भूकम्पपछिको पुनर्निर्माण बारे भक्तपुरमा पत्रकारसँग टिआई नेपालको छलफल
भक्तपुर, मंसिर ३० गते
भूकम्पपछिको पुनर्निर्माणमा सदाचारका लागि भक्तपुरका पत्रकारहरुसँग टन्सपरेन्सी इन्टर नेशनल नेपाल (टिआई नेपाल)ले मंगलबार छलफल गरेका छन् । जिल्लाको पुनर्निर्माणको अवस्था, समस्या र गुनासाहरुको समीक्षा गर्दै पुनर्निर्माण र पुनस्र्थापनालाई थप प्रभावकारी बनाउन पत्रकारिताको क्षेत्रबाट खेल्न सकिने भूमिकाहरु बारे छलफल गर्दै टिआई नेपालका कानुनी अधिकृत दिनानाथ भट्टराईले पुनर्निर्माणसँगै पीडितहरुको पुनस्थापनाका सवालहरुलाई पनि ध्यान दिन आवश्यक भएको भन्दै भक्तपुर जिल्लाको पुनर्निर्माणका सफलताका कथाहरु प्रस्तुत गर्दै आगामी दिनहरुमा बाँकी पुनर्निर्माण कार्यलाई प्रभावकारी बनाउन आवश्यक भएकोमा जोड दिनु भयो । कतिपय भूकम्प प्रभावित क्षेत्रहरुमा एकीकृत बस्ति विकास गरे पनि जीविकोपार्जनलाई ध्यान दिन नसक्दा प्रभावकारी हुन नसकेको भए पनि भक्तपुरको घन्ना बस्तीमा एकीकृत वस्ती विकास गर्न सके खर्चको बचत गर्दै पुुनर्निर्माण प्रभावकारी गर्न सक्ने कुरा औल्याउनु भयो ।
पुनर्निर्माणका सवालहरुमा स्थानीय जनप्रतिनिधी र राष्ट्यि पुनर्निर्माण प्राधिकरणका पदाधिकारी बीच समन्वयकारी भूमिकाबाट जिल्लाको पुनर्निर्माणका सवालहरुमा थप सेवा विस्तार गरी पुनर्निर्माण प्रभावकारी गर्न सकिने विचार व्यक्त गर्दै जिल्लाको निजी क्षेत्रको पुनर्निर्माणको अवस्था र विद्यालय पुनर्निर्माणका सवालहरुमा टिआई नेपालबाट भएको पत्रकार फेलेसिपका विषयहरुमा प्रस्तुतीकरण भयो ।
सो अवसरमा जिल्लाको पुनर्निर्माण अझै ६० प्रतिशत बाँकी रहेको परिवेशमा पीडित लक्षित पुनर्निर्माणका योजना र कार्यक्रमहरु कार्यान्वयन गरी बाँकी पुनर्निर्माण प्रभावकारी बनाउन राष्ट्यि पुनर्निर्माण प्राधिकरणका पदाधिकारीको ध्यानाकर्षण गर्दै रेडियो जनसञ्चारको तर्फबाट सिरश संैजूले प्रस्तुत गरेको रेडियो कार्यक्रमका विषयवस्तुहरु बारे जानकारी दिइयो । जिल्लाको विद्यालय पुनर्निर्माणको अवस्था बारे पत्रकार निसा कुस्माको समाचार लेखन बारे छलफल गर्दै विद्यालय भवनको पुनर्निर्माणमा बत्ति, ट्वाइलेट, रंगरोगन सहितको ब्यवस्था गरी विद्यालय भवन निर्माण भइरहँदा पनि विद्यालयको आवश्यकता अनुसार भवन बन्न नसकि रहेको र प्राधिकरणको नमूना विद्यालय भवन मात्रले स्थानीय विद्यालयको आवश्यकता पूर्ति हुन नसकि रहेको जनगुनासो रहेको उल्लेख गर्दै पत्रकार सुरेश सैंजूले निजी क्षेत्रको पुनर्निर्माण प्रभावकारी बनाउन टोल टोल पुनर्निर्माण अभियान सञ्चालन गरिए पनि पीडितका समस्या र गुनासाहरु प्रभावकारी हुन नसकि रहेको उल्लेख गदै पीडितहरुलाई पुनस्थापना गर्न सकिने गरी थप योजना ल्याउनुपर्नेमा जोड दिनु भयो । पत्रकार सैंजूले जिल्लाका समन्वयकारी भूमिका खेल्ने जिम्मेबार व्यक्तिहरुले पनि पीडितका समस्या मात्र देखाइ रहेको बेला घर ढलान खेत चलान गरी पुनर्निर्माण सम्पन्न गर्नुलाई भूकम्पपछिको पुनस्थापना भन्न नसकिने बताउनु भयो ।
विद्यालय भवन पुनर्निर्माणमा विद्यार्थी खेल्ने तथा विपद्मा विद्यार्थीहरु रहने खुल्ला क्षेत्र समेत नहुने गरी भौतिक प्रगतिलाई मात्रै पुनर्निर्माणले जोड दिन नहुने, विद्यालयका आवश्यकता र मापदण्ड भन्दा बाहिर विद्यालय भवन बनि रहेको हो कि ? सो विषयमा सरोकारवाला निकायको ध्यानाकर्षण गराउनुपर्ने भन्दै अन्नपूर्ण पोष्टका पत्रकार इश्वर खाइतुले विद्यार्थी संख्या कम भएका र मर्जरमा गएको विद्यालयको समेत भवन निर्माण भइरहेको बारे टिआई नेपालको ध्यानाकर्षण गराउनु भयो ।
राजधानी दैनिकका पत्रकार संजिब डुलालले पुनःनिर्माण लक्षित राहात कार्यक्रमले मात्रै थप पुनर्निर्माण प्रभावकारी गर्न सकिने उल्लेख गर्दै बास्तविक पीडितहरुको साझा समस्याको पहिचान गरी सम्बोधन गर्न आवश्यक भएकोमा जोड दिनु भयो । टिआइ नेपालका भक्तपुर जिल्ला अधिकृत जुनु ढकालको सहजिकरणमा भएको सो कार्यक्रममा पत्रकार सुरेन्द्र केसी, अन्जिर बिक र अनिल फोजुले पनि बोल्नु भएको थियो ।
सो अवसरमा जिल्लाको पुनर्निर्माणलाई थप प्रभावकारी बनाउन पुनर्निर्माणका उदाहरणीय कथाहरुलार्ई प्रस्तुत गर्दै सरकारी पुनर्निर्माणका योजनाहरुमा सदाचार अपनाउने विषयवस्तुहरुमाथि निरन्तर पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिइयो ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














