भक्तपुर उद्योग वाणिज्य संघको योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न
भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघले शुक्रबार योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको छ ।
नगरकोटस्थित नगरकोट सनसाइन होटलको हलमा एकदिने योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको हो । संघको ३६ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट रोशनीमैयाँ धौबन्जाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएसँगै आगामी दुई वर्षे कार्यकालको लागि नीति तथा कार्यक्रम पहिचानका निम्ति योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरेको महासचिव नविन प्रजापतिले जानकारी दिए । गोष्ठीमा संघका पदाधिकारी एवं कार्यसमिति सदस्यहरु र कर्मचारीहरु सहभागी भएका थिए ।
संघकी अध्यक्ष धौबन्जाले गोष्ठीमा सहभागीहरुलाई स्वागत गर्दै संस्थागत विकास र सदस्यहरुको हित लगायत संघको लक्ष्य परिपूर्तिका लागि आगामी दुई वर्षभित्र सञ्चालन हुने गतिविधिहरु पहिचान गर्न योजना तर्जुमा कार्यशाला गोष्ठी आयोजना गरिएको बताइन् । उनले कार्यशाला गोष्ठीबाट तयार भएका योजना कार्यान्वयन भएमा मात्रै गोष्ठी गर्नुको उद्देश्यले सार्थकता पाउने भन्दै योजना कार्यान्वयन गर्न पदाधिकारी एवं कार्यसमितिका सम्पूर्ण सदस्यहरु र कर्मचारीहरुले जिम्मेवारीपूर्वक लागिपर्नुपर्नेमा जोड दिइन् ।
कार्याशाला गोष्ठीमा सहभागीहरुबीच व्यापक छलफल गरी मुख्य रुपमा पाँचवटा विषयमा लक्ष्य हासिल गर्नका लागि दर्जनौं कार्यक्रमहरु तय गरिएको छ । सदस्यहरुको हितका लागि संघले प्रदान गर्ने नयाँ सेवाहरु, संघको दिगो आम्दानीका स्रोत पहिचान, संघको गरिमा वृद्धि गर्ने, संस्थागत सुदृढीकरण, स्थानीय नियाकायहरुसँग साझेदारीलगायतका विषयमा केन्द्रित रहेर कार्यशाला गोष्ठीमा घनिभूत छलफल भएको कार्यक्रम संयोजक एवं संघका वरिष्ठ उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले बताए ।
व्यवसायिक संघ व्यवस्थापन विज्ञ उत्तम झाको सहजीकरणमा कार्यशाला गोष्ठी भएको हो । कार्यक्रम सम्पन्न भएपश्चात संघकी अध्यक्ष धौबन्जाले सहजकर्ता झालाई खादा ओढाइ सम्मान गरेकी थिइन् ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














