मध्यपुर महोत्सवको पछिल्लो तयारी, पत्रकार सम्मेलन

मध्यपुर महोत्सवको पछिल्लो तयारी, पत्रकार सम्मेलन
मध्यपुर थिमी, पुस ४ गते
यही पुस १२,१३ र १४ गते हुने मध्यपुर थिमी महोत्सवको पछिल्लो तयारी बारे जानकारी दिन आज मध्यपुर थिमीको लाय्कुमा पत्रकार सम्मेलन गरेको छ । मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउने उदेश्यका साथ मध्यपुर महोत्सवको तयारी भएको भन्दै नगर प्रमुख सुरेन्द्र श्रेष्ठले नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने, स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन गर्ने, मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने, समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने उदेश्यका साथ महोत्सव हुन लागेको बताए । महोत्सवमा नगरका विभिन्न स्थानमा करिव ४ सय वटा स्टलहरु निश्चित भइसकेको उल्लेख गर्दै महोत्सव मध्यपुर थिमीको पुरानो बस्तीमा मात्र नभई मध्यपुर थिमीका नयाँ बस्तीमा पनि स्टलहरु राखेर मध्यपुर महोत्सवलाई बृहत्त रुप दिन लागेको बताए ।
पुस १२ गतेबाट ३ दिनकालागि हुने मध्यपुर महोतसव थिमिको शंखधरचोकबाट सुरु भई बालकुमारी, चपाचो, नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा सञ्चालन हुने पनि बताएको छ ।
महोत्सव सञ्चालक समितिले अनुमोदन गरेको विवरण अनुसार स्थानीय मौलिक कला सँस्कृतिका अन्तर्गत २५ वटा विभिन्न नाचहरु प्रदर्शन हुनेछ । साँस्कृतिक बाजागाजा तर्फ २६ प्रदर्शनी हुनेछ भने नेपाली मुद्रा एवम् सिक्काहरुको प्रदर्शनी नगदेश र बोदेमा हुने व्यवस्था गरिएको छ ।
नेवारी संस्कार र भेषभुषा प्रदर्शनी ५, शैक्षिक प्रदर्शनी एक, विभिन्न प्रदर्शनी ४, माटोका भाँडाकुँडा र सेरामिक्स प्रदर्शनी १६, मूर्ति र मूर्तिकला प्रदर्शनी ४, बाजागाजासहित क्षेत्रगत परिक्रमा एक, खानाका स्टल ५०, पुस्तक प्रदर्शनी ४, परम्परागत खेल प्रदर्शनी २, दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनी ४५ स्थानमा रहनेछ ।
घरेलु तथा साना उद्योगका उत्पादन र हस्तकलाका उत्पादनहरुको बालकुमारी र चापाचो गरी दुई स्थानमा हुने प्रदर्शनीमा १२० स्टल रहने छ । ऐतिहासिक जात्रा, पर्व र नाचको डेमो प्रदर्शनी ७ स्थानमा रहने छ ।
ऐतिहासिक प्याखँ तथा नाचतर्फ अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, जोगी प्याखँ, दिगंवर(साँज्या) प्याखँ, द्योवंवीर प्याखँ, नागचा नाच, पुलुकिसि नाच, भष्मासुर, मयुर नाच, महाकाली नाच, राजकुमार नाच, लाखे नाच, लुसी प्याखँ, वाःपिज्या नाच, सलचा नाच प्रदर्शनीको व्यवस्था गरिएको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
महोत्सवमा सांस्कृतिक बाजागाजा प्रदर्शनीतर्फ गुँला बाजा, घिन्ताङ्गघिसिं, धिमे बाजा, नायो खिं बाजा, नौ बाजा, बासुरी बाजा, दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनीतर्फ कृतन भजन, ज्ञानमाला भजन, दाफा भजन, नित्य भजन, भजन, रामायण भजन, हरि भजन रहने छ ।

सो अवसरमा प्रस्तुत प्रेस विज्ञप्ति

“हाम्रो कला, हाम्रो सँस्कृतिः मध्यपुर थिमि, हाम्रो सम्पत्ति”

स्थानीय सरकार

मध्यपुर थिमि नगरपालिका

                    नगर कार्यपालिकाको कार्यालय

बागमती प्रदेश, नेपाल

प्रेस विज्ञप्ती

                                              मिति ः २०८१ पुस ४

                                              ने.सं. ११४५ थिंलागा चतुर्थी

आदरणीय सञ्चारकर्मी मित्रहरु,

सर्वप्रथम हामीले छोटो समयमा प्रवाह गरेको सूचनामा पनि यहाँहरुले जुन उत्साहजनक उपस्थिती जनाउनुभयो, त्यसका लागि आभार व्यक्त गर्दै आजको पत्रकार सम्मेलनमा स्वागत गर्न चाहन्छु ।

आज हामी मध्यपुर थिमि नगरपालिकाले यही पौष १२, १३ र १४ गते आयोजना गर्न गइरहेको ‘मध्यपुर महोत्सव–२०८१’ को बारेमा जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा भेला भएका छौं । आशा छ, यहाँहरुको लोकप्रिय सञ्चारमाध्यममार्फत देश विदेशमा रहेका आमनेपाली नागरिक एवम् विदेशी नागरिकहरुले मध्यपुर महोत्सवका बारेमा जानकारी प्राप्त गर्नेछ र प्रत्यक्ष एवम् अप्रत्यक्षरुपमा महोत्सव अवलोकन गर्नेछ ।

१. मध्यपुर थिमि

काठमाण्डौं उपत्यकाको केन्द्र भागमा अवस्थित मध्यपुर थिमि नगरपालिका पुरातात्विक एवम् साँस्कृतिक मूर्त तथा अमूर्त सम्पदाहरुले भरिपूर्ण मध्यकालिन शहर हो । थिमि र बोदे जस्ता किराँतकालिन बस्तीको साथै नगदेश, तिगनी, निकोशेरा र ल्होँकिँथु (लोहकिल्थली) लगायतका ऐतिहासिक बस्तीहरु रहेको यस नगरको कला, सँस्कृति, पुरातात्विक सम्पदा, परम्परागत पेशा, मनोरम प्राकृतिक सौन्दर्य, मौलिक जीवनशैलीले पर्यटकीय आकर्षण बढ्दै गएको छ ।

यहाँ ७५० को संख्यामा सानाठूला मूर्त एवम् एक सय भन्दा बढी अमूर्त सम्पदाहरु सु–सज्जित रहेको छ । यस नगरपालिकाको ऐतिहासिक ३२ खटको बिस्काः जात्रा, म्ये प्वाः खनेगु जात्रा (जिब्रो छेड्ने जात्रा), लोकेश्वर जात्रा, द्यः प्याखँ (निलबाराही गण नाच), पुलुकिसि जात्रा, महाकाली नाच, भैलः प्याखँ (भैरव नाच), भतिमाली प्याखँ (ईन्द्र अप्सरा नाच), अष्टमातृका नाच विशेष रुपले चर्चित रहेको छ ।

यसैगरी हरियो तरकारी, माटोको भाँडा बनाउने, मुकुण्डो बनाउने जस्ता परम्परागत र मौलिक पेशा रहेको मध्यपुर थिमि तिकिंबजी बजी (चिउरा)को लागि प्रख्यात शहर पनि हो । पछिल्लो समय सेरामिक्सको हबको रुपमा स्थापित बन्दै गइरहेको मध्यपुरको दिव्यश्वरी प्लानिङ रेष्टुरेन्ट र कोर्चा (राधेराधे) व्यापारिक क्षेत्रको रुपमा विकास भईरहेको छ ।

आधुनिकीकरण तर्फ द्रुत गतिमा अग्रसर रहेर पनि मध्यपुरले आफ्नो कला, सँस्कृति, पेशा, मनोरम प्राकृतिक सौन्दर्य, पुरातात्विक स्मारक र परम्परागत जिवनशैलीलाई आज पर्यन्त जिवन्त राखेको छ ।

२. मध्यपुर महोत्सव–२०८१

पर्यटनलाई स्थानीय विकासको साझेदार बनाउनु पर्दछ र स्थानीय सम्पदालाई रोजगारी एवम् आयसँग जोडेर अर्थतन्त्रलाई थप गतिशिल एवम् प्रगतिशिल बनाउन सकिन्छ भन्ने अवधारणामा ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना हुँदैछ । पर्यटनबाट हुने प्रत्यक्ष, अप्रत्यक्ष र उत्प्रेरित आर्थिक प्रभावलाई आत्मसाथ गरी स्थानीय अर्थतन्त्रका विभिन्न पक्षहरूमा गुणात्मक रूपान्तरण आजको आवश्यकता हो । पर्यटन प्रवद्र्धनका विविध पाटाहरू मध्ये विभिन्न अवसर र आकारमा आयोजना गरिने महोत्सव पर्यटन विकासको दिगो आधार र प्रवद्र्धनको प्रभावशाली औजार हो ।

मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न पहिलो पटक बि.सं. २०५५, दोस्रो पटक २०५८ र तेस्रो पटक २०६१ मा मध्यपुर महोत्सव आयोजना गरिएको थियो । यसका साथै विभिन्न समयमा आयोजित वः महोत्सव, धिमेबाजा प्रतियोगिता, बाँसुरी बाजा प्रतियोगिता, भजन गायन प्रतियोगितालगायतका कार्यक्रमहरूले नगरलाई आन्तरिक एवम् वाह्य पर्यटकको आँखासम्म प्रभावकारी ढंगले पुर्याएको मीठो अनुभव छ ।

यिनै परिदृष्य र अवधारणामा ‘मध्यपुर महोत्सव–२०८१’ को आयोजना हुँदैछ । स्थानीय मौलिकतालाई केन्द्रमा राखेर संचालन गर्न लागिएको यस महोत्सवलाई एउटा जीवन्त र दिगो पर्यटनमुखी बनाइनेछ ।

३. महोत्वस कहिले हुँदैछ ?

महोत्सव २०८१ पुष १२, १३ र १४ गते, ने.सं ११४५ थिंल्लागाः १२, १३ र १४ एवम् सन् द्दण्द्दद्ध म्भअझदभच द्दठ, द्दड बलम द्दढ मा हुँदैंछ ।

४. महोत्सवको उद्देश्य

महोत्सवको मूल उद्देश्य मध्यपुरलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा विकास गरी दीर्घकालिन रूपमा नगर र नगरबासीको आर्थिक समृद्धिमा टेवा पुर्याउनु रहेको छ । यसका वस्तुगत उद्देश्यहरु निम्नानुसार रहेका छन् ।

क) नगरको स्थानीय कला, संस्कृति र सम्पदाको प्रदर्शन गर्ने ।

ख) स्थानीय मौलिक पेशा, परिकार र उत्पादनको प्रवद्र्धन गर्ने ।

ग) मध्यपुरलाई पर्यटकीय गन्तव्यको रूपमा परिचित गराउने ।

घ) समय समयमा हुने ऐतिहासिक जात्रा पर्वहरूको विषयमा जानकारी गराई सो समयमा पर्यटकको आगमन गराउने ।

५. महोत्सव सञ्चालन हुने मुख्य स्थान

थिमि शंखधरचोकबाट शुरु भई महोत्सवका विभिन्न कार्यक्रम र प्रदर्शनी बालकुमारी, चपाचो, नगदेश र बोदे हुँदै तिगनिको नीलबाराही स्थानसम्मका ऐतिहासिक बस्तीक्षेत्रमा सञ्चालन हुनेछ ।

६. महोत्सवमा के के अवलोकन गर्न सकिन्छ

महोत्सवमा नगरका विभिन्न स्थानमा करिव ४ सय स्टल रहने निश्चित भएको छ । क्षेत्रगत समितिहरुले संकलन गरी महोत्सव सञ्चालक समितिले अनुमोदन गरेको विवरण अनुसार स्थानीय मौलिक कला सँस्कृतिका अन्तर्गत २५ वटा विभिन्न नाचहरु प्रदर्शन हुनेछ । साँस्कृतिक बाजागाजा तर्फ २६ प्रदर्शनी हुनेछ भने नेपाली मुद्रा एवम् सिक्काहरुको प्रदर्शनी नगदेश र बोदेमा हुने व्यवस्था गरिएको छ ।

नेवारी संस्कार र भेषभुषा प्रदर्शनी ५, शैक्षिक प्रदर्शनी एक, विभिन्न प्रदर्शनी ४, माटोका भाँडाकुँडा र सेरामिक्स प्रदर्शनी १६, मूर्ति र मूर्तिकला प्रदर्शनी ४, बाजागाजासहित क्षेत्रगत परिक्रमा एक, खानाका स्टल ५०, पुस्तक प्रदर्शनी ४, परम्परागत खेल प्रदर्शनी २, दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनी ४५ स्थानमा रहनेछ ।

घरेलु तथा साना उद्योगका उत्पादन र हस्तकलाका उत्पादनहरुको बालकुमारी र चापाचो गरी दुई स्थानमा हुने प्रदर्शनीमा १२० स्टल रहने छ ।  ऐतिहासिक जात्रा, पर्व र नाचको डेमो प्रदर्शनी ७ स्थानमा रहने छ ।

ऐतिहासिक प्याखँ तथा नाचतर्फ अष्टमातृका नाच, ईन्द्रअप्सरा नाच, जोगी प्याखँ, दिगंवर(साँज्या) प्याखँ, द्योवंवीर प्याखँ, नागचा नाच, पुलुकिसि नाच, भष्मासुर, मयुर नाच, महाकाली नाच, राजकुमार नाच, लाखे नाच, लुसी प्याखँ, वाःपिज्या नाच, सलचा नाच प्रदर्शनीको व्यवस्था गरिएको छ ।

सांस्कृतिक बाजागाजा प्रदर्शनीतर्फ गुँला बाजा, घिन्ताङ्गघिसिं, धिमे बाजा, नायो खिं बाजा, नौ बाजा, बासुरी बाजा, दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनीतर्फ कृतन भजन, ज्ञानमाला भजन, दाफा भजन, नित्य भजन, भजन, रामायण भजन, हरि भजन रहने छ ।

महोत्सवमा प्रस्तुत हुने विविध कार्यक्रमहरुका बारेमा यसै प्रेस विज्ञप्तीसँगै विस्तृत विवरण यहाँहरुलाई वितरण गरिएको छ । उक्त विवरण अध्ययन गर्न आग्रह गर्दछु ।

७. महोत्सवका मुुख्य आकर्षणहरु

महोत्सवका आकर्षणहरुमा भगवान गौतम बुद्धको अस्तुधातु चपाचोको पाटी विहार र नगदेशको बुद्ध विहारमा प्रदर्शन, थिमि भैलः ताहननीको डमीसँग सेल्फि लिन सक्ने, जिब्रो छ्ड्ने जात्राको प्रतिमूर्तिसँग फोटो खिच्न पाइने, लिच्छवीकालदेखी हालसम्मको नेपाली मुद्रा र सिक्का, माटोको करिव ५ फिट अग्लो सुकुन्दा, नेपालको पहिलो माटोको हिटर आशा हिटरको मौलिक ढोका, टिगनीमा टिकँबजीको जिवन्त प्रदर्शनी, नगदेशमा सुनको झ्याल, बालकुमारीमा गेडागुडी, नेवारी सँस्कृतिमा जन्मदेखी मृत्युसम्मका संस्कार र अन्य चाडपर्वमा उपयोग हुने भोजका परिकारको प्रदर्शन रहेको छ ।

८. स्वास्थ्य, पार्किङ, सरसफाई, सुरक्षा व्यवस्थाका सम्बन्धमा

महोत्सव अवलोकनका लागि आउनुहुने सम्पूर्ण पाहुनाहरुलाई महोत्सवका बारेमा जानकारी दिन सूचना केन्द्र, नगरका विभिन्न अस्पताल र नगरका स्वास्थ्य केन्द्रहरुको सहकार्यमा प्राथमिक उपचार केन्द्र र स्वास्थ्य शिविरको व्यवस्था गरिएको छ ।

यस्तै सवारी साधनको व्यवस्थित पार्किङको लागि महोत्सव क्षेत्रका पार्टी प्यालेस, विद्यालय, कलेजहरुको प्रांगण, शंखधरचोक, पाटी बिहार नजिकको खेल मैदान, सिद्धिकालीको खेल मैदान लगायतका स्थानमा निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । महोत्सवलाई मध्यनजर गरी महोत्सव सञ्चालन हुने नगरको पुरानो क्षेत्रमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म आकस्मिक सेवा बाहेकका सवारी साधन प्रवेश निषेध गरिएको छ ।

महोत्सवलाई लक्षित गरी विशेष सरसफाई अभियान सञ्चालन भइरहेको छ । यसका लागि नगरभित्र फोहोर मैलाको क्षेत्रमा कार्यरत चार वटा संघसंस्था, नगर प्रहरी र नगरको द्रुत सहयोगीको समूह परिचालन गरिएको छ ।

महोत्सवका बेला शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुर, शसस्त्र प्रहरी बल २२ नं. गण गुह्येश्वरी, नेपाली सेनाको गठ्ठाघर व्यारेक र भैरवनाथ गुल्म, राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय लगायतका निकायसँग सहकार्य र समन्वय भइरहेको छ । नगर प्रहरीको पनि परिचालन गरिनेछ ।

महोत्सवलाई भव्य, सभ्य र व्यवस्थितरुपमा सञ्चालन गर्न स्थानीय स्काउट, नगरको युवा क्लव र युवा क्लव सञ्जाल, विद्यार्थीहरुलाई स्वयम् सेवकको रुपमा परिचालन गरिनेछ ।

यसका साथै महोत्सव अवलोकनका लागि आउने पाहुनाहरुको सुविधाको लागि महोत्सव क्षेत्रमा निःशुल्क बसको व्यवस्था गरिनेछ ।

अन्त्यमा

नगरका विभिन्न विकास निर्माण, नीतिगत निर्णयलगायतका विषयमा यहाँहरुले निरन्तर समाचार सम्प्रेषण र प्रशारण गरी आमनागरिकलाई सू–सुचित गर्दै आइरहनुभएको छ । यसका लागि धन्यवाद ज्ञापन गर्दै यसपटक पनि महोत्सवका बारेमा लेख, रचना, समाचार यहाँहरुको लोकप्रिय सञ्चारमाध्यमहरुबाट प्रकाशन र प्रशारण गरी प्रचार प्रसारमा सहयोग गर्नुहुने अपेक्षासहित पुनः उपस्थित सञ्चारकर्मी मित्रहरुलाई धन्यबाद ज्ञापन गर्न चाहन्छौं । धन्यबाद !

सुरेन्द्र श्रेष्ठ

नगर प्रमुख एवम् संयोजक

मध्यपुर महोत्सव मूल समारोह समिति

सांस्कृतिक कार्यक्रमको विवरण

मूल समुहसमुहदिव्यश्वरी क्षेत्रगत समितिबालकुमारी क्षेत्रगत समितिचपाचो क्षेत्रगत समितिनगदेश क्षेत्रगत समितिवोदे क्षेत्रगत समितितिगनि क्षेत्रगत समितिजम्मा
दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनीकृतन भजन1     1
ज्ञानमाला भजन1111  4
दाफा भजन11332 10
नित्य भजन 15   6
भजन 117 3122
रामायण भजन  1   1
हरि भजन     11
दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनी जम्मा 31745 45
सांस्कृतिक नाचअन्य नाच1 11  3
अष्टमातृका नाच 1    1
ईन्द्रअप्सरा नाच 1    1
जोगी प्याखँ     11
दिगंवर(साँज्या) प्याखँ    112
द्योवंवीर प्याखँ   1  1
नागचा नाच1 111 4
पुलुकिसि नाच1  1  2
भष्मासुर 1    1
मयुर नाच   1  1
महाकाली नाच  11  2
राजकुमार नाच   1  1
लाखे नाच  1   1
लुसी प्याखँ   1  1
वाःपिज्या नाच  11  2
सलचा नाच  1   1
सांस्कृतिक नाच जम्मा33692225
सांस्कृतिक बाजागाजा प्रदर्शनीगुँला बाजा 11   2
घिन्ताङ्गघिसिं     11
दाफा भजन     11
धिमे बाजा1 41 28
नायो खिं बाजा  1   1
नौ बाजा  1   1
बासुरी बाजा1 45 212
सांस्कृतिक बाजागाजा प्रदर्शनी जम्मा21116 626
जम्मा83547231617146

एकीकृत विवरण

मूल समुहदिव्यश्वरी क्षेत्रगत समितिबालकुमारी क्षेत्रगत समितिचपाचो क्षेत्रगत समितिनगदेश क्षेत्रगत समितिवोदे क्षेत्रगत समितितिगनि क्षेत्रगत समितिजम्मा
सूचना केन्द्र 1    1
सिक्का प्रदर्शनी 1 1  2
सांस्कृतिक बाजागाजा प्रदर्शनी21116 626
सांस्कृतिक नाच33692225
संस्कार र भेषभुसा प्रदर्शनी 1121 5
शैक्षिक प्रदर्शनी    1 1
विभिन्न प्रदर्शनी 3 1  4
मृतिकला, माटोको भाँडाँकुँडा र सेरामिक्स प्रदर्शनी 213  116
मूर्ति र मूर्तिकला प्रदर्शनी  3 1 4
बाजागाजा सहित क्षेत्रगत परिक्रमा 1    1
फुड स्टल 171349750
प्राथमिक उपचार केन्द्र 2311 7
पुस्तक प्रदर्शनी 2  2 4
परम्परागत खेल प्रदर्शनी 2    2
दाफा भजन र अन्य भजनकिर्तन प्रदर्शनी3141745245
घरेलु तथा साना उद्योगका उत्पादन र हस्तकला सामग्री प्रदर्शनी 35 1 9
घरेलु उत्पादन स्टल 15925536
ऐतिहासिक जात्रा, पर्व र नाचो डेमो प्रदर्शनी  421 7
अन्य प्रदर्शनी 1213610 41
जम्मा88098383923286