कथाकार श्रेष्ठको प्रतिनिधी कथा संग्रह सार्वजनिक
भक्तपुर, चैत्र २ गते
सिर्जना अभियान समाज भक्तपुरको संयोजनमा वरिष्ठ कथाकार धनमान श्रेष्ठको नयाँ कथाकृति अर्थात कथासंग्रहको आज विमोचन भएको छ । ख्वप छें, भक्तपुरमा स्वर प्रकाशन, स्वर द्वैमासिक पत्रिका काठमाण्डौले आयोजना गरेको एक समारोह बीच श्रेष्ठद्वारा लेखित प्रतिनिधी कथाको सार्वजनिकीकरण भएको हो ।


कार्यक्रमका प्रमुख अतिथि एवं साहित्यकार इन्दिरा प्रसाई सहित कार्यक्रमका अतिथिहरु डा. योगेन्द्र्र प्रधान, ठाकुरप्रसाद भण्डारी, सृजना अभियानका सचिव धुर्व मधिकर्मी, लेखक धनमान श्रेष्ठले संयुक्त रुपमा सो कथासंग्रहको विमोचन गरेका थियोे । लेखक श्रेष्ठका ८२ वटा कथाहरु संकलित सो प्रतिनिधी कथा संग्रह ८५ पृष्ठको रहेको छ । आज सार्वजनिक भएसँगै यो पुस्तक बजार पुगेको छ । रु. २ सय ५५ मूल्य रहेको कथाकार श्रेष्ठको प्रतिनिधी कथा संग्रह आयोजक स्वर प्रकाशन, स्वर द्धैमासिक पत्रिकाले संयुक्त रुपमा प्रकाशनमा ल्याएको छ ।














