भक्तपुर नगरमा पाँच दिने भक्तपुर महोत्सव हुने
भक्तपुर । २०८१ असोज १०
भक्तपुरको कला संस्कृति, जीवनशैली, स्थानीय उत्पादन लगायतको प्रवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने उद्देश्यका साथ भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म पाँच दिने भक्तपुर महोत्सव हुने भएको छ । भक्तपुर महोत्सवको तयारी र व्यवस्थापनको लागि नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा १६१ सदस्यीय महोत्सव मूल समारोह समिति गठन गरिएको छ । समितिमा जनप्रतिनिधि, कार्यालय प्रमुखहरु, बुद्धिजीवीहरु, संघ संस्था प्रमुखहरु र अन्य प्रतिष्ठित व्यक्ति रहने व्यवस्था छ ।
विभिन्न समितिअन्तर्गत नगर प्रमुख सुनिल प्रजापतिको संयोजकत्वमा प्रकाशन समिति, उपप्रमुख रजनी जोशीको संयोजकत्वमा अतिथि सत्कार व्यवस्थापन समिति, वडाध्यक्ष श्यामकृष्ण खत्रीको अध्यक्षतामा स्वयम्सेवक तथा खेलकुद व्यवस्थापन समिति, वडाध्यक्ष हरिप्रसाद बासुकलाको अध्यक्षतामा खाना महोत्सव व्यवस्थापन तथा सहकारी संस्थाहरुसँग समन्वय समिति, वडाध्यक्ष राजकृष्ण गोराको संयोजकत्वमा हस्तकला तथा जीवनशैली प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष उपेन्द्र सुवालको संयोजकत्वमा निर्माण तथा मर्मत समिति, वडाध्यक्ष हरिराम सुवालको संयोजकत्वमा खानेपानी तथा प्राथमिक स्वास्थ्य उपचार व्यवस्थापन समिति, वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँको संयोजकत्वमा पुस्तक तथा शैक्षिक प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष उकेश कवांको संयोजकत्वमा व्यापार मेला व्यवस्थापन समिति, वडाध्यक्ष कृष्णप्रसाद कोजुको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति, वडाध्यक्ष रविन्द्र ज्याख्वको संयोजकत्वमा सांस्कृतिक प्रदर्शनी व्यवस्थापन समिति, वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखाको संयोजकत्वमा नौका बिहार र दिपावली व्यवस्थापन समिति र कार्यपालिका सदस्य रोशनमैंया सुवालको संयोजकत्वमा बालमैत्री गतिविधि व्यवस्थापन समिति गठन गरेको छ ।
भक्तपुर नगरपालिकाका अनुसार उक्त महोत्सवबाट यहाँको कला संस्कृति, परम्परागत उत्पादन, सीप, शैली र मौलिक जीवनशैली लगायतको प्रवद्र्धन हुने र यसबाट आन्तरिक साथसाथै बाह्य पर्यटन समेत फस्टाउने अपेक्षा गरिएको छ ।
Featured Posts – Style 1
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
2026-09-01 Comments Off on ‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो
‘भक्तपुर विकास सहयोग संघ’ द्वारा पठाइएको १०० थान शव व्यवस्थापन ब्याग रसुवा प्रजिअ कार्यालय पुग्यो काठमाडौँ / भक्तपुर‘भक्तपुर विकास सहयोग...
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
2026-08-30 Comments Off on ४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटन ।
४६ औं तःमुज्याको ग्वसाखलको आज गरियो उद्घाटनभक्तपुर, १४ भदौंनेपाल भाषा साहित्य तःमुज्याको ४६ औं सृखला गोल्मढीमा हुने भएसँगै सो तःमुज्याको...
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
2026-08-30 Comments Off on लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी
लोककल्याणकारी विज्ञापनको रकम कटौतीको निर्णय फिर्ता लिन काठमाडौं शाखाको माग, नसच्याए चरणबद्ध आन्दोलनको चेतावनी काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं...
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
2026-08-30 Comments Off on बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वान
बाढी प्रभावितलाई टिआई नेपालद्वारा निरंतर सहयोगको आह्वानभक्तपुर, भाद्र १४ गतेभाद्र १० गतेका दिन भोटेकोशीको नदि र त्रिशुली नदि क्षेत्रमा आएको...
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
2026-08-28 Comments Off on महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्न
महाकाली र लाखे नाचका प्रशिक्षार्थीलाई दीक्षान्त तथा गुरु सम्मान कार्यक्रम सम्पन्नभक्तपुर भाद्र १२ गते । मुक्ति संगीत प्रशिक्षण केन्द्र भक्तपुरको...














