो । बाल मन्दिरका भवनबाट उठ्ने पैसा बालमन्दिरले नै लाने तर विद्यालय संञ्चलानकालागि केहीपनि नहेर्नु दुःखद कुरा भएको भन्दै उहाँले पहिला शिक्षक र कर्मचारी समेत नियुक्त गरी विद्यालय व्यवस्थापन हुँदै आएको स्मरण गर्नु भयो । सो विद्यालयमा हाल २३ जना अनार्थ बालबालिकाहरु अध्ययनरत छन् । आफ्नो हजूरआमाको नाममा विभिन्न विद्यालयका अनार्थ बालबालिकाहरुकालागि यसै गरी शैक्षिक सामग्री वितरण गर्दै आएको भन्दै लक्ष्यजित मल्लले भविष्यमा पनि यसै गरी शैक्षिक सामग्री वितरण गर्ने लक्ष्य रहेको जनाए भने नातिनी समृद्धि मल्लले अनार्थ बालबालिकाहरुलाई सहयोग गर्नुपर्छ भन्ने आफ्नो अभिभावकहरुको प्रेरणाबाट सो सामग्री वितरण गरेको बताउँदै उहाँहरुले जेष्ठनागरिकहरुकालागि पनि यसै गरी दान गर्दै आएको बताएका थिए । लक्ष्यजीत मल्ल हाल कक्षा ७मा र समृद्धि मल्ल हाल कक्षा ५मा अध्ययनरत छात्रछात्रा हुन ।