नःपुखु साकोसद्वार कोरोना रोकथामका लागि भनपा ५० हजार सहयोग
भक्तपुर, कार्तिक १९गते
विश्वव्यापी रुपमा फैलिरहेको नोबेल कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि नःपुखु बचत तथा ऋण सहकारी संस्था लिमिटेड, दुधपाती भक्तपुरले आर्थिक सहयोग गरेको छ । भक्तपुर नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा नःपुखु साकोसले रु.५० हजार आर्थिक सहयोग प्रदान गरेका हुन । नगरपालिकाका प्रमुख सुनिल प्रजापति समक्ष नःपुखु साकोसका पदाधिकारीहरुले नगद सहयोग हस्तान्तरण गरेका हुन । नगर प्रमुख प्रजापतिले सो अवसरमा आर्थिक सहयोग गर्ने नःपुखु साकोसलाई सहयोगको लागि धन्यवाद ब्यक्त गरेका थिए ।















