नयाँ पुस्तालाई डाक्टर इन्जिनियर बनाउन १४ वर्ष लाग्यौं, सरकारले ब्यवास्था गर्यो, सांसद सुवाल

नयाँ पुस्तालाई डाक्टर इन्जिनियर बनाउन १४ वर्ष लाग्यौं, सरकारले ब्यवास्था गर्यो, सांसद सुवाल
भक्तपुर, मंसिर २१ गते
नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले नयाँ पुस्तालाई डाक्टर इन्जिनिरयर पढाएर राम्रो बनाउन ख्वप विश्वविद्यालय सञ्चालनको तयारी गरेको १४ वर्ष भइ सक्दा पनि सरकारले व्यवास्था गरेको बताएका छन् । सर्वशुलभ उपभोक्ता सहकारी संस्था लिको १० औं वार्षिक साधारण सभाको आज उद्घाटन गर्नु हुँदै सांसद सुवालले बताएका हुन । सांसद सुवालले भन्नु भयो पैसा खुवाउनेहरुले भनिरहेका छन्, पैसा दिएपछि सांसद बनाउने पार्टीहरु पार्टी नै होइन, कोटभित्रको पार्टी मात्र हो । सरकारका कमिकमजोरीलाई आलोचना गर्न आवश्यक भएको भन्दै सांसद सुवालले विषाधी रहित कृषि उत्पादन बढाउन आग्रह गर्नु भयो । उहाँले सहकारीले देश विदेशको परिवेश बुझेर नयाँ पुस्तालाई सक्षम बनाउनुपर्नेमा जोड दिनु भयो । सो अवसरमा सांसद सुवालले जेष्ठ सदस्य एवं असल बचतकर्ता तथा कारोवार गर्ने सदस्यहरुलाई पुरस्कृत गर्नु भयो ।


कार्यक्रमका विशेष अतिथि राष्ट्रिय सहकारी महासंघका पारितोस पौड्यलले उत्पादन बढाएर जीवनस्तर बड्ल्ने सांसाद सुवालको भनाई प्रति एक्येबद्धता व्यक्त गर्दै तपाई हाम्रोले घर घरमा लेखिने शुभ र लाभको अर्थ धर्म र संस्कृतिमात्र नभई शुभले शिक्षा, स्वास्थ्य, सुरक्षा रोजगार, राम्रो खान पाउने र सामुहिक पूजी निर्माणको कुरा र लाभले पैसा कमाउने कुरा र बुद्धि, क्षमता, तालिम दिने भएको भन्दै यसलाई व्यवस्थापन गर्ने कार्य सहकारी गर्ने बताउनु भयो । कार्यक्रममा सल्लाहकार राजेन्द्र दुमरु, कृष्णभक्त लवजु, प्रध्यापक समाजका सरोज गोसाई, संस्थापक अध्यक्ष कृष्णगोविन्द लाखाजु सहितका अतिथिहरुले सर्वशुलभ सहकारीले दिदै आएको सेवाहरुको चर्चा गर्दै सहकारी क्षेत्रमा देखिएका विसंगतिहरुबाट सुरक्षित व्यवहारकालागि सचेत पार्नु भयो ।