नेपालमा पछिल्लो एक महिनामा ६० प्रतिशतले कोरोना सङ्क्रमणदर घट्यो ।
नेपालमा कोरोना सङ्क्रमणको दर गत एक महिनामा झन्डै ६० प्रतिशतले घटेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भदौ पहिलो साता देशभर ४० हजार ३ सय ३८ सक्रिय सङ्क्रमित रहेकोमा असोजको तेस्रो साता देशभर जम्मा १५ हजार ६ सय १४ सक्रिय सङ्क्रमित रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा पछिल्लो एक महिनामा ६० प्रतिशले सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो । मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले नागरिकमा कोरोनाप्रतिको जनचेतना र जनस्वास्थ्यका मापदण्ड पालनाका कारण सङ्क्रमण दरमा कमी आएको बताउनुभयो । यस्तै नेपालमा हालसम्म झन्डै ३० प्रतिशतले कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन् । यस्तै कोरोना भाइरस विरुद्धको खोप लगाएका ६५ प्रतिशतमा रोगप्रतिरोधात्मक क्षमता एन्टीबडी पाइएको पनि मन्त्रालयले जनाएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले काठमाडौँ, ललितपुर, भक्तपुरका १ हजार ७९६ जनामा एन्टीबडी अध्ययन गर्दा खोप लगाएका ६५ प्रतिशत र खोप नलगाएका ४ दशमलब ७ प्रतिशतमा एन्टीबडी बनेको पाइएको हो । अनुसन्धानमा सहभागी कुल सङ्ख्याको ६१ प्रतिशतमा एन्टीबडी देखिएको थियो । पहिलो डोज मात्र खोप लगाएकामध्ये ५५ दशमलव १ प्रतिशतमा र दुवै डोज खोप लगाएका मध्ये ८२ प्रतिशतमा एन्टीबडी देखिएको छ ।
Featured Posts – Style 1
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
2026-07-16 Comments Off on महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न
महासंघका नव-निर्वाचित पदाधिकारीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भक्तपुर घरेलु तथा साना उद्योग संघ र भक्तपुर घरेलु बचत तथा ऋण...
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
2026-07-15 Comments Off on इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठी
इताछें विनायक साकाेसले गर्याे याेजना तर्जुमा गाेष्ठीभक्तपुर,गत वर्ष भक्तपुर जिल्ला सहकारी संघबाट भक्तपुर जिल्लाकाे उत्कृष्ठ सहकारी हुन सफल ईताछें विनायक...
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
2026-07-14 Comments Off on मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग
मधेसी भएकै कारण कुटपिट?’— माजिदसँग भेटेपछि महतोद्वारा निष्पक्ष छानबिनको माग माजिद अन्सारी प्रकरणमा राजेन्द्र महतोको प्रश्न : कानुनी आधारबिनै पक्राउ...
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
2026-07-14 Comments Off on भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न
भक्तपुर उवासंघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भक्तपुरः भक्तपुर उद्योग वाणिज्य संघको संस्थागत क्षमता स्वःमूल्यांकन कार्यक्रम सम्पन्न भएको छ ।...
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
2026-07-14 Comments Off on शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कलेजो प्रत्यारोपणको निरन्तरता शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा केही समयको लागि रोकिएको कलेजो प्रत्यारोपण...














