प्रहरीद्वारा लागू औषधी सहित एक युवा पक्राउ

प्रहरीद्वारा लागू औषधी सहित एक युवा पक्राउ
भक्तपुर, चैत्र २ गते
जिल्ला प्रहरी परिसर भक्तपुरले लागू औषध सहित एक युवालाई पक्राउ गरेको छ । मध्यपुर थिमी नगरपालिका वडा नं. ४ स्थित तछुटोलमा लागू औषध कारोबार गरेको भन्दै प्रहरीले ति युवालाई विहिबार नियन्त्रणमा लिएको थियोे । मोरङस्थित शनिश्चरे स्थायी घर भई हाल मध्यपुरस्थित तछुटोलमा कोठा भाडामा बस्ने विकेश मगरलाई प्रहरीले पक्राउ गरेका हुन ।

पक्राउ परेका मगरलाई शुक्रबार जिल्ला अदालत भक्तपुरबाट लागू हुने गरी ५ दिने म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी ढुण्डीराज नेउपानेले जनाएको छ । पक्राउ परेका ति युवाको कोठामा खानतलासी गर्दा NOOPHIN लेखेको २९ वटा एम्पुल नफुटेको र फुटाएको २१ वटा एम्पुल, DIAZEPAM लेखेको ३० वटा एम्पुल नफुटेको र फुटाएको एम्पुल २० वटा, PROMATHOZINE लेखेको एम्पुल २५ वटा नफुटेको र फुटाईएको १९ वटा गरी जम्मा १४४ वटा एम्पुल लागू औषध सहित निजले प्रयोग गर्दै आएको सामसुङ कम्पनिको मोबाईल थान १ र नगद रु।५६,०००।–९छपन्न हजार मात्र० बरामद गरेको सूचना अधिकारी नेउपानेले जनाएको छ ।