बाराही साकोसको २५ औं वार्षिक साधारण सभा
भक्तपुर, असोज १२ गते
बाराही साकोसका जेष्ठ सदस्य आसबहादुर सुवालले सो सहकारीको २५ औं वार्षिक साधारण सभाको उद्घाटन गरेका छन् ।आज भक्तपुरमा आयोजित साधारण सभाको उद्घाटन पश्चात कार्यक्रमका विशेष अतिथि बागमति प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले सदस्य समुदायलाई खुसिपार्न उपस्थिति भट्टा र पैसा मात्र पर्याप्त नहुने धारणा राख्नु भयो । आज भोलीका सहकारी संस्थाहरुले सदस्यहरुको आवश्यकताअनुसारका सेवा का साथै डाक्टर विशेष विज्ञहरुको परामर्शले सदस्यहरुलाई सबैभन्दा बढी सेवा पुग्न बताउँदै सांसद गोसाईले सकारत्मक कुरा र नयाँ विचारले सदस्यहरुलाई प्रशिक्षित पार्नुपर्नेमा जोड दिनु भयो । संस्थाका अध्यक्ष विश्वराम त्वायनाको सभापतित्वमा आयोजित २५ औं वार्षिक साधारण सभामा संस्थाका संस्थापक अध्यक्ष एवं जिल्ला बचत संघका पूर्व अध्यक्ष राध्येश्याम सुवाल, उपाध्यक्ष हरि बल्ल, संस्थाका निर्वतमान अध्यक्ष बलराम प्रजापति सहितका अतिथिहरुले बाराही सहकारीको सहकारी अभियान बारे प्रकास पार्दै सहकारी संघ संस्थामा देखिएका चुनौतिहरुको समेत समीक्षा गरिएको थियो । सो अवसरमा असल ऋिणी तथा बचतकर्ता एवं एसईई उत्तीर्ण विद्यार्थीहरुलाई अतिथिहरुले सम्मानित गरेको थियो । साथै विभिन्न तालिममा सहभागि समुदायलाई प्रमाण पत्र समेत वितरण गरिएको थियो ।
















