बागेश्वरीमा क्षयरोगको खोजी
नगरकोट, पुस ४ गते
चाँगुनारायण नगरपालिका वडा नं. ७ बागेश्वरीमा लुकेर रहेका क्षयरोगीहरुके खोजी गरेको छ । स्वास्थ्य कार्यालय चानपाले क्षयरोग मुक्त नगरपालिका घोषणा गर्न समुदायमा सक्रिय क्षयरोग खोजपड्ताल गर्न निःशुल्क छातीको एक्सरे शिविर आयोजना गरेको हो । सो अवसरम १सय ४५ भन्दा बढी स्थानीयबासीहरुकोे एक्सरे लिएर परिक्षण गर्नुका साथै लक्षण देखिएका व्यक्तिहरुको खकार संकलन समेत गरिएको क्षयरोग परियोजनाका संयोजक गजल श्रेष्ठले जनाएको छ ।


सो अवसरमा क्षेयरोग विशेषज्ञ डाक्टर प्रदिप कुमार गुप्ताले विगतको तुलनामा क्षयरोग निकै घटेपनि सक्रिय क्षयरोग भएसम्म क्षयरोग मुक्त अभियान सफल नहुने भएको भन्दै समुदायमा रहेका सक्रिय क्षयरोगीहरु पत्तालगाई उपचार गरेर निको बनाउनुको साथै क्षयरोग मुक्त समाज निर्माण गर्न सो अभियान सञ्चालन गर्दै आएको बताउनु भयो ।
शिविर मार्फत लुकेर रहेका नयाँ नयाँ क्षयरोगीहरु पत्ता लागि क्षयरोग निवारणमा महत्वपूर्ण भूमिका खेल्दै आएको डाक्टर गुप्ताले जनाएको छ ।













