सर्वाधिक पुरस्कार सहित पाचौँ अकिआस खुल्ला फुटसल कप २०८१ सञ्चालन हुँदै

सर्वाधिक पुरस्कार सहित पाचौँ अकिआस खुल्ला फुटसल कप २०८१ सञ्चालन हुँदै

रसुवाको सदरमुकाम स्थित धुन्चेमा आगामी माघको पहिलो साताबाट जिल्लाकै सर्वाधिक पुरस्कार राशिको पाँचौँ अकिआस खुल्ला फुटसल कप २०८१ प्रतियोगिता सञ्चालन हुने भएको छ ।

शैक्षिक,ज्ञानी,बौद्धिक र प्रज्वलित समाज (अकिआस) संस्थाको आयोजनामा “पाँचौँ अकिआस फुटसल प्रतियोगिता” आगामी माघ २ गते देखि ८ गते सम्म सञ्चालन हुने भएको छ।

एक सातासम्म चल्ने प्रतियोगिताको विजेता टिमलाई ट्रफी,मेडल र प्रमाणपत्र सहित दुई लाख दुई हजार दुई सय बाइस रुपैयाँ नगद पुरस्कार दिने अकिआस का अध्यक्ष निवेश श्रेष्ठले प्रस्ट बताउनु भएको छ। त्यसै गरी उपविजेता टिमलाई पनि ट्रफी,मेडल र प्रमाणपत्र सहित एक लाख एक हजार एक सय एघार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष श्रेष्ठले बाउनुभयो।

त्यस्तै प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने व्यक्तिगत विधातर्फका खेलाडीलाई प्रमाणपत्र तथा ट्रफिले पुरस्कृत गरिनेछ । 

खेलको माध्यमबाट आन्तरिक पर्यटकलाई व्यास क्षेत्रमा भित्राउने उद्देश्य सहित जिल्लामा फुटसलको विकास गर्ने उद्देश्य राखेर विभिन्न समयमा यस्तै कार्यक्रमहरूको आयोजना गरिएको अधक्ष्य श्रेष्ठले जानकारी दिए ।

साथै जिल्लाको विभिन्न ठाउँमा गएर सरसफाइ अभियान तथा विभिन्न समाजसेवाको क्षेत्रमा काम गर्दै आएको पनि श्रेष्ठले प्रस्ट पार्नुभयो।