पीपिआरसँग मिल्ने रोगबाट ५वटा बाख्रको मृत्यु २५ घाइते

पीपिआरसँग मिल्ने रोगबाट ५वटा बाख्रको मृत्यु २५ घाइते
भक्तपुर, बैशाखा १० गते
दुवाकोट भक्तपुरको एक कृषि तथा पशुपन्छि र्फाममा पीपिआरसँग मिल्डो जुल्डो रोगको कारण ५ वटा बाख्राको मृत्यु भएको छ । रिता खड्काले सञ्चालन गरेको सो कृषि र्फाममा ६५ वटा बाख्रा रहेका मध्ये हाल २५ वटा संक्रमित रहेको भन्दै पशुपन्छि शाखा चानपाका डाक्टर तथा प्रविधिकहरुले स्थलगत निरिक्षण गरी संक्रमितहरुको नमूना संकलन गरेको छ । सो कृषि फार्ममा हालसालै ४ वटा भारतीय बाख्राहरु भित्र्याएकाले ति नै बाख्राबाट पीपिआर रोग सरेको हुन सक्ने चिकित्सक राजेशकुमार शाहले जनाएको छ । संक्रलित नमूनाको केन्द्रीय प्रयोगशालामा परिक्षण पश्चात संक्रमितहरुको थप उपचार गर्ने उहाँले बताए ।


कार्यालय प्रमुख खडककुमार मैनालीका अनुसार चानपा भित्र सोही फर्ममामात्रै संक्रमित देखिएको तथा अन्य पशुपालकहरुले पशुहरुकालागि पीपिआर विरुद्धको खोपको सुनिश्चिता भएकाले अन्त्र सर्ने सम्भावना कम रहेकोे बताए ।


फार्म सञ्चालक रिता खड्काले आफ्नो फार्मका बाख्राहरुमा पीपी आर खोप दिएको बारे सुनिश्चित नगर्दा यस्तो समस्या उत्पन्न भएको कार्यालय प्रमुख मैनालीको अनुमान छ । यद्यपी निःशुल्क पशु विमा भएकाले कृषक खड्काले निमानुसार विमाबाट राहत पाउने कुरमा दुईमत नभएको कार्यलय प्रमुख मैनालीको भनाई छ । चानपाले आअफ्नो वडा मार्फत पशु विमा निःशुल्क गर्दै आएको बताएका छन् । विमा बापत कृषकले ९० प्रतिशत राहत पाउने उहाँले जनाएको छ ।