सिद्धिस्मृति अस्पतालको नवनिर्मित विशेष भवनको आज उद्घाटन हुने
भक्तपुर, चैत्र १ गते
सिद्धिस्मृति प्रतिष्ठानद्वारा सञ्चालित सिद्धि स्मृति महिला तथा बाल अस्पतालले आज नवनिर्मित विशेष भवनको उद्घाटन गरेको छ । अस्पताल प्राँगणमै नवर्निमित सो भवनको आज समुद्घाटन गरेका हुन । अस्पतालको नयाँ भवन बनाउन आर्थिक, भौतिक सहयोग गर्ने दाताहरुकै बाहुलिबाट सो भवनको आज उद्घाटन गरेका हुन । १७ करोड लागत इष्टिमेटमा आज भन्दा डेरवर्ष अघिबाट निर्माण गरिएको सो भवन करिब १० करोडमै निर्माण सम्पन्न भएको उल्लेख गर्दै प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेलले महिला तथा बाल विशेषज्ञ अस्पतालको रुपमा विकास गर्न विभिन्न दाताहरुको सहयोगमा सो भवन निर्माण भएको जनाएको छ ।
सरकारले नै नसकि रहेको बेला तपाई एक्लैले कसरी सक्नु हुन्छ भन्ने चुनौतिहरु बीच क्षमताबान नयाँ पुस्ताका जनशक्तिहरु परिचालन गर्दै सानो अस्पतालको ठूलो महत्वकाक्षा पूरा गर्दै आएको बताउनु भयो ।


आफ्नो एक मात्र छोरा श्याम सुन्दर धौभडेलको सवारी दुर्घटनाबाट निधन भएपछि अन्य बालबालिकाहरु उपचारबाट बञ्चित हुननपरोस भनि स्वास्थ्य चौकीबाट सुरु गरेको सिद्धिस्मृति प्रतिष्ठानले अहिले आएर भव्य भवन सहितको अस्पताल निर्माण कार्य सम्पन्न गर्न सकेको उहाँले बताए ।
आज आयोजित उद्घाटन समारोह बीच दाताहरुलाई धन्यवाद पत्र वितरण गर्दै अध्यक्ष धौभडेलले आफूले भनेर सकिने ठाउँबाट सहयोग संकलन गरि यत्रो अस्पताल निर्माण गरिसक्दा पनि सरकारी निकायले ध्यान नदिएकोमा दुःख व्यक्त गरेका छन् । विमामा रिफरल सेन्टरको रुपमा मात्र सेवा दिएको भन्दै संस्थापक एवं अध्यक्ष धौभडेलले सामुदायिक अस्पताल भएकाले अस्पताल सञ्चालनकालागि सरकारी निकायले पनि ध्यान दिन जरुरी भएको बताएका छन् ।
अस्पतालले जन्म देखि मरणसम्मको सेवा दिदै आएको उल्लेख गर्दै अध्यक्ष धौभडेलले बेसाहारा जेष्ठ नागरिकहरुकालागि पनि न्यूनटम शुल्कबाट वृद्धाश्रम पनि सञ्चालन गर्दै आएको उल्लेख गरेका छन् ।
कार्यक्रममा भनपा ७का वडाध्यक्ष उकेश कवां, डाक्टर धुर्व श्रेष्ठ सहितका अतिथिहरुले सिद्धि स्मृति अस्पतालले दिदै आएको महिला तथा बाल स्वास्थ्य सेवा उदाहरिणय र प्रशंसनीय भएको चर्चा गर्दै नवनिर्मित भवनबाट थप प्रभावकारी सेवा विस्तार हुने विस्वास व्यक्त गरेका थिए













