जुवा(तास) खेलाउने संचालक सहित १० जुवाडे पक्राउ
महानगरीय प्रहरी परिसर भक्तपुरले जुवा(तास) खेलाउने संचालक सहित १० जुवाडे पक्राउ गरेको छ । प्रहरी सूचना अधिकारी राजन कार्कीले आज जारी गरेको विज्ञप्ति अनुसार जुवा(तास) संचालक रामेश्वर खड्का सहित १० जना जुवाडेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । भक्तपुर नगरपालिका वडा नं. ८ लिवाली स्थित ब्रम्हलाल गणेशको ३ तले पक्की घरको पहिलो तलाको कोठामा भाडामा लिइ जुवातास खेलाइरहेको छ भन्ने खवर प्राप्त गर्नासाथ प्रहरी बृत्त जगाती भक्तपुरबाट परिचालित प्रहरीको टोलीले ३ बुक तास र रु. १ लाख ६० हजार ५०० नगद सहित तिनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । श्रावण ३ गते पक्राउ परेका जुवाडेहरुलाई श्रावण ४ गते जिल्ला प्रशासन कार्याय भक्तपुरमा जुवा सम्बन्धी कसूरमा पेश गरी थप अनुसन्धान कार्य भइरहेको पनि सूचना अधिकारी कार्कीले जनाएको छ । सो कसूरमा पक्राउ परेका व्यक्तिको परिचय प्रहरीले यसरी खुलाएके छ।
१० जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं। ४ दधिकोट बस्ने बर्ष ३७ को रामेश्वर खड्का ९संचालक० ।
२० जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ५ छालिङ बस्ने बर्ष ७६ को सानु प्रसाद बन ।
३० जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ७ बागेश्वरी बस्ने बर्ष ६२ को बाबुकाजी श्रेष्ठ ।
४० जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ७ बागेश्वरी बस्ने बर्ष ५२ को राजकुमार पाण्डे ।
५० जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ५ पिखेल बस्ने बर्ष ६२ को केदार ब। के सी ।
६० जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ५ पिखेल बस्ने बर्ष ५५ को ईन्द्र थापा ।
७० जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं। ७ छालिङ बस्ने बर्ष ४० को माधब बस्नेत ।
८० जिल्ला भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं। ८ सिपाडोल बस्ने बर्ष ४० को श्याम मठैया ।
९० भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं। १० कमलबिनायक बस्ने बर्ष ५६ को राम सुन्दर मारिखु ।
१०० जिल्ला काभ्रे कात्तिके देउरालि गा।पा।४ घर भई हाल भक्तपुर भानेचोक बस्ने बर्ष ३५ को भिम ब। तामाङ ।
Featured Posts – Style 1
मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु
2026-06-21 Comments Off on मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरु
मिडीयाहाउसको आधारभुत पत्रकारिता तालिम मेलम्चीमा शुरुसगुन बस्नेत ,सिन्धुपाल्चोकजिल्लाको मेलम्ची नगरपालिका–११ मा ३ दिने पत्रकारिता तालिम सुरु भएको छ । मेलम्ची...
भक्तपुर नगरपालिकाको बीसौं नगर सभा सुरुः नेमकिपा अध्यक्ष बिजुक्छेंद्वारा उद्घाटन
2026-06-21 Comments Off on भक्तपुर नगरपालिकाको बीसौं नगर सभा सुरुः नेमकिपा अध्यक्ष बिजुक्छेंद्वारा उद्घाटन
भक्तपुर नगरपालिकाको बीसौं नगर सभा सुरुः नेमकिपा अध्यक्ष बिजुक्छेंद्वारा उद्घाटन भक्तपुर । २०८३ असार ७ गते, आइतबार नेपाल मजदुर किसान...
एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न
2026-06-21 Comments Off on एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न
लोकतान्त्रिक मूल्य, मान्यता र निर्वाचन संस्कृतिको व्यावहारिक अभ्यास गराउने उद्देश्यले भक्तपुर–२, मिबाछेँस्थित एभरेस्ट इङ्लिस स्कुलमा विद्यालयस्तरीय निर्वाचन भव्य रूपमा सम्पन्न...
रामशेखर नकर्मीका ख्याल:हरुको कार्यशाला –
2026-06-21 Comments Off on रामशेखर नकर्मीका ख्याल:हरुको कार्यशाला –
रामशेखर नकर्मीका ख्याल:हरुको कार्यशाला --------------------------------------------------------- २०८३ असार ६ गते शनिबार। बरिष्ठ नाट्यकर्मी,लेखक तथा निर्देशक रामशेखर नकर्मीका ख्याल:हरुमाथि केन्द्रीत रही यही...
लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न ।
2026-06-20 Comments Off on लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न ।
लोकेश्वर साकोसबाट सरसफाई कार्यक्रम सम्पन्न ।लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा सिथि नखःको अवसर पारेर भक्तपुर नगरको ऐतिहासिक...














