भक्तपुर नगरमा पाँच दिने भक्तपुर महोत्सव हुने
भक्तपुर । २०८१ असोज १०
भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिने भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिएको छ । समितिमा जनप्रतिनिधि, कार्यालय प्रमुखहरु, बुद्धिजीवीहरु, संघ संस्था प्रमुखहरु र अन्य प्रतिष्ठित व्यक्ति रहने व्यवस्था छ ।
विभिन्न समितिअन्तर्गत नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा प्रकाशन समिति, उपप्रमुख रजनी जोशीको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, वडाध्यक्ष श्यामकृष्ण खत्रीको अध्यक्षतामा स्वयम्सेवक तथा खेलकुद व्यवस्थापन समिति, वडाध्यक्ष हरिप्रसाद बासुकलाको अध्यक्षतामा खाना महोत्सव व्यवस्थापन तथा सहकारी संस्थाहरुसँग समन्वय समिति, वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा हस्तकला तथा जीवनशैली प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा निर्माण तथा मर्मत समिति, वडाध्यक्ष हरिराम सुवालको संयोजकत्वमा खानेपानी तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समिति, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा पुस्तक तथा शैक्षिक प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष उकेश कवांको संयोजकत्वमा व्यापार मेला व्यवस्थापन समिति, वडाध्यक्ष कृष्णप्रसाद कोजुको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति, वडाध्यक्ष रविन्द्र ज्याख्वको संयोजकत्वमा सांस्कृतिक प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको संयोजकत्वमा नौका बिहार र दिपावली व्यवस्थापन समिति र कार्यपालिका सदस्य रोशनमैंया सुवालको संयोजकत्वमा बालमैत्री गतिविधि व्यवस्थापन समिति गठन गरेको छ ।
भक्तपुर नगरपालिकाका अनुसार उक्त महोत्सवबाट यहाँको कला संस्कृति, परम्परागत उत्पादन, सीप, शैली र मौलिक जीवनशैली लगायतको प्रवद्र्धन हुने र यसबाट आन्तरिक साथसाथै बाह्य पर्यटन समेत फस्टाउने अपेक्षा गरिएको छ ।
https://www.culturalsurvival.org/news/kathmandus-newar-indigenous-community-warns-climate-change-destroying-their-ancient-culture
Featured Posts – Style 1
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
2026-10-22 Comments Off on बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने
बृहत् सुकुन्दा न्याली गोल्मढीबाट सञ्चालन हुने भक्तपुर, २०८३ कार्तिक ४ पीखुक्वगु नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको आयोजनामा वृहत् प्रचारप्रसार...
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
2026-10-19 Comments Off on जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग
जग्गा ठगी प्रकरणमा जनकपुरका सजित शाह पक्राउ, मालपोत कर्मचारी र अन्य व्यक्तिको भूमिकामाथि छानबिन गर्न माग ललितपुर । जग्गा खरिद...
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
2026-10-17 Comments Off on भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान
भक्तपुर नगरपालिकाका जनप्रतिनिधि र सफाइकर्मीबीच शुभकामना आदानप्रदान भक्तपुर, २०८३ असोज ३१ भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख आतिथ्यतामा विजयादशमी तथा...
फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
2026-10-17 Comments Off on फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक
अभिनेत्री रेखा थापा अभिनीत फिल्म ‘३६ को आँकडा’ को गीत ‘बहुलाउँछु कि क्या हो?’ सार्वजनिक भएको केही दिनमै युट्युबमा एक...
६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
2026-10-17 Comments Off on ६५ वर्षीया एकल महिला नानी कान्छी खत्रीलाई घर बनाइदिने घोषणा
धादिङ । वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमलाले बाढीले घरबार गुमाएकी ६५ वर्षीया एकल महिला नानी...













