भक्रपुर इन्साईट एण्ड आउट फोटोग्राफी प्रर्दशनी हुने
भक्तपुर, बैशाख २८ गते
भक्तपुरको कला संस्कृति र जनजीवनलाई जीवन्त पार्न नयाँ र पुराना पुस्ताका दुई फोटोग्राफरहरुले दुई दिने फोटोग्राफी प्रदर्शनी गर्ने भएको छ । भक्तपुरेन फोटोग्राफीको प्रायोजनमा अमेरिकी हाल जापान बस्ने डिजे हिन्मान र भक्तपुर निवासी अमित बनमालाले सन् २०१६ देखि खिचेका फोटोहरुलाई एक्कै ठाउँमा प्रर्दशनी गर्ने भएको हो ।
भिजिट नेपाल २०२०को अवसरमा नेपाल र जापानमा फोटोग्राफी प्रदर्शनीको तयारी गर्दा गर्दै कोरोनाको कहर फैलिएपछि स्थगित भएको सो फोटोग्राफी प्रदर्शनीलाई यस पटक बैशाख २९ र ३० गते गरी दुई दिन प्रस्तुत गर्ने भएको छ । वरिष्ठ फोटोग्राफर मिन बज्राचार्यले उद्घाटन गर्ने सो फोटो प्रर्दशनी भक्तपुर नगरपालिका वडा नं.९ स्थित दत्तात्रय मन्दिर परिसरमा रहेको एक रेष्टुरेन्टमा गर्ने तयारी गरेको छ । प्रदर्शनी दुई दिनको भए पनि सर्वसाधारणकालागि एक हप्तासम्म फोटो प्रदर्शनी मै राखिने फोटोग्राफर अमित बनमालाले जनाए ।
https://youtu.be/DHp9441kCtQ
७५ वर्षका जेष्ठ नागरिक डिजे हिन्मानले आजभोलिको विकसित डिजिटल फोटोग्राफ्री वा डिजिटल प्रविधि भन्दा पहिलाको स्यामस्वेत अर्थात ब्लाय्क एण्ड ह्वाईट फोटोग्राफीलाई पस्केका छन् भने नयाँ पुस्ताका फोटोग्राफर अमित बनमालाले डिजिटल फोटोग्राफी मार्फत भक्तपुरको सांस्कृतिक जनजीवनलाई पस्केको आयोजक समितिका सुदिप सुवालले जनाए ।
भक्रपुर इन्साईट एण्ड आउट फोटोग्राफी प्रर्दशनीमार्फत पर्यटन प्रवर्धनका साथै स्थानीय जात्रा पर्व र सांस्कृतिक जनजीवनलाई पस्कने र आफुहरुको फोटोग्राफीप्रति दर्शकहरुको सुझाव र प्रतिकृया पाउनको लागि पनि सो फोटोग्राफी प्रभावकारी हुने आयोजकहरुको अपेक्षा देखिन्छ ।













