संविधान र कानूनबाटै लैगिक हिंसा अन्त्य गर्नुपर्ने : अभियान्ता ढुंगाना

संविधान र कानूनबाटै लैगिक हिंसा अन्त्य गर्नुपर्ने, अभियान्ता ढुंगाना
भक्तपुर, मंसिर २१ गते
देशको विद्यमान संबैधानिक व्यवस्थाबाटै लैगिक हिंसा भएको भन्दै अभियन्ता मिना ढुंगानाले देशको नागरिक बन्न नागरिकता लिने कानूनी व्यवस्थामा महिला र पुरुषको हक बराबर हुनुपर्नेमा जोड दिएका छन् । लैगिक हिंसा तथा कानूनी पहिचान(नागरिकता तथा जन्मदर्ता) बीचको अन्तर्सम्बन्ध सम्बन्धी शुक्रबार भक्तपुरमा सञ्चारकर्मीहरु सँगको छलफलमा अधिवक्ता ढुंगानाले आफ्ना सन्तानलाई आफ्नो नामबाट बंषजको नागरिकता दिन नेपाली पुरुषले पाउने तर नेपाली महिलाले नपाउने कानूनी व्यवस्था भएको भन्दै यसले नेपाली महिलालाई दोस्रो दर्जाको नागरिकको व्यबहार गरेको बताएका हुन । अर्का अभियन्ता अधिवक्त सुस्मा गौतमले जन्म दर्ता गर्ने र नागरिकता लिने विषय फरक भएको भन्दै नागरिकताका सवालमा कानूनी लडाई लड्न जोकोहीलाई आफूहरुको तर्फबाट निःशुल्क सेवा दिदै आएको जनाउँदै रु. १ हजारमा अदालतमा मूद्दा दर्ता गरिदिने जनाएको छ ।


नेपाली पुरुषले विदेशी केटीसँग विवाह गरेर जन्मेका छोरा छोरीलाई बंषजको नेपाली नागरिकता दिने तर विदेशी पुरुषसँग विवाह गरेका महिलाका छोरा छारीलाई बंषजको नागरिकता नपाउने कानूनी व्यवस्था विभेडपूर्ण रहेको जनाएका हुन ।
एक हातले सिन्धुर अर्को हातले नागरिकता उपयुक्त नभएपनि आमा वा बुवा दुबैको नाममा सम्मान रुपमा आफ्ना छोरोछोरीले नागरिकता पाउनुपर्नेमा जिकिर गर्दै १६ दिने महिला हिंसा विरुद्धको अभियान अन्तर्गत एफडब्लूएलडीले सञ्चार अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो । सो कार्यक्रममा संविधान र कानूनी रुपले नै लैंगिक हिंसा अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए ।