मध्यपुर बुद्धिचालमा नेपाल च्याम्पियनलाई हराउँदै चोङवाङले जित्यो, आजै पुरस्कार वितरण

मध्यपुर बुद्धिचालमा नेपाल च्याम्पियनलाई हराउँदै चोङवाङले जित्यो, आजै पुरस्कार वितरण
भक्तपुर, भाद्र २२ गते
खुल्ला फिडे र्यापिड रेटिङ्ग बुद्धिचाल प्रतियोगितामा ताप्लेजुङका खेलाडी हकबहादुर चोङवाङ प्रथम भएको छ । बुद्धिचाल खेल खेल्न थालेको २० वर्षपछि यसरी पहिलो स्थान हासिल गर्न पाएकोमा चोङवाङ निकै प्रफुलिट भएका छन् । खेल अवधिभर भएका ९ वटा खेल मध्ये ८ वटा खेल जितेर चोङवाङ प्रथम भएका थिए भने उनी प्रतियोगिताको सुरुवातमा हार ब्यहोरे थिए । उनले पूर्व नेपाल च्याम्पियन बद्री नेपालीलाई पछाडी पारेर जित निकालेका हुन । उनले भने प्रतियोगितामा भाग लिने हिसाबले मात्रै आएको खेल्दा खेल्दै पहिलो भएछु । जित्छु भन्ने लागेको थिएन । नेपाल टपरहरुलाई हराउँदै आफू पहिलो हुन पाएकोमा आयोजक समितिलाई धन्यवाद दिदै उनले यसै गरी प्रतियोगिताहरु आयोजना गर्ने हो भने खेल र खेलाडीको विकास हुने बताए ।
नेपाल क्रान्तिकारी युवा संघ मध्यपुर थिमी नगर समितिले आयोजना गरेको सो प्रतियोगितामा देशका विभिन्न क्षेत्रबाट १ सय ६६ खेलाडीले प्रतिस्पर्धा गरेको थियो । प्रतियोगितामा उत्कृष्ठ खेलाडीहरुलाई पुरस्कृत गर्दै कार्यक्रमका प्रमुख अतिथि नेमकिपा सचिव एवं साँसद प्रेम सुवालले बौद्धिक विकासकालागि बुद्धिचाल खेलको महत्वलाई दर्साउँदै सत्ता केन्द्रीत राजनीतिले देशघाटी संन्धि सम्झौताहरु गरेर देशलाई परनिर्भर बनाएको चर्चा गर्नु भयो । जङ फुडका कारण जनस्वास्थ्यमा पारेको प्रभावहरु बारे बोल्दै सांसद सुवालले १५ लाखमा डाक्टर पढाउन ख्वप विश्वविद्यालय खोल्न आवश्यक भएकोमा जोड दिनु भयो ।


प्रतियोगितामा बद्री नेपाली दोस्रो, धिरेन राई तेस्रो सुरोज महर्जन चौथौं, निकेन कुसाथ्वा पाँचौ, पुरुषोतम सिल्वाल छैठौं, पुरुषोतम चौलागाई सातौ, गणेशमान दुवाल आठौं, राजन सुवेडी नवौं र डामोदर गैजू दशैस्थानमा परेका थिए । विजेता खेलाडीहरुलाई प्रमुख अतिथि सांसद प्रेम सुवालले क्रमश १५ हजार १० हजार, ६ हजार, ४ हजार, ३ हजार र अन्यलाई २ । २ हजार नगद सहित प्रमाण पत्र र मेडल सहित पुरस्कृत गरेका हुन भने साँसद सुवालले वेष्ट भेटेरेन्टमा नविन तण्डुकार, दोस्रो भेटेरेन्टमा जगनाथ ताम्राकार, वेष्ट वीमनमा पुनम प्रसाई, दोस्रो वेष्ट वीमनमा सोनी डंगोल, यसै गरी वेष्ट रेटिङ ब्लो १७००मा स्वर्णिम दुवाल, दोस्रोमा गणेशकुमार चाकुमनी, वेष्ट अनरेटेडमा रोहन कर्ण, दोस्रोमा नारायण ढकाल, वेष्ट लोकल मध्यपुरमा जेन श्रेष्ठ, दोस्रोमा श्याम राजबहाक, वेष्ट जुनियर यू १२ ब्वाईमा अस्कार पन्थि, वेष्ट वुनियर यू १२ गलमा ओजश्वी श्रेष्ठ, वेष्ट जुनियर यू १४मा ब्वाईमा सम्योग लामा, गलमा अग्रता आचार्य, वेष्ट यू १६ ब्वाईमा सम्यक श्रेष्ठ र गलमा यसोश्वी शर्मा भएका थिए । वेष्ट खेलाडीहरुलाई नगद रु. १५ सय र जुनियरलाई रु. एक हजार नगद सहित प्रमाण पत्रले पुरस्कृत गरेको थियो ।