माघ १६ गते देखि तेस्रो सिद्धिस्मृति भक्तपुर कप २०७९ हुने
भक्तपुर, माघ १४ गते
तेस्रो अन्तर विद्यालयस्तरीय सिद्धिस्मृति भक्तपुर कप २०७९को खेल तालिका सार्वजनिक भएको छ। सिद्धिस्मृति फुटबल क्लवले आज सिद्धिस्मृति प्रतिष्ठानको सभा कक्षमा आयोजित एक समारोह बीच खेल तालिका सार्वजनिक गरेको हो । प्रतिष्ठानका अध्यक्ष श्यामसुन्दर धौभडेल सहित अतिथीहरुले गोलाप्रथाद्वारा सहभागि विद्यालयको खेल तालिका सार्वजनिक गरेका हुन । १४ वटा विद्यालयका १४ टिमको सहभागितामा यही माघ १६ गते देखि महेश्वरी खेलमैदानमा आयोजना गर्ने गरी खेल तालिका सार्वजनिक भएको हो । खेल तालिका सार्वजनिक गर्दै प्रतियोगिताका संरक्षक धौभडेलले खेलहरुमा सबै भन्दा रुचाउने र नाम कमाउने खेल फुटबल भएको चर्चा गर्दै फुटबल मार्फत देशको नाम पेले र मेसीले जस्तै चम्काउन सकिने भएकाले प्रतिष्ठानको उदेश्य अनुसार फुटबल खेल र खेलाडीको विकासका लागि तालिम, प्रतियोगितामा सहकार्य गरेको बताउनु भयोे । अमेरिका र नेपालका राष्ट्रपति भन्दा फुटबल खेलाडी चर्चित रहेको उलेख गर्दै ग्रासुट लेवलबाट फुटबललाई उकास्न लागि परेको बताउनु भयो । उहाँले खेलमा नैतिक आचारण कायम हुनुपर्नेमा जोड दिदै भक्तपुरमा आज नसकिए पनि भोली खेलकूदमा राम्रो पकट जमाउन सकिने विश्वास व्यक्त गर्नु भयो । अर्का अतिथी भक्तपुर खेलकूद संघका अध्यक्ष दिपक थापाले विद्यालयस्तरका बालबालिकाको प्रभिा देखाउने मौकाको रुपमा भक्तपुर कप हुन लागेकोमा खुसि ब्यक्त गर्दै जिल्लामा खेलकूद विकासका लागि ४ वटै नगरपालिकाहरुले राष्ट्रपति रनिङ्ग शिल प्रतियोगिता आयोजनाको तयारी भइरहेको उल्लेख गर्दै विद्यार्थीहरुमा खेलकूदप्रति अभिरुचि जगाउन अनुशासनलाई कडाईका साथ कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भयोे । खेलकूदमा अनुशासनको कमिले फुटबल, क्रिकेट लगायतका खेलहरुमा म्याच फिकिंगका कुरा आई रहेको र बढी रहेको कुरा दुःखद भएको बताउनु भयो । एन प्यापसन भक्तपुरका अध्यक्ष संजय खड्काले प्रतियोगिता जित्न र प्रतिस्था कमाउन नकलि खेलाडीहरुलाई खेलाउने प्रचलन बढी रहेको उल्लेख गर्दै प्रतियोगितामा आईडी कार्ड, नाम समेत नक्कली राखेर खेल्ने गरेकाले बास्तविक विद्यार्थी खेलाडीहरुको मात्रै प्रतियोगिता आयोजना गर्न आयोजक समितिको ध्यानाकर्षण गराउनु भयो ।
माघ १६ गते देखि महेश्वरी खेलमैदानमा आयोजना हुने सो प्रतियोगिताको खेल तालिका यस प्रकार रहेका क्लवका अध्यक्ष राम प्रजापतिले जनाएको छ ।















