दशैंको लागि देकोचा, भुलाछे र महाकाली स्थानमा मासु पसल अनुगमन

दशैंको लागि देकोचा, भुलाछे र महाकाली स्थानमा मासु पसल अनुगमन
भक्तपुर, १३ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा कमलबिनायकमा रहेको ६ वटा मासु पसलहरु र बधस्थल १ वटा अनुगमन गरियो । अनुगमनमा बधस्थलमा मासु विगार्ने भुईंमै गर्ने हुँदा रोगका किटाणुहरुबाट संक्रमित हुन सक्ने र कामदारहरुसंग एप्रोन, माक्सपञ्जा, हेय्रनेट र बुट नभएकोले व्यवस्थित संचालन गरेको नपाईएको र सुधार नभएको बताउनुभयो ।
अनुगमनमा विकेश मिट सप विगत सात बर्षदेखि नविकरण नभएको, मुल्य सुचि नराखेको, तराजु नापतौल विभागमा नविकरण नगरेको, भुई भित्ता सफा गर्न मिल्ने गरी कर्पेट वा टायल राख्नु पर्ने, मासु सफा गरेको पानी खुल्ला रुपमा बाटोमा छोडि राखेकोले फोहर देखिएकोले निकासको व्यवस्था गर्नुपर्ने, सरसफाईमा ध्यान दिनुपर्ने, एप्रोन सेतो प्रयोग गर्नुपर्ने सुधार नभएकोले सो सुधार गरेर दुई दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिई तराजु तीन थान जफत गरियो । त्यस्तै महाकाली मिट सप नविकरण गर्न, मुल्य सुचि देखिने गरी राख्न, बधस्थल फोहर देखिएको र भुईमा मासु व्यवस्थापन गर्दा रोगका किटाणुहरुबाट संक्रमण हुने भएकोले टेबुलमा मासु व्यवस्थापन गर्नुपर्ने, कामदारहरुलाई एप्रोन, माक्सपञ्जा, हेयरनेट, नभएकोले अनिवार्य प्रयोग गर्न दिन, ढल निकासमा भुडिको फोहरहरु सिधै नपठाउन निर्देशन दिई दुई दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरिक्षक रामकृष्ण प्रजापतिले बताउनुभयो ।


त्यस्तै महाकाली मिट सपमा मुल्य सूचि राख्न निर्देशन दियो । त्यस्तै भक्तपुर आर कोल्ड स्टोर नविकरण गर्न, एप्रोन सेतो प्रयोग गर्न, जीउँदो कुखुरा र बधस्थलसंगै भएकोले जीउँदो कुखुराले देख्ने भएकोले नदेख्ने गरी साथै संक्रमण हुन सक्ने भएकोले छुट्टाछुट्टै राख्न वा पार्टेशन गर्न निर्देशन दियो । त्यस्तै न्यू चिकेन स्टोर मासुजन्य बस्तु प्याकिङ्ग गर्दा खाद्य विभागबाट अनुज्ञापत्र लिई लेबल राखी मात्र विक्रि वितरण गर्ने, तराजु नविकरण गर्ने, म्याद नाघेको ट्राउट माछा ५किलो २५० ग्राम जफत गरी नष्ट गरियो भने तराजु १ जफत गरी दुई दिन भित्र कार्यालयमा उपस्थित हुन निर्देशन दियो । त्यस्तै दिलकृष्ण शाहीको मासु पसल दर्ता प्रमाणपत्र नदेखिएकोले प्रमाणपत्र लिई दुई दिनभित्र कार्यालयमा उपस्थित हुन, मुल्य सुचि राख्न, मासु झिंगा नभन्किने गरी र धुलो नजाने गरी जालिले छोपेर राख्न वा सिसाको बाकस बनाई व्यवस्थित गर्न, तराजु नापतौल विभागमा नविकरण गर्न र एप्रोन सेतो प्रयोग गर्न निर्देशन दियो ।
अनुगमनमा अनुगमन समितिका सदस्य रिता फसिकवा, ज्ञान बहादुर मानन्धर, भनपा श्यानिटेशका न.नि. दिलिप कुमार सुवाल, व.नि.रामकृष्ण प्रजापति, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, महानगरीय प्रहरी प्ररिसरका प्रहरी बरिष्ठ सहायक निरिक्षक नारायण बहादुर चुवान र भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपालक्ष्मी प्रजापतिको सहभागी थियो ।