लामखुट्टे मार्न कोइला बाल्दा भयो, आगलागी

लामखुट्टे मार्न कोइला बाल्दा भयो, आगलागी
भक्तपुर, भाद्र २१ गते
भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ४ स्थित नारायणटारमा लामखुट्टे मार्नकालागि कोइला बाल्दा सल्केको आगलागीबाट ६० हजार बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ । अचानक आगलागी भएको खवर हुने बितिक्कै दमकल, प्रहरी टोलि र स्थानीयबासिहरुको सहयोगले आगो पूर्णरुपमा नियन्त्रणमा आएको सूचना अधिकारी राजन कार्कीले जनाएको छ । आज विहान २ः४०मा भएको आगलागी ३ः४५मा नियन्त्रणमा आएको थियो । आगलागीबाट एउटा जर्सी गाई अन्दाजी रु.५० हजार र एक वटा बाख्रा अन्दाजी रु.१० हजार गरी रु. ६० हजार बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।