काठमाण्डौ स्कुल अफ लका एक छात्राको अनेक आरोप, निश्पक्ष छानविनकालागि स्कूल तयार……..
भक्तपुर, चैत्र ३ गते
देश, विदेशका लागि कानूनका दक्ष जनशक्ति उत्पादन गर्दै आएको काठमाण्डौ स्कुल अफ लका प्रिन्सिपल सहित १४ जना पढाधिकारी, शिक्षक सहायक तथा विद्यार्थीहरु माथि यौन दुव्र्यवहार सहित विभिन्न आरोप, अपशब्द प्रयोग गरि गालि गालौज एवं रु.५ लाख माग र मार्नेसम्मको धम्कि आएपछि त्यसको खण्डनकालागि आज स्कुलले पत्रकार सम्मेलन गरेको छ । ती विद्यार्थीले दुव्र्यवहार गर्नेहरुलाई कार्वाहीको माग गर्दै स्कूलमा निवेदन दिएको भए पनि सोको सुनुवाई समेत नगरेकाले सामाजिक सञ्जाल इष्टाग्राममार्फत आफ्ना अभिव्यक्तिहरु सार्वजनिक गरेर सम्बन्धित स्कुल, प्रिन्सिपल, शिक्षक विद्यार्थीलाई मात्र नभई परिवारका सदस्यहरुलाई समेत विभिन्न धम्कि दिनु अमर्यादित गतविधि भएको भन्दै स्कूलका प्रिन्सिपल युवराज संग्रौलाले सो घटना बारे निश्पक्ष छानविनकालागि काठमाण्डौ स्कूल अफ ल आन्तरिक उजुरी तथा गुनासा सम्बन्धी कार्यविधि निर्देशिका कार्यान्वयनमा रहेको जनाएको छ ।


३७ वर्षको अध्ययापनमा यस्तो घटना कहिल्यै नसुनेको बरु पीडित एक विद्यार्थीको न्यायको लागि लडि दिएको उल्लेख गर्दै प्रिन्सिपल संग्रोलाले आफू माथि लगाइएको आरोपको त निश्पक्ष छानविनको पत्रकार सम्मेलन मार्फत आफैले माग गरेका छन् भने आफ्ना छोरी माथि समेत मारिदिनेसम्मको धम्कि किन दियो? भनि प्रश्न गरेका छन् ।
सो आरोप लगाउने छात्रा सोही स्कूलको पाँचौ वर्षमा अध्ययनरत विद्यार्थी रहेको र तिनले दुव्र्यवहार गर्ने माथि कार्वाहीका लागि निवेदन पनि दिएको तर परीक्षा चलि रहेकोले त्यसको तत्काल अनुसन्धान र कार्वाही प्रकृया भने अघि नबढाइएको स्वीकारर्दै प्रिन्सिपल संग्रौलाले ति विद्यार्थीले कहिले आफै पीडित त कहिले अरु पीडितकालागि बोलि दिएको अभिव्यक्ति दिएकाले संगठित रुपमा प्रिन्सिपल र स्कूलको गलत व्याख्या भइरहेको त होइन? भन्दै उहाँले विद्यार्थी उपर हुने दुव्र्यवहार र उत्पीडनप्रति स्कूल संवेदशील रहेको उल्लेख गर्दै प्रिन्सिपल संग्रौलाले त्यसको निश्पक्ष छानविनकालागि आफू तयार रहेको जनाएका थिए ।
आफ्नो जीवनमा आफ्नी श्रीमतीसँग बाहेक अरुकसैसँग त्यस्तो सम्बन्ध अहिलेसम्म नभएको प्रष्ट पार्दै प्रिन्सिपल संग्रौलाले आरोप पुष्टि भए आफूले कलेज छाड्न समेत तयार रहेको उल्लेख गर्दै एक जना विद्यार्थीले आरोप लगाउने बितिकै सिंगो विद्यालय र तिनका परिवार माथि समेत अनेक आरोप नलगाउनु गलत भएको बताएका थिए ।
एक व्यक्तिले लगाएको विषयगत आरोपकै आधारमा सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आफ्नै मनोगत धाराणा बनाई सम्प्रेष्ण गर्ने कार्य र यसकै आधारमा तथ्यको कुनै आधार र कारणको सत्यापन नगरी केही सञ्चार माध्यमले समाचार सम्प्रेष्ण गर्ने कार्य र यसकै आधारमा तथ्यको कुनै आधार र कारणको सत्यापन नगरी केही सञ्चार माध्यमले गरेको समाचार सम्प्रेषणले शिक्षक, विद्यार्थी तथा कलेज परिवारकै मनोवल र आत्मसम्मानमा आँच आई प्रतिष्ठामा चोट पुगेको विषयले हामी मर्माहित भएका छौं स्कूलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
विद्यार्थी उपर हुने दुव्र्यवहार र उत्पीडनप्रति समिति संवेदनशील रहेको विश्वास दिलाउँदै सामाजिक सञ्जालको दुरुपयोग गरी अन्यथा प्रचारप्रसार गर्ने, संस्था र सोसँग सम्बन्धित पदाधिकारी तथा शिक्षकहरुको मान प्रतिष्ठमा आँच पुर्याउने, शैक्षिक वातावरण धुमिल्याउने गरी घृणा र द्वैष फैलाउने, व्यत्रिगत लाञ्छानायुक्त गाली गलौज गर्ने लगायका कुनै पनि अशोभनीय गतिविधि नगरी छानविन प्रक्रियालाई सहयोग गर्न सम्पूर्णमा अनुरोध गरिन्छ । आन्तिरिक उजुरी तथा गुनासा समितिका सदस्य सचिव लक्ष्मी सापकोटाद्वारा मितिः २०८१,११, २७ गते जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
२०८१÷१२÷०३
काठमाडौं स्कुल अफ ल को प्रेस नोट
काठमाडौं स्कुल अफ ल स्थापना भएको २४ वर्ष पूरा भइ २५ औं वर्षमा हिडिरहेको छ । यस दौरानमा हजारौं विद्यार्थीहरूले स्नातक तथा स्नातकोत्तर तह उतीर्ण गरि न्यायपालिका, सरकारी वकील, अन्य कानुनी सेवा एवम् कानून व्यवसायमा संलग्न छन् । राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा यस संस्थाले उच्च साख निर्माण गरी कानुनको शासन तथा न्यायको स्वच्छता निर्माणमा अग्रणी भूमिका खेलिरहेको छ ।
यस संस्थामा कानुन र न्यायको क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति भएका दर्जनौ शिक्षकहरू कार्यरत छन् । यस संस्थाले कानुन र न्यायको शिक्षामा एउटा पृथक मान्यता निर्माण गरेको छ । पाँच वर्षे स्नातक तहको कानुन र मानवअधिकार लगायतका विभिन्न विधाका शैक्षिक कार्यक्रमहरूको सुरुवात गर्ने पूर्वाञ्चल विश्वविद्यालयअन्र्तगतको यो कलेज नेपालको आधुनिक कानुनी शिक्षा निर्माणमा एक अगुवा संस्था हो ।
यस्तो उन्नत इतिहास बोकेको यस संस्थाका विरुद्ध केही दिन अघिबाट समग्र संस्था र यसमा कार्यरत अधिकाशं शिक्षकहरूको मान मर्यादामा गम्भीर आँच पुग्ने गरी गलत प्रचार प्रसार गरिएको छ । विभिन्न खालका तथ्यहीन, सतही र मिथ्या सूचनामा आधारित भ्रमपूर्ण अभिव्यक्ति तथा सामग्रीहरू सार्वजनिक गरिएको देखिएको छ । यस्तो अवस्थामा कलेज, यसका कार्यकारी निर्देशक र समग्र शिक्षकहरूविरुद्ध छरिएका अवान्छित लान्छनाहरूप्रति हाम्रो संस्थागत गम्भीर ध्यानाकर्षण भएकोले यो प्रेस नोट जारी गरिएको छ ।
मार्च आठ २०२५ अर्थात २४ फागुन २०८१ को राति ११ः२५ मा यसै वर्ष गत महीना मात्र पाँचौ वर्षको परीक्षा दिएकी यस कलेजकी विद्यार्थी सन्ध्या गौतमले इन्स्टाग्राम, फेसबुकलगायत सामाजिक सञ्जालमा एउटा पोष्ट गरेको पाइयो । उक्त पोष्टमा आफूले डिसेम्बर ०५, २०२४ मा कलेजको प्रशासन समक्ष ‘क्ष्mmभमष्बतभ ब्अतष्यल च्भत्रगष्चभम इल च्बmउबलत ःष्कअयलमगअत ब्लम क्ष्लकतष्तगतष्यलब िँबष्गिचभक विषय उल्लेख गरी निवेदन दिएकोमा उक्त निवेदनको सुनुवाइ नभएको भन्दै सामाजिक सञ्जालमा ल्याउनु परे्को जनाएकी छिन् । उनको निवेदन कलेजलाई प्राप्त भएको थियो । तर, निवेदन प्राप्त भएको केही दिन पछि नै परीक्षा सुरु भई कलेजमा विद्यार्थीहरू नरहेको कारणले विद्यार्थीका हकमा सोधपुछ गर्न संभव नभएको र शिक्षक तथा कर्मचारीको हकमा जाँचबुझको प्रक्रिया अघि बढाउन कलेजको आन्तरिक उजुरी तथा गुनासा समितिले कार्य प्रारम्भ गरिसकेको कुरा यस अघि नै कलेज र प्राध्यापकहरूकातर्फबाट फरक–फरक विज्ञप्तिमार्फत सार्वजनिक गरिसकिएको छ ।
निज विद्यार्थीले परीक्षा समाप्त भएपछि आफूले दिएको निवेदन उपर के भइरहेको छ भन्ने कलेजमा सामान्य सम्पर्क÷सोधपुछ समेत नगरी सामाजिक सञ्जालमा सिधैं पोष्ट गरेको देखिन्छ । उनको पाँचौ वर्षको परीक्षा समाप्त भए पनि अन्य कक्षाहरूको परीक्षा यथावत चलिरहेको छ । परीक्षा सञ्चालन भइरहेको यस अवस्थामा निवेदन उपर सुनुवाई भएन भन्ने निजको आरोप प्रथम दृष्टिमै भ्रम सृजना गर्ने मनसायबाट प्रेरित देखिन्छ ।आन्तरिक उजुरी तथा गुनासा समितिले प्रक्रिया अनुसार कार्य गरिरहेको अवस्थामा गौतमले सामाजिक सञ्जालबाट लगाएका लान्छनाहरूमाथि कलेजका शिक्षक, बहालवाला र पूर्वविद्यार्थीहरूले एउटा अलग्गै स्वतन्त्र जाँचबुझ समिति बनाई निवेदनमा उठाएका विषयहरू उपर अनुसन्धान गरौं भन्ने आग्रह अनुसार मिति २०८१–१२–०१ गते कलेजको व्यवस्थापन समितिको बैठक बसेको थियो । उक्त बैठकले कलेजसँग आवद्ध नरहेका स्वतन्त्र व्यक्तिहरू सम्मिलित जाँचबुझ समिति गठन गर्ने निर्णय गरिसकेको छ ।
तर, गौतमले सामाजिक सञ्जालमा कलेज र शिक्षकहरू उपर गलत नियतले एकपक्षिय रूपमा लगाएका आक्षेपहरूलाई नै आधार बनाई कलेज र शिक्षकहरूको प्रतिष्ठामै आँच पु¥याउने गरी अतिरञ्जित गरेको पाइएको छ । तथापि गौतम स्वयम्ले सार्वजनिक गरेका निम्न मुख्य तथ्यहरूमाथि अलिकति पनि ध्यान दिएको पाइएन ।
एक– गौतमले इन्टाग्रामलगायत पोष्टमा ‘व्यक्तिगत रूपमा मलाई कसैले दुव्र्यवहार गरेको छैन, अरुको न्यायका लागि बोलिदिएको हुँ भन्ने उल्लेख गरेकी छन् । यसको सिधा अर्थ उनी आफैं पीडित होइनन् । आफू पीडित नै नभएको व्यक्तिले को व्यक्ति पीडित हो भन्ने कसैको नाम उल्लेख नगरी म अमुक व्यक्तिको प्रतिनिधि हुँ भन्दै सामाजिक सञ्जालमा मिथ्या तथ्य सार्वजनिक गरिनु सामाजिक मर्यादा तथा कानुन विरुद्ध हो ।
दुई– गौतमले सार्वजनिक गरेको पोष्टमै कार्यकारी निर्देशक प्रा.डा युवराज संग्रौला र संग्रौला परिवारसँग ५–५ लाखका दरले २० लाख रूपैयाँ माग गर्नु ।
तीन– सामाजिक सञ्जालमै आफ्ना बुवालाई गाली गर्दै हजुरबुवालाई समेत बलात्कारी भन्दै कलंकित गर्नु ।
चार– सभ्य मानवले भन्न र बोल्न नसक्ने अस्लिल शब्दहरूसार्वजनिक रूपमा बोल्नु ।
पाँच– सामाजिक सञ्जालबाटै मध्यराति संग्रौलाकी छोरी युगिच्छा संग्रौलाको नाम लिँदै ‘तलाईँ जलाएर मार्छु’ भन्दै आतंकित पार्नु ।
छ– सामाजिक सञ्जालमै केही व्यक्तिहरूको नाम लिँदै ‘तिमीले मलाई यो काम गर्न लगायौं । अहिले तिमीहरू आरामसँग बस्ने । मैंले चाहिँ दुःख पाउनु पर्ने’ भावसहित बोल्नुले उनलाई अरु कसैले दुरूपयोग गरिरहेको खुल्छ ।
सामाजिक सञ्जालहरूमार्फत निज गौतमले लगाएका लान्छनाहरू माथि उल्लेखित तथ्यहरूबाट कलेज र यसमा आवद्ध व्यक्तिहरूमाथि संगठित रूपमा गरिएको नियोजित आक्रमण हो भन्ने पुष्टि हुन्छ । यसका अतिरिक्त निज विद्यार्थीलाई यस कलेजबाट विभिन्न प्रतियोगिताहरूमा सहभागी गराएको र कलेजकै खर्चमा उनी हेगस्थित अन्तराष्ट्रिय फौजदारी अदालतले आयोजना गर्ने नुरेम्वर्गअभ्यास अदालत (मुट कोर्ट) प्रतियोगितामा समेत सामेल भएर आएपछि कलेजले सार्वजनिक कार्यक्रम गरी निज र निजको समूहलाई अभिनन्दन समेत गरेको थियो । यसबाट कलेज निज विद्यार्थीप्रति पूर्वाग्रही नरहेको स्पष्ट हुन्छ ।
गौतमले कलेजमाथि लगाएको एलजिबिटीआइक्यु प्लस (ीन्द्यत्क्ष्त्तं) व्यक्ति र समुदायहरूप्रति पूर्वाग्रह राख्दछ भन्ने आरोप पनि सफेद झुट छ । यो कुरा (ीन्द्यत्क्ष्त्तं) व्यक्ति र समुदायहरूको मानवअधिकार सम्बन्धमा सन् २०२० मै यस कलेजले नेपालमै पहिलो पटक अभ्यास अदालत (मुट कोर्ट) प्रतियोगिता आयोजना गरेबाट स्पष्ट हुन्छ ।
२५ वर्षको दौरानमा संस्थापक, सैयौं प्राध्यापक र हजारौं विद्यार्थीलगायतको मेहनत, पसिनाले राष्ट्रिय÷अन्तर्राष्ट्रिय रूपमा गर्विलो इतिहास बनाएको काठमाडौं स्कुल अफ ल लाई नियोजित रूपमा एक जना व्यक्तिले लगाएको आरोपकै आधारमा समाचार प्रकाशित नगरी दिनुहुन अनुरोध गर्दछौं । सामाजिक सञ्जालमा एक जना व्यक्तिले अभिव्यक्त गरेको कुरालाई तथ्यगत जाँचबुझ नगरी एकतर्फी समाचार बनाउने कार्य ‘मिडिया ट्रायल’ हुन जान्छ । जसबाट निर्दोषहरू समेत आहातित हुन पुग्छन् । यसबेला काठमाडौं स्कुल अफ ल मा एक जना व्यक्तिका कारण १४ जना शिक्षकको परिवार आहातित भइरहेको अवस्था छ ।
इमान, उच्च नैतिकता तथा कानुनी शासनको बहस पैरवी गर्दै आएको कलेज, यसका कार्यकारी निर्देशक, प्राध्यापक र विद्यार्थी स्वयम्हरूमाथि समेत गौतमले लगाएको मानव मर्यादा र मानवअधिकार विरोधी लान्छनाहरूप्रति दुःख व्यक्त गर्नु बाहेक हामीसँग अरु शब्द छैनन् ।
जुन कुनै व्यक्तिले जुन सुकै अवस्थामा जो माथि पनि सामाजिक सञ्जालबाट आरोपहरू लगाउने र त्यसकै आधारमा ‘मिडिया ट्रायल’ हुने हो भने सामाजिक मर्यादा र स्थापित न्याय प्रणालीलाई खल्बल्याउने निश्चित छ । त्यस्तो अवस्थामा अनुसन्धानमूलक उन्नत ज्ञान निर्माण गर्ने शैक्षिक संस्थालगायत सञ्चार माध्यम समेत प्रभावित हुनेछन् । यदि कसै माथि दुव्र्यवहार हुन गए आफ्नो हक स्थापित गर्न राज्यको न्याय प्रणालीको सहारा लिनुको साटो सामाजिक सञ्जाल र सञ्चार माध्यमबाटै न्याय निसाफ गरिने कार्यले सभ्य समाज निर्माण नहुने निश्चित छ ।
अन्त्यमा हामी फेरि स्पष्ट गर्न चाहन्छौ कि उठेका सरोकारहरूलाई सम्बोधन गर्नका लागि काठमाडौं स्कुल अफ ल को व्यवस्थापन समितिले पूर्वन्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी रहेको तीन सदस्यीय तटस्थ जाँचबुझ समिति गठन गरिसकेको व्यहोरा निवेदन गर्दछौ ।
……………………………….
सहायक प्राध्यापक रुविन श्रेष्ठ
विभाग प्रमुख
सूचना, सञ्चार तथा विद्यार्थी कल्याण विभाग













