नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रतिक्षा साही प्रथम

नगरस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रतिक्षा साही प्रथम
भक्तपुर, भाद्र २१ गते
स्वेत भैरव साकोसको २० औं स्थापना दिवसको अवसरमा आज आयोजित प्रथम भक्तपुर नगरस्तरीय अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा बासु माविकी प्रतिक्षा साही प्रथम भएकी छिन् । ९ विद्यालयहरुका १४ विद्यार्थीहरुले प्रतिस्पर्धा गरेको सो बत्तृत्व कला प्रतियोगितामा साही प्रथम भएसँगै गणेश मावि भार्वाच्वकी एलिशा विक दोस्रो र बागीश्वरी माविकी सुजाता बडुवाल तेस्रो भएको मूल्याकंन समितिका संयोजक लक्ष्मी नारायण दुवालले जनाएको छ । कार्यक्रममा विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नेक्राशिसंघका अध्यक्ष ज्ञानसागर प्रजापतिले पुरस्कार वितरण गरेको थियो । संस्थाका सञ्चालक लक्ष्मीप्रसाद दुवालको सभापतित्वमा आयोजित सो प्रतियोगिताको पुरस्कार वितरण समारोहमा संस्थाका अध्यक्ष जितेन्द्र खायमली र स्थानीय जनप्रतिनिधी केपी कोजुले स्वेत भैरव साकोसको स्थापनाको महत्व र यसले खेल्दै आएका सामाजिक, आर्थिक र सांस्कृतिक गतिविधिहरु बारे प्रकास पारेका थिए ।