भक्तपुर क्षेत्र नं २ मा पुरानालाई नयाँं टाउको दुखाई
कृष्ण किसी
भक्तपुर, फागुन ५ भक्तपुर क्षेत्र नं २ मा पुराना दलहरुलाई नयाँं दलहरु टाउको दुखाईको विषय बन्दै गएको छ । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीलगायतका पुराना दलहरुलाई नयाँं दलको रुपमा रहेका राष्टिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम पार्टीलगायतका दलहरु टाउको दुखाईको विषय वन्न थालेको हो । उज्यालो नेपाल पार्टीकोतर्फबाट भक्तपुर क्षेत्र नं २ का उम्मेदबार जीतराम लामा यो क्षेत्रमा आफू विजयी हुने दावी गर्छन् । स्वतन्त्र पत्रकार संघ भक्तपुरले मंगलबार उनीसँंग गरेको साक्षात्कारमा उनले यो क्षेत्रमा ठूला भनिएका दलहरुका लागि आफू टाउको दुखाई विषय बनेको दावी गरे । भक्तपुरका दुई वटा क्षेत्रमध्ये भक्तपुर क्षेत्र नं २ मा हाम्रो उपस्थितिले ठूला दलहरु डराएका छन्, उनको दावी छ । ठूला दलहरु मिडियामा चर्चामा सिमित हुने तर जित भने आफूले निकाल्ने दावी गरे । उता रास्वपा भक्तपुर क्षेत्र नं २ का उम्मेदबार राजीव खत्री पनि यो क्षेत्रमा आफूले जित निकाल्नेमा ढुक्क देखिन्छन् । हाम्रो जितलाई कसैले रोकेर रोक्न सक्दैन, उनको दावी छ ।


तथापि यो क्षेत्रमा नेपाल मजदुर किसान पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टीका उम्मेदबारहरु भोट माग्ने दौदाहामा छन् । सवै पार्टीहरुले तालिका नै बनाएर घरदैलो तथा जनसभा गरिरहेका छन् । यसकारण प्रतिनिधि सभा २०८२ को निर्वाचन नजिकिँदै जाँदा भक्तपुरमा पनि चुनावी सरगर्मी तीव्र बनेको छ । नयाँ पुस्ताका उम्मेदवारहरूले रोजगारी, सुशासन, डिजिटल पारदर्शिता, शिक्षा सुधार र स्थानीय विकासलाई मुख्य एजेण्डा बनाएका छन् । सामाजिक सञ्जालमार्फत पनि सक्रिय प्रचार–प्रसार गरिरहेका उनीहरूले परम्परागत शैलीभन्दा फरक ढंगले मतदातासँग प्रत्यक्ष संवाद बढाएका छन् । युवामाझ देखिएको उत्साहले पुराना दलहरू डराइरहेको अनुभुति यहाँं हुन्छ । भक्तपुरका दुई वटा क्षेत्रमध्ये भक्तपुर क्षेत्र नं २ निक्कै प्रतिस्पर्धाको क्षेत्र हो । यहाँं एक हजार भन्दा कम मतले हारजित हुने आँंकलन गरिएको छ । भक्तपुर क्षेत्र नं २ मा यसअघिको २०७९ को निर्वाचनमा नेपाली कांग्रेसका सभापति दुर्लभ थापा झण्डै २४ हजार मतले विजयी हासिल गरेका थिए । उनका निकटत प्रतिस्पर्धी एमालेका महेश वस्नेतले २३ हजार हाराहारीमा मत पाएका थिए । तेश्रो स्थानमा रहेको नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापामगले सात हजार हाराहारी मत पाएका थिए । राष्टिय स्वतन्त्र पार्टीका साजन विक चौथौ र राष्टिय प्रजातन्त्र पार्टी पाँंचौ स्थानमा रहेका थियो । यसकारण यो पटक यी पाँंच दलहरुमध्येमा पनि राष्टिय स्वतन्त्र पार्टी, उज्यालो नेपाल पार्टी, श्रम सस्कृति पार्टीलगायतका केही स्वतन्त्र उम्मेदबार अगाडि वढेका छन् । भक्तपुर क्षेत्र नं २ मा यो पटक नेपाल मजदुर किसान पार्टीबाट रमेश वैद्य, नेपाली कांग्रेसबाट कविर राणा, नेकपा एमालेबाट महेश वस्नेत, नेपाली कम्युनिष्ट पार्टीबाट रामप्रसाद सापकोटा दीपशिखा, राष्टिय प्रजातन्त्र पार्टीबाट विक्रम थापालगायतका पुराना दलहरुबाट प्रतिस्पर्धामा छन् । यी पुराना दलहरुलाई यहाँं राष्टिय स्वतन्त्र पार्टीका राजीव खत्री, उज्यालो नेपाल पार्टीबाट जीतराम लामा, स्वतन्त्र उम्मेदबार नवीनकुमार महतलगायतले चुनौती दिइरहेका छन् । तस्वीरहरु छन् ।













