सहकारी संस्थाको सञ्चालकहरु इमानदार भएर लाग्नुपर्ने
सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीहरु इमानदार भएर लाग्नुपर्ने
मंसिर २२, भक्तपुर । सहलह बचत तथा ऋण सहकारी संस्था लि. गोल्मढी, भक्तपुर(७ को सत्रौं वार्षिक साधारणसभा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका ७ नं। वडाका अध्यक्ष उकेश कवांको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भयो ।
कार्यक्रममा प्रमुख अतिथि ७ नं। वडाका वडा अध्यक्ष उकेश कवांले सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारीहरु इमानदार भएर लाग्नुपर्ने बताउनुहुँदै सहकारीले आर्थिक पक्षलाई मात्र हेर्न नहुने बताउनुभयो ।
उहाँले सहकारीबाट ऋण लिइसकेपछि समयमै ऋणको ब्याज र भाखा सकिनु अगाडि नै साँवा भुक्तानी गर्नु सम्पूर्ण शेयर सदस्यहरुको दायित्व भएको बताउनुभयो ।


सरकार र सरकारमा जाने प्रमुख दल र तिनका प्रमुख व्यक्तिहरुले आफ्नो व्यक्तिगत र आफ्नो निर्वाचन क्षेत्रको मात्र हित हेर्ने काम गरेको बताउनुहुँदै ठूला दलको अदूरदर्शिताले गर्दा देशको हित हुन नसकेको पुष्ट पार्नुभयो ।
विदेशमा रहेका लाखौं युवाहरुको ज्यान जोखिममा रहेकोप्रति चिन्ता व्यक्त गर्नुहुँदै त्यसप्रति सरकार र सरकारमा पुग्ने पार्टी र त्यसका नेताहरु चिन्तित नभएको बताउनुभयो ।
सहलह साकोसका कानुनी सल्लाहकार पुरुषोत्तम ग्वाछाले स्थानीय र परिचित व्यक्तिहरूले सञ्चालन गरेका साकोस ( हरुमा मात्र बचत गर्नुपर्ने र संस्थाले गर्ने विभिन्न तालिमहरुमा सक्रिय सहभागी हुनुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि। को लेखा सुपरीवेक्षण समितिका सदस्य श्रीप्रसाद त्यातजूले केही सहकारीका गलत व्यक्तिहरुको पदाधिकारीहरुको गलत मनसायले गर्दा राम्रा सहकारीहरुको पनि बदनाम भइरहेको विचार व्यक्त गर्नुभयो ।

सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि। का विष्णुराम दुमरुले साधारणसभा भनेको उपस्थित भएर उपस्थिति भत्ता लिएर फर्कने मात्र होइन कार्यक्रममा सहभागी भएर विविध जानकारी लिने थलो पनि भएको बताउनु भयो ।
कार्यक्रममा सहकारीका दश जना एसईई पूरा गरेका बाल बचत तथा संस्थाका सदस्यका सन्तति, सात जना कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान तथा प्रसंशा वितरण गर्नुका साथै संस्थाको १८ औं स्थापना दिवस ९कार्तिक १५० को उपलक्ष्यमा आयोजित कला, संस्कृति र समादा विषयक आधारभूत र माध्यमिक तहका विद्यार्थीहरुलाई पुरस्कार र प्रमाण(पत्र पनि वितरण गरिएको थियो ।
संस्थाका अध्यक्ष श्याम तजलेको सभापतित्वमा भएको कार्यक्रममा सचिव रामेश्वर मचामसी, लक्ष्मीप्रसाद ग्वाछा, सुन्दर ग्वाछा, रविना कपाली, सुनिता प्रधानले पनि सहकारीको विषयमा बाल्नुभएको थियो ।
साधारणसभाको दोस्रो चरणमा कोषाध्यक्ष श्रीप्रसाद ग्वाछाले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन र अनुमानित बजेट, सचिव रामेश्वर मचामसीले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षणका संयोजक केशरीमैंया ग्वाछाले प्रस्तुत गर्नुभएको प्रतिवेदन परित गरेको थियो













