कोरोनाले भक्तपुरका ५ जनाको मृत्यु

भक्तपुरमा कोरोना संक्रमणबाट थाप एक जनाको मृत्यु भएको पुष्टि गरेको छ । भक्तपुर अस्पतालमा शुक्रबार विहान मृत्यु भएका ८२ वर्षीय जेष्ठ नागरिकको कोभिड १९ परीक्षणमा पोजिेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेट डाक्टर सुमित्रा गौतमले बताएकी छिन् । श्वास प्रश्वासमा समस्या भएर बिहीबार उपचारका लागि अस्पताल ल्याएका ती बृद्धको मृत्युपछि उपचारमा संलग्न चिकित्सकहरुलाई आसोलेशनमा राखिएको छ । अहिले सो अस्पतालको आइसोशलनमा ७ जना संक्रमित उपचारमा रहेका छन् । खरिपाटीस्थित विद्युत तालिम केन्द्रको आइसोलेशनमा रहेका २० जना मध्ये ८ जना निको भएर घर फकाइएको छ । यो सँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या भक्तपुरमा ५ पुगेको छ । सूनपा सिरुतारकी वर्षीय महिला, सुनपा ८ कै ७३ वर्षीय पुरुष र ५५ वर्षीय महिलाको मृत्यु भइसकेको थियो भने बिहिबार राती मृत्यु भएर शुक्रबार विहान कोरोना पुष्टि भएकी मथिनपा ३ की ६२ बर्षीय महिला रहेकाा छन् ।