डुडोल ढुङ्गेधाराको उदघाटन

डुडोल ढुङ्गेधाराको उदघाटन

२०८१ पुस ९ मंगलबार
चाँगुनारायण नगरपालिका, भक्तपुर

चाँगुनारायण नगरपालिकासंगको समन्वय तथा वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले Bremen Overseas Research and Development Association (BORDA) SOUTH ASIAको आर्थिक सहयोगमा “नगरपालिकाको आम चासोमा केन्द्रित शहरी क्षेत्रमा एकिकृत पानी व्यवस्थापन” परियोजना अन्र्तगत चाँगुनारायण नगरपालिका वडा नं. २ मा रहेको डुडोल ढुङ्गेधाराको जीर्णोद्धार तथा पुनः निर्माण गरि आज मिति २०८१ पुस ९ गते मंगलबार उद्घाटन भएको छ ।
सन् २०२६ सम्म चाँगुनारायण नगरपालिकामा संचालनमा रहने परियोजनाले नगरपालिका क्षेत्र भित्र रहेको परम्परागत ढुङ्गेधारा, ईनार, कुँवा, खानेपानीको स्रोतहरु, सार्वजनिक शौचालयहरु लगाएतको संरचनाहरुको संरक्षण गर्न र पूर्ननिर्माण गर्न डिपिआर, योजना, डिजाइन तथा परामर्श सेवा प्रदान गरि प्राविधिक सहयोग प्रदान गर्ने परियोजनाको लक्ष्य रहेको छ । साथै अन्य पालिकाहरुमा परिक्षण सफल भएको योजना र नयाँ प्रबिधिलाई चाँगुनारायण नगरपालिकामा पनि अनुशरण गरिने लक्ष्य परियोजनाले लिईएको छ । खानेपानी, सरसफाइ र स्वच्छता योजना निर्माण, जलवायु र लैङ्गिक स्मार्ट शहर बनाउन मूल्याङ्कन ढाँचा विकास गरि लागु गर्ने, नगरपालिका क्षेत्र भित्र हाँसिल गरेका अनुभव र उपलब्धीमूलक दस्तावेजहरुलाई अन्य पालिका तथा शहरहरुको लागि सामग्रीको रुपमा सहयोग गर्ने लगाएतको कार्यहरु परियोजना अन्र्तगत गरिनेछ ।


दिगो बिकास लक्ष्य ६ अन्र्तगत “सुरक्षित खानेपानी र दिगो सरसफाइ” ले लिईएको लक्ष्य र उदेश्य हाँसिल गर्नको लागि परियोजनाले महत्वपूर्ण सहयोग प्रदान गर्नेछ । यस नगरपालिकामा सुरक्षित पानी र उत्थानशिल नगरपालिका (Building a Water Safe Resilient Municipality ) बनाउने कार्यमा समेत यस परियोजनाले सहयोगी भूमिका निर्वाह गर्नेछ ।
चाँगुनारायण नगरपालिकाको नगर प्रमुख जीवन खत्रीले पुनः निर्माण सम्पन्न भएको डुडोल ढुङ्गे धाराको एक कार्यक्रमको बिच उद्घाटन गर्नु भयो । डुडोल ढुङ्गेधाराको बिगतको अवस्था र निर्माण पश्चातको अवस्थाको बारेमा वडा नं. २ को वडा अध्यक्ष सोम प्रसाद प्रधानले जानकारी दिनु भएको थियो । नगर प्रमुख जीवन खत्रीले यस परियोजनाबाट नगर क्षेत्रभित्र रहेको खानेपानीको संरचनाहरु परम्परागत ढुङ्गेधारा, ईनार, कुँवा, खानेपानीको स्रोतहरुले पूर्नजीवन प्राप्त गर्ने धारणा राख्नु भएको थियो । हामीले हाम्रो सम्पदाहरुलाई जीवनत राखी नयाँ पुस्तालाई हस्तान्तरण गर्नु हाम्रो कर्तव्य हो भन्ने भनाई नगर प्रमुखले राख्नु भएको थियो । साथै परियोजना सफल बनाउन आफू प्रतिबद्ध रहेको धारणा राख्नु भएको थियो । उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत शिव प्रसाद हुमेगाइँ, एन्फोको कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठ, प्रशन्न प्रधान, ई. सन्तोष दाहाल, पूर्व वडा अध्यक्ष शिवहरी के.सी., वडा सदस्य ज्यूहरु, समाजसेवी, बुद्धिजीवी लगाएत समुदायको समेत उपस्थिति रहेको थियो । वातावरण र जनस्वास्थ्य संस्था (ऐन्फो) को कार्यक्रम निर्देशक राजेन्द्र श्रेष्ठले परियोजनाको बारेमा प्रकाश पादै चाँगुनारायण नगरपालिकामा काम गर्नको लागि अनुकूल वातावरण र सहयोगको कारणले नै हामीलाई नयाँ नयाँ काम गर्न हौशला प्रदान गरिरहेको भनाई राख्नु भएको थियो ।
परियोजना कार्यान्वयनको लागी नगरपालिकाको तर्फबाट खानेपानी, सरसफाइ तथा स्वच्छता (ध्ब्क्ज्) शाखाले आवश्यक समन्वय र सहजिकरणको लागी काम गरि रहेको नगरपालिकाको वास संयोजक सुरेन्द्र लामिछानेले जानकारी दिनु भयो ।